• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऋषिमुनीले तपस्या गरेको शीतल गुफा, जसको अझै भएन प्रचार

by
२५ जेष्ठ २०८१,
0
ऋषिमुनीले तपस्या गरेको शीतल गुफा, जसको अझै भएन प्रचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनीले तपस्या गरेको एतिहासिकस्थल शीतल गुफालाई धार्मिक पर्यटकीय रूपमा विकास गरी अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्न स्थानीयवासीले माग गरेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित झोवाङ्गमा अवस्थित शीतल गुफा ऐतिहासिक रूपमा महत्त्व राखे पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयवासीको छ । ऐतिहासिक शीतल गुफालाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिका र ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीद्वारा बुधबार गुफा परिसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले त्यस्तो गुनासो गरेका हुन् ।

बैज्ञ नामका ऋषिमुनी बस्ने ओढारको नामले परिचित एक सय मिटर लम्बाई रहेको उक्त शीतल गुफा अवलोकनका गर्न दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेपनि प्रचारप्रसारको अभावमा पर्याप्त मात्रामा पर्यटक आउन नसकेको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका संस्थापक अध्यक्ष सदाखर पौडेलले बताए ।

समुद्र सतहदेखि एक हजार एक सय मिटर उचाइमा अवस्थित यस गुफामा पोखरादेखि ४० किलो मिटरको दुरीमा रहेको र यातायातको साधनबाट सजिलै गुफा पुग्न सकिन्छ । गुफामा बालाचतुरर्दशी, शिवरात्रि, र श्रावण महिनामा पर्ने बोलबममा भक्तजनको घुइँचो लाग्ने जानकारी संस्थापक अध्यक्ष पौडेलले दिए ।

परापूर्वकालमा ऋषिमुनीहरु हिमालय पर्वतमाला गई तपस्या गरी ज्ञान प्राप्त गर्ने क्रममा बैज्ञनामका ऋषिमुनी उक्त गुफामा बसेर विभिन्न महामारी रोगको जडीबुटी बैज्ञविधिबाट आर्र्र्युेवेदिक उपचार गर्ने गरेको कुरा जनश्रुतिमा पाइएको जानकारी पौडेलले दिए । गुफाभित्र भेटिएका अनाज, तामाका गाग्री, तामा पाथी, पित्तलका थाल लगायतका भाँडावर्तन अझै छन् ।

वि.सं २०३७ देखि ओढारलाई गुफाको रूप दिई प्रचारप्रसार गर्दै आइएको छ । उक्त ओढारललाई स्थानीयवासी तथा शिक्षक केदारनाथ शर्माले शीतल गुफाको नामले परिचित गराएका थिए ।

करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त शीतल गुफालाई व्यवस्थित धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले व्यक्त गरे । गुफा क्षेत्रको भौतिक विकास तथा संरक्षणका लागि पछिल्लो पाँच वर्षमा सरकारी तथा निजी क्षेत्रबाट दुई करोड खर्च भइसकेको जानकारी अध्यक्ष केसीले दिए ।

अन्नपूर्ण गाउँपालिकाको प्रमुख पर्यटकीय धरोहर मानिँदै आएको उक्त गुफालाई धार्मिक पर्यटकीय रूपमा विकास गर्न आफूले यसै आर्थिक वर्षमा बजेट छुट्याउने जानकारी अध्यक्ष केसीले दिए । गुफाको अध्ययन अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकका यातायातका साधनलाई व्यवस्थित पार्किङस्थल, ढुङ्गाका चट्टानमा सिसाको पुल, पर्यटकका लागि प्रतीक्षालय, गुफामा जानका लागि व्यवस्थित ढुङ्गाका सिँढी र गुफाभित्रको भागलाई संरक्षण गर्ने काम गर्ने प्रतिबद्धता केसीले व्यक्त गरे ।

शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष प्रमोदकुमार पोखरेलले गुफाको चौतफी विकास गर्न गुफा परिसर्मा १०८ पिपल वृक्षको वृक्षरोपण, एक सय आठ शालिग्राम व्यवस्थापन, हिमालय कैलाश पर्वतकोस्वरुप निर्माण, गुरुकुल शिक्षालयको स्थापना, ज्येष्ठ नागरिक केन्द्र, वृद्धाश्रम निर्माण, पिङ, उद्यन, बाटिका निर्माण, साहसी खेल रक क्लाईमिङ खेलको लागि गन्तव्य निर्माण, अन्नपूर्ण पौवा निर्माण, सङ्ग्रहालय स्थापनाका साथै गाउँमा होमस्टे (घरबास) को विकास गर्ने रहेको छ ।

गण्डकी प्रदेशको पर्यटकीय धार्मिकस्थल मुक्तिनाथ मन्दिर, म्याग्दीको घोडेपानी, कास्कीको घान्द्रुक र वीरेठाँटी, र पर्वतको पर्यटकीय गाउँ चित्रे जाने बाटोको उद्गमस्थलमा अवस्थित शीतल गुफालाई धार्मिक पर्यटकीय हवको रूपमा विकास गर्न जरुरी रहेको भनाइ अध्यक्ष पोखरेलको छ । एक सय आठ धारा, गणेश मन्दिर, शिव मन्दिर अन्य मठमन्दिरको दर्शन गर्दै गुफा प्रवेश गर्न सकिन्छ ।

दुई तले उक्त गुफाभित्र पानीका छहरा, विभिन्न देवीदेवताका अवतारको आकृति, बाद्यबाधन, गौमाता , बूढानीलकण्ठको शयन दृष्य, रामलक्ष्मण वनबास दृष्य, बिध्नहर्ता गणेश भगवानस्वरुप, चमेराको बसस्थान गुफाभित्र देख्न सकिन्छ ।

Previous Post

मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या

Next Post

लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति

लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In