काठमाडौँ शहरमा पानीको हाहाकार भयो । सबैलाई असर परेझैँ गल्र्स होस्टलमा पनि असर प¥यो । गल्र्स होस्टलका युवतीहरुको टोली डेलिगेसन गर्न खानेपानी संस्थानको हाकिम भए ठाउँ गए र आफ्ना समस्याहरु राखे ।
खानेपानीको हाकिमले तीन दिनभित्र समस्या समाधान गर्ने वचन दिए । साँच्चै समस्या समाधान भयो र पानी सर्वसुलभ भयो ।
त्यसको केही समयपछि गल्र्स होस्टलकी एक युवतीले खानेपानीका हाकिमलाई धन्यवाद दिँदै पत्र लेखिन्— सर, पानीका लागि धेरै धेरै धन्यवाद ! अचेल त म नुहाउनका लागि वाथरुमभित्र पसेर कपडा खोलिसकेपछि तपाईंलाई नै सम्झिरहन्छु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













