मृत्युको अवस्था, समग्र विस्मृति रूप निद्रा, इच्छाका तरङ्ग उठ्ने मूलमा, विश्राम, कालालीत कल्पनातीत आफ्नो स्वरूप हो ।
जब त्यो स्वरूपले देह धारण गर्दछ तब प्रथम वृत्ति जसलाई अहङ्कारका शब्दले हामी चिन्दछौँ, त्यो म हो यही अहं हो मबाट उठ्ने अर्को वृत्ति हो मेरो, यो मेरो भन्नु नै आसक्ति हो ।
प्राणका आत्मगमनमा स्मृति राखेर दीर्घ स्थिर स्मृति राख्न सके सजगताको तीव्रता हुन्छ । त्यस तीव्रतामा अभिमान र आसक्ति वृत्ति शान्त हुन्छन् र शान्त प्रज्ञा स्वभाव प्रकाशित हुन्छ ।
श्वासमा स्मृति राख्न मौन, शान्त, एकान्त व्यवहार, स्थान तथा सम्बन्ध हुनुपर्छ । इच्छाका कर्म, समाजको प्रतिज्ञा तुच्छताका पछाडि दौड भएको मनुष्य बोधका पथमा आउने क्षमता नै राख्दैन ।
रजवीर्य मिलन क्षण, जो जीव मात्रको जन्म हो । त्यस अवस्थाको ध्यान गर्नु, स्वस्थितिमा सहायक हुन्छ ।
शिक्षामा पाखण्ड, चालाकी, सामाजिक शोषक, शोषितको सूत्र व्याख्या छैन । यो शिक्षा मिथ्यामा सत्यको खोज हो र अनित्यको बोधका साथ प्राप्त प्रज्ञाको दर्शन हो । यो शिक्षा राम्ररी सुन्न सके तत्क्षण मनुष्यले साक्षात्कार प्राप्त गर्नसक्छ, सुन्न नसके साक्षात्कार गर्न सक्दैन ।
अब प्रश्न छ साक्षात्कार भए मेरो जीवनको नित्यकर्म कस्तो हुन्छ ?
यदि ममा केही प्रकाश छ भने नित्यको जीवनमा मेरो अहंले के गर्छ ?
ब्िि तजभ भाायचतक यल तजभ उबचत या तजभ कभाि अभबकभ।
त्य मय बदकयगितभथि लयतजष्लन बदयगत बलथतजष्लन तजबत तचगतज या चभबष्शिबतष्यल दभष्लन जष्नजथि ष्लतभििष्नभलत धष्िि बअत बअअयचमष्लन तय तजभ mयmभलत।
यी त विधि वाक्य भए, यो विधि वाक्यमा रहने क्षमता प्राप्त गर्नुपर्ने अवस्था ल्याउन प्रयोग गरिने नेति नेति के हो त ?
लोभीले थोरै दिएर धेरैको आश राख्छ । दुकानदारले आफ्नै प्रपञ्च, आफ्नै मोहको महŒव राख्छ । अर्काका हितका साथ आफ्नो हित बढी चिन्तन गर्छ । यिनीहरूको सङ्गतले चिन्ता र प्रपञ्च ल्याउँछ ।
अनित्यबाट आसक्ति हटाएपछि बाहिरबाट स्वतन्त्र भइन्छ । मिथ्याबाट विश्वास हटाएपछि भित्रबाट स्वतन्त्र भइन्छ ।
भाषा, देश, धर्म, जाति स्वार्थमा आसक्त नरनारी जाँड धेरै खाएर मातिए जस्ता हुन्छन् । तिनीहरूसित न बोल्नु, पर रहनु नै बुद्धिमानी हो । यहाँ जीवनको प्रकाश छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट












