यदि कोही मानिस वास्तु शास्त्रको मान्यताविपरीत गलत दिशामा रहेको कोठा तथा ओछ्यानमा सुत्छ भने उसको जीवनमा नकारात्मक प्रभावहरुले असर गर्न थाल्छ । वास्तु शास्त्रका अनुसार सुत्ने कोठाको दिशा, पलङ तथा सुत्ने तरिका मिलेन भने मानिस मानसिक रूपमा कमजोर हुने, आर्थिक रूपमा असफल हुने अनि शारीरिक रूपमा रोगी हुनुको साथै पारिवारिक सम्बन्ध गडबड हुन थाल्छ ।
वास्तुशास्त्र अनुसार नकारात्मक ऊर्जा हुने गरी सुत्ने पलङमुनि सामानहरु राखियो भने मनमा तनाव हुने र शारीरिक रूपमा पनि असहजता पैदा हुने गर्छ । अविवाहित व्यक्तिको मनमा पनि विभिन्न नकारात्मक भावना आउने र गलत कार्य गर्ने खतरा उत्तीकै हुन्छ । विवाहपछि पनि यस्ता कुराले विभिन्न समस्या ल्याउन सक्छ । सकारात्मक ऊर्जाका लागि पनि वास्तुमा ध्यान दिनुपर्ने हुन्छ । छोरा–छोरीको विवाह भएन भने पनि पलङमुनि राखिएका वस्तु हटाउँदा उनीहरुको विवाह हुने दाबी वास्तु शास्त्रीहरुको रहेको छ ।
– सुत्ने पलङमुनि गह्रौं वस्तु राख्नु हुँदैन । वास्तुको हिसाबले यस्ता बस्तुले सधैँ तनाव दिन्छन् ।
– धातुका सामग्री पनि सुत्ने पलङमुनि राख्नु हुँदैन । खिया लाग्ने चिज सुत्ने स्थलमा हुनु घातक मानिन्छ ।
– सुत्ने पलङमुनि फोहोर पनि राख्नु हुँदैन । पलङमुनि फोहोर हुनु पनि नराम्रो मानिन्छ ।
– सुत्दा ओड्ने च्यादर वा सिरानी पनि फोहोर हुनु नराम्रो मानिन्छ । यदि सयन कक्षमा ढोका छ भने त्यसलाई बन्द नै गरेको राम्रो मानिन्छ ।
सुत्ने स्थानमा मानिसले जीवनकै एकतिहाई समय बिताउने भएकाले आवास निर्माण गर्दा निकै ध्यान पु¥याउनुपर्छ ।













