• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

    हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

by
१२ जेष्ठ २०८१,
0
अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, कोशीको १५ दशमलव आठ, लुम्बिनीको १४ दशमलव तीन, मधेसको १३ दशमलव एक, गण्डकीको नौ दशमलव एक र सुदूरपश्चिम प्रदेशको सात दशमलव एक प्रतिशत योगदान रहने अनुमान गरिएको छ । जिडिपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब चार दशमलव तीन प्रतिशत बराबर मात्रै रहने अनुमान तथ्याङ्क कार्यालयले गरेको छ ।

कार्यालयका अनुसार गत आव २०७९/८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा परिवर्तन भएको छ । “गत वर्षको तुलनामा कूल गार्हस्थ्य उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ”, तथ्याङ्क कार्यालयले भनेको छ ।

चालु आव २०८०÷८१ मा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु ५७ खर्ब पाँच अर्ब हुने अनुमान गरिएको छ । देशको शासन प्रणालीमा भएको परिवर्तन पछि प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक विभेदलाई न्यून गर्न आवश्यक नीति निर्माणका लागि तथ्याङ्क कार्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

अर्थतन्त्रको प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुवैमा मापन गरी सार्वजनिक गरिएको छ । प्रचलित मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ ।

चालु आवको प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशमा चार दशमलव ५५ र लुम्बिनीमा चार दशमलव ०५ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यस्तै, कोशीको आर्थिक वृद्धिदर तीन दशमलव ५१, मधेसको तीन दशमलव ७८, बागमतीको तीन दशमलव ९६ र सुदूरपश्चिमको चार दशमलव ४१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा थोरै वृद्धिदर कर्णाली प्रदेशमा तीन दशमलव ३९ प्रतिशत बराबर मात्रै हुने प्रारम्भिक अनुमान छ ।

उपभोक्ताको मूल्यमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।

तथ्याङ्क कार्यालयका अनुसार सबै प्रदेशमा आव २०७८/७९ को वृद्धिदरभन्दा आव २०७९/८० को वृद्धिदर कम देखिएको छ भने आव २०७९/८० को वृद्धिदरभन्दा आव २०८०/८१ को वृद्धिदर धेरै रहेको देखिएको छ ।

कोशी प्रदेश कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु नौ खर्ब तीन अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु आठ खर्ब ४९ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

मधेस प्रदेशको चालु आवका लागि करिब रु सात खर्ब ४८ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु सात खर्ब तीन अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

तथ्याङ्क कार्यालयका अनुसार बागमती प्रदेशको जिडिपी चालु आवमा करिब रु २० खर्ब ७५ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु १९ खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशको कूल गार्हस्थ्य उत्पादन चालु आवमा रु पाँच खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु चार खर्ब ८४ अर्ब रहने संशोधित अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु आठ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु सात खर्ब ६४ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन चालु आवमा करिब रु दुई खर्ब ४४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु दुई खर्ब २९ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु चार खर्ब चार अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु तीन खर्ब ८१ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

Previous Post

इरानी राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक

Next Post

कर्णालीमा सौर्य ऊर्जाको पहुँच भारी

सम्बन्धित खबर

नारायणीको जलसतह हालसम्मकै उच्च
समाचार

नारायणीको जलसतह हालसम्मकै उच्च

११ अशोज २०८३,
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
फिचर-ब्यानर

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

११ अशोज २०८३,
हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता
फिचर-ब्यानर

हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

११ अशोज २०८३,
भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
Load More
Next Post
कर्णालीमा सौर्य ऊर्जाको पहुँच भारी

कर्णालीमा सौर्य ऊर्जाको पहुँच भारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In