• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जीर्ण पुल बनाउन स्थानीय सरकार उदासिन, गाउँले चिन्तित

by
१३ जेष्ठ २०८१,
0
जीर्ण पुल बनाउन स्थानीय सरकार उदासिन, गाउँले चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुगु । मुगुको सोरु गाउँपालिका कुलाहास्थित झोलुङ्गे पुल लामो समयदेखि जीर्ण रहँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । पुल जीर्ण रहँदा कालैया, खनाया, जिमा, पुरुमुरुका साथै सोरु गाउँपालिकाका बासिन्दा जोखिम मोलेरै धराप पुलबाट वारपार गर्न बाध्य छन् ।

मुगुको कर्णाली नदीमाथि जिमा र कालैया जोड्ने पुल २०३९ सालमा निर्माण गरिएको हो । चार दशक पुरानो पुलमा जोखिम बढेकै तीन वर्ष भैसकेको छ । तर यसबारे तीनै तहका सरकार बेखबर जस्तै देखिन्छन् ।

सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत स्थानीय आउजाउ गर्छन् । हिउँदमा जसोतसो नदी पार गर्न सकिने भए पनि बर्खा याममा कसरी घाँस दाउरा गर्ने भन्ने चिन्ता परेको सुनाउँछिन् कालै गाउँकी ताल्मा नेपाली ।

ताल्माले भनिन्, ‘‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ । एकजनाभन्दा बढीले एकैपटक पुल तर्न सकिँदैन । हिँडाइको सन्तुलन मिलेन भने नदीमा खसिने डर । खेतबारी पारिपट्टी छन्, सधैं घाँसदाउरा गर्नुपर्छ । भारी बोकेर आउँदा मनमा चिसो पसिरहन्छ । यो बर्खा कसो गरी कटाउने हुन् ।”

पुल जीर्ण भएकै कारण गाइवस्तु चराउन समस्या हुने गरेको उनको भनाई छ । पुलमा बिछ्याइएका पाता धेरैजसो उप्किएकाले त्यसमा बालबालिका अल्झेलान् भन्ने त्रासले स्थानीयलाई सधंै सताउने गरेको नेपालीले सुनाइन् । सोरु गाँउपालिका वडा नम्बर– ६ का मान प्रसाद भट्ट पनि पुल जीर्ण बन्दा सास्ती खेप्नुपरेको सुनाउँछन् ।

‘जिमा र कालै जोड्ने एकमात्र पुलको अवस्था यस्तो जोखिमपूर्ण छ । यी दुवै ठाउँका स्थानीयलाई यही एउटा पुलले जोडेको छ । हिउँदमा जीर्ण पुलको प्रयोग गर्न स्नानीय र गाईवस्तुलाई डर कम भए पनि अब अर्खा सुरु भएपछि कहालिलाग्दो हुन्छ । कर्णाली नदिको बहाव बढ्दा पनि जोखिम मोलेर तीन वर्षदेखि यही पुलबाट आवतजावत गरिरहेका छौं । कसैले सुन्दैनन् हाम्रा समस्या,’ भट्टले दुखेसो पोखे ।

स्थानीय सोरु गाउँपालिकाको केन्द्र जाने मुख्य सेतु नै यही हो । पालिकाको सेवा लिन, बैंकको काम गर्न देखि वृद्धाभक्ता लिन जाने जेष्ठ नागरिकले समेत पुलकै कारण सास्ती खेप्नुपरेको छ । तर, छेउमै रहेको स्थानीय सरकारले नागरिकको समस्या देखेर पनि नदेखे झैँ गरिरहेको स्थानीय धर्मराज चौलागाँईले गुनासो गरे ।

जीर्ण पुल मर्मतका लागि प्रदेश सरकार देखि स्थानीय तह सम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनले बताए । तर, आँगनको समस्या समाधान गर्नमा भन्दा स्थानीयलाई नयाँ पुलको आशा देखाएर स्थानीय सरकार समस्याप्रति बेखबर जस्तै बनेको छ । पालिकाले नयाँ पुल निर्माण आफ्नो चासोमा रहेको उल्लेख गरी जनतालाई आश्वासन मात्रै दिने गरेको स्थानीय बताउँछन् ।

सोरु गाउँपालिकाले उक्त पुलको मर्मत संभार गर्न नसकिने निष्कर्ष निकालेको छ । तर, जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । गाउँपालिकाले सोही पुलको आसपास नयाँ पुल निर्माण गर्न सर्वे गरी सकिएको बताए पनि निर्माणका लागि बजेट छुट्याएको छैन ।

‘यो पुललाई मर्मत गर्न हामी सबैको चासो भएकै कारण प्राविधिक परिक्षण र अध्ययन गराएका थियौं । परिक्षणबाट प्राविधिक टोलीले पुल मर्मत गरी सञ्चालन गर्न नहुने ठहर गर्दै प्रतिवेदन बझायो,’ सोरु गाउँपालिका उपाध्यक्ष केशर जङ्ग शाहीले बताए ।

उनले थपे, ‘पुल महाशाखाबाट यही पुलको आसपास अर्को नयाँ पुल निर्माण गर्न सर्वे गराइसकिएको छ । यो जीर्ण पुललाई मर्मत गरी सञ्चालनमा ल्याउने सम्भावना छैन। त्यसैले नयाँ पुल निमार्ण गर्ने विषयलाई पालिकाले सोचिरहेको छ ।’

जिल्लाभर कतिपय पञ्चायतकालमा र कतिपय त्यसपछि निर्माण भएका साना ठूला गरी ६५ झोलुङ्गेपुल निर्माण भएका छन् । २ बर्ष पहिला असोज महिनामा परेको अबिरल वर्षाका कारण मुगु जिल्लामा रहेका चारै स्थानीय तहमा १३ झोलुङ्गे पुलमा क्षति पुर्याएको थियो ।

बर्खायाममा आउने बाढी र पहिरोका कारण कतिपय पुलहरुमा क्षति पुग्दा समेत सरोकारवालाले मर्मतमा ध्यान नदिएकै कारण पुल झन् जीर्ण बन्दै गएको जिल्ला समन्वय समितिका मुगुका समन्वय प्रमुख मञ्जन बहादुर कार्की बताउँछन् ।

Previous Post

‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

Next Post

विदेशी मुद्राको विनिमय दर : कुन मुद्रा कतिमा खरिद-बिक्री ?

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
विदेशी मुद्राको विनिमय दर : कुन मुद्रा कतिमा खरिद-बिक्री ?

विदेशी मुद्राको विनिमय दर : कुन मुद्रा कतिमा खरिद-बिक्री ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In