• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गढीमाई नगर प्रमुखको बदमासी, नदीजन्य पदार्थको राजश्व आफ्नै खल्तीमा

by
१९ जेष्ठ २०८१,
0
गढीमाई नगर प्रमुखको बदमासी, नदीजन्य पदार्थको राजश्व आफ्नै खल्तीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा वागमती नदीको नदीजन्य पदार्थ उत्खन्नबाट संकलित राजश्व अनियमितता भएको रहस्य खुलेको छ ।

गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले वागमती नदीबाट नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का बन्दोबस्त मिलाउँदा राजश्वको रकम अनियमितता गरेको प्रमाण फेला परेको हो ।

बागमती नदीमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भइरहेको गुनासो आएपछि हालैमात्र जिल्ला अनुगमन समितिले स्थलगत निरीक्षण गर्दै पालिकाबाट यस सम्वन्धी आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो ।

गढीमाई नगरपालिकाको समनपुर र हरैयाघाटबाट गरी दुई भागमा हुने गरेको ठेक्काको पुलदेखि उत्तर पृथ्वी निर्माण सेवा हर्दिया–४ ले एक करोड पाँच लाखमा र पुलदेखि दक्षिण सुमित निर्माण सेवाले ९५ लाख रूपैयाँमा सकार गरेको हो । तर ठेक्का सकार गरेको पृथ्वी निर्माण सेवा प्रालीले पालिकामा राजश्व दाखिला नगरी नदीजन्य पदार्थ मापदण्ड विपरित उत्खनन गरेको पाइएको छ ।

ठेक्का सकार गरेको कम्पनीले नगद रकम उपलब्ध गराएको स्रोतबाट बुझिएको छ । नगर प्रमुख यादवलाई नगद २० लाख र प्रमुख प्रशासकीय अधिकृत यादवलाई पाँच लाख रुपैयाँ नगद उपलब्ध गराइएको स्रोतले दाबी गरेको छ ।

कम्पनीले पहिलो चरणमा ३० प्रतिशत रकम नगरपालिकाको खातामा जम्मा गरेपछि मात्रै पट्टा दिने प्रावधान रहेको छ । तर निर्माण कम्पनीले पालिकाको खातामा राजश्व जम्मा नगरी उत्खनन गर्न इजाजत पत्र पाएकोप्रति स्थानीयले आशंका गरेका छन् ।

विगतका वर्षभन्दा निक्कै कममा पालिकाले ठेक्का लगाए पनि ठेक्का सकार कम्पनीले भने मापदण्ड बिपरित नदीजन्य पदार्थ उत्खनन् गर्दै दोहन गरेको स्थानीयको आरोप छ ।

स्थानीयबासीले दिएको जानकारी अनुसार पुल उत्तरमा चारवटा स्काभेटर र दक्षिणतर्फ पनि सोही संख्यामा स्काभेटरको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् भई रहेको हो ।

वातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको मापदण्ड अनुुसार एक मिटर गहिराइसम्म दैनिक तीनसय घनमिटर उत्खनन गर्न भनिए पनि तीनदेखि पाँच मिटरसम्म गहिरो खाडल बनाइ नदीजन्य पदार्थको चरम उत्खनन, दोहन गर्दै ओसारपोसार हुने गरेको स्थानीय अगुवाहरु बताउँछन् ।

नगरपालिकाको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कारण पालिकाको राजश्व समेत प्रभावित भएको उनीहरुको आरोप छ । २०८० फागुन २९ गते नगरपालिकालाई निर्माण कम्पनीले साढे दश लाख र सात लाख ५१ हजारको दुई वटा राष्ट्रिय वाणिज्य बैंक चन्द्रपुर शाखाको चेक दिएको देखिन्छ ।

तर उक्त चेक नगरपालिकाको खातामा अहिलेसम्म जम्मा भएको छैन । फागुन महिनामा दिइएको चेक अहिलेसम्म बैंकमा जम्मा नगर्नु तथा बाउन्स नगर्नुले मिलोमतोका आशंका गर्न सकिने स्थानीयको दावी छ ।

तर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले ठेक्का लागेको रकम मध्ये ९० प्रतिशत रकम निर्माण कम्पनीले जम्मा गराइसकेको दाबी गरे । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस बिषयमा जनगुनासो आएपछि आवश्यक कागजपत्र नियन्त्रणमा लिएको बताए ।

उनले पालिकाको कागजपत्र अध्ययन गर्दा नगरपालिकालाई बुझाउनुपर्ने राजस्व समेत नबुझाई नदीमा दोहन कार्य भइरहेको पाइएको उल्लेख गरे । विगतमा पनि नगरपालिकालाई ठूलो आर्थिक नोक्सानी पुर्याउन नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर अनुसारको कारवाही गर्नुपर्ने माग गरिएको छ ।

Previous Post

रुसद्वारा २९ युक्रेनी ड्रोन नष्ट गरेको दावी

Next Post

धनुषामा गहुँ उत्पादनमा कमी

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
धनुषामा गहुँ उत्पादनमा कमी

धनुषामा गहुँ उत्पादनमा कमी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In