• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या

by
२५ जेष्ठ २०८१,
0
मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ । सडक खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्ष पुगे पनि पर्वत खण्डमा पर्ने चार खोलामा पुल नबन्दा सहज रुपमा यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चार मोटरेवल पुल निर्माणको तयारी छ । पोखरा–कुश्मा सडक खण्डअन्तर्गत करिब २४ किलोमिटर खण्डमा पर्ने खोलामा मोटरेवल पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

कुश्मा–७ र ८ को बीचमापर्ने तमादी खोलामा पुल निर्माणको काम भइरहेको छ । यो पुलको निर्माणकार्य करिब ७५ प्रतिशत सम्पन्न भएको इञ्जिनीयर धीरज ढकालले जानकारी दिए । करिब ६ करोड लागतमा निर्माण हुन लागेको उक्त पुलको श्री सिद्धबाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ । तमादी खोलामा वर्षातको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति हुँदै आएको छ । यो खोलामा गत भदौमा आएको बाढीले बोलेरो जीप बगाउँदा तीन जनाको मृत्यु भएको थियो ।

इञ्जिनीयर ढकालका अनुसार यो पुलसँगै अन्य तीनवटा मोटरेवल पुल पनि निर्माण भइसक्नुपर्नेमा हालसम्म कामको सुरुआत भएको छैन । कुश्मा–८ मै पर्ने सुन्दरे खोलाको पुल निर्माण गर्न डिजाइन स्वीकृत भइसकेको छ । ८० मिटर लामो पुल निर्माणको जिम्मा लुम्बिनी प्राकृतिक जेभिले लिएको छ ।

यो पुलसँगै उक्त निर्माण कम्पनीले अन्य पुल निर्माणको पनि जिम्मा लिएको छ । निर्माण कम्पनीले मोदी गाउँपालिकाको पातीखोला र डिमुवास्थित मोदीखोलामा पनि पुल निर्माण गर्न लागेको छ । मोदीखोलामा ६२ मिटर र पातीखोलामा दुवैतर्फ ५२/५२ मिटर लामा दुई पुल निर्माण हुनेछन् । पुलको डिजाइन् स्वीकृतिमा ढिलाइ भएका कारण निर्माणले गति लिन नसकेको इञ्जिनीयर ढकाल बताउँछन् । ती पुलको लागत ४४ करोड १५ लाख रहेको छ ।

मध्यपहाडी लोकमार्गअन्तरगत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारी साधनको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

Previous Post

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

Next Post

ऋषिमुनीले तपस्या गरेको शीतल गुफा, जसको अझै भएन प्रचार

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
ऋषिमुनीले तपस्या गरेको शीतल गुफा, जसको अझै भएन प्रचार

ऋषिमुनीले तपस्या गरेको शीतल गुफा, जसको अझै भएन प्रचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In