• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीमा सौर्य ऊर्जाको पहुँच भारी

by
१२ जेष्ठ २०८१,
0
कर्णालीमा सौर्य ऊर्जाको पहुँच भारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका दश जिल्लामा एक लाख ७५ हजार घरधुरीले सौर्य ऊर्जा प्रयोग गरिरहेको पाइएको छ । जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको कर्णालीमा विद्युत् आयोजना निर्माण गर्नका लागि लगानी नहुँदा भारी मात्रामा सौर्य ऊर्जाकै भरमा यहाँका नागरिक विद्युत् सेवा उपभोग गर्दै आएका छन् ।

जलस्रोतका हिसाबले कर्णाली मुलुककै दोस्रो धनी प्रदेशका रूपमा रहेको छ । कर्णालीमा मात्रै १८ हजार मेघावाट जलविद्युत् उत्पादनको क्षमता रहेको सरकारी तथ्याङ्क छ, तर जलविद्युत्को सम्भावना भए पनि विद्युत् उत्पादनका लागि आन्तरिक तथा बाह्य लगानी जुट्न नसक्दा कर्णालीका अधिकांश नागरिक अहिले सौर्य ऊर्जामै निर्भर छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कर्णाली प्रदेश सौर्य ऊर्जा प्रयोग गर्ने घरधुरी सङ्ख्यामात्रै एक लाख ७५ हजार तीन सय ६ रहेको छ । जबकि जलविद्युत्को पहुँचमा एक लाख ८१ हजार ६ सय ७६ घरधुरी पुगेका छन् ।

जलविद्युत्को सम्भावनाअनुसार यहाँका अधिकांश नागरिक विद्युतीय पहुँचमा पुग्नुपर्ने भए तापनि विद्युत् विकासले अपेक्षित गति नलिँदा कर्णालीका ६५ प्रशितभन्दा बढी नागरिक अझै अँध्यारोमा दिन गुजारा गर्न बाध्य छन् । कर्णाली प्रदेश जलस्रोत ऊर्जा विकासमन्त्री रणसिंह परियारले सौर्य ऊर्जा प्रयोग गर्नेको दर अझ बढ्ने बताए। मन्त्रालयमा भएको तथ्याङ्क दुई वर्ष दिनअघिको भएकाले अझ सङ्ख्या बढ्ने उनको भनाइ छ ।

विसं २०७८ को जनगणनाअनुसार कुल १६ लाख ९४ हजार आठ सय ८९ जनसङ्ख्या रहेको कर्णालीमा अझै अपेक्षित विद्युत्को विकास हुन सकेको छैन । नाम मात्रको राष्ट्रिय प्रसारण लाइन सेवाभन्दा सास्ती दिने गरेको छ । सहरी क्षेत्रभन्दा सौर्य ऊर्जाको बढी प्रयोग ग्रामीण भेगमा हुने गरेको देखिन्छ । १० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेख जिल्लामा सौर्य ऊर्जाको पहुँच विस्तार भएको देखिन्छ । तथ्याङ्कअनुसार दैलेखको ३६ हजार तीन सय ९८ घरधुरी सौर्य ऊर्जाको पहुँचमा छ भने सबैभन्दा कम डोल्पामा तीन हजार सात सय ७९ घरधुरी सौर्य ऊर्जाको पहुँचमा पुगेको पाइएको छ ।

त्यस्तै, जुम्लाको सात हजार पाँच सय २५ घरधुरी, मुगुको सात हजार आठ सय १७ घरधुरी, हुम्लामा चार हजार तीन सय ६८ घरधुरी, कालिकोटको १९ हजार ६ सय ९४ घरधुरी सौर्य ऊर्जाको पहुँचमा पुगेको तथ्याङ्कले देखाएको छ । साथै, जाजरकोटमा २६ हजार ७० घरधुरी, रुकुम पश्चिममा १२ हजार ३४ घरधुरी, सल्यानमा २८ हजार सात सय छ घरधुरी र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २८ हजार नौ सय पाँच घरधुरी सौर्य ऊर्जाको पहुँचमा पुगेका छन् । सबै जिल्लाको सदरमुकाम क्षेत्रभन्दा ग्रामीण भेगमा सौर्य ऊर्जा जडान गरेको देखिन्छ ।

त्यस्तै, मुगुको सदरमुकामभन्दा बाहिरका तीन पालिकामा सौर्य ऊर्जा जडानको काम गर्नका लागि छलफल चलिरहेको छ । केन्द्रीय लाइन पुग्न नसकेका हिमाली जिल्लामा सौर्य ऊर्जाका लागि पहल भइरहेको ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताए । उपल्लो डोल्पामा सौर्य ऊर्जाका लागि कामहरू भइरहेका छन् । साबिकका कर्णाली अञ्चलमा सबैभन्दा बढी सौर्य ऊर्जाको प्रयोगमार्फत जनस्तरमा विद्युत् सेवा पुर्‍याइने सरकारी लक्ष्य रहेको छ ।

Previous Post

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

Next Post

द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In