• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झण्डै ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार संकल्पखबर २६ जेष्ठ १५:५१ 176

by
२७ जेष्ठ २०८१,
0
राष्ट्रिय प्रसारण लाइन निर्माण ९६ प्रतिशत पूरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ। देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा सो सबस्टेसन निर्माण भएको हो।

ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार साँझदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ। यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै दुई सय २० र एक सय ३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको छ।

मुलुकभित्रको पूर्वपश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो। हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ। हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्वपश्चिम पनि चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरूपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ।

आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनै लागेको छ। हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ। हेटौँडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन। अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौँडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए।

‘नेपालका मध्य क्षेत्रका नदी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न थप सहज हुने छ,’ उनले भने।

हेटौँडा सबस्टेसनलाई आवश्यकताअनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ।

यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे। राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो। आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण सम्पन्न भएका छन्। हेटौँडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गरिएको थियो।

सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको दुई सय २०, एक सय ३२ र ११ केभी हेटौंडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो । सो सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ।

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनले निर्माण प्रभावित भएको थियो। कोरोना महामारीका कारणले सबस्टेसन जडान हुने विभिन्न उपकरणहरू र प्राविधिक पूर्वनिर्धारित समयमा नै आयोजनास्थलसम्म आई नपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केही ढिलाइ भएको थियो।

Previous Post

कीर्तिमानी आरोही निमा रिन्जीद्वारा कञ्चनजङ्घाको सफलतापूर्वक आरोहण

Next Post

दैलेखमा कर्णाली नदीको झोलुङ्गे पुलमा खच्चर फसे

सम्बन्धित खबर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
समाचार

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

१७ अशोज २०८३,
Load More
Next Post
दैलेखमा कर्णाली नदीको झोलुङ्गे पुलमा खच्चर फसे

दैलेखमा कर्णाली नदीको झोलुङ्गे पुलमा खच्चर फसे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In