• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

    शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    विलबिजक नभएको काँचो केरा सहितचार जना नियन्त्रणमा पक्राउ

    संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

    संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

    आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुआत : विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन

    आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुआत : विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन

    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

    सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

    सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चैतसम्मको अर्थतन्त्र : मुद्रास्फीति घट्यो, रेमिट्यान्स बढ्यो

by
३१ बैशाख २०८१,
0
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरु सुधारोन्मुख देखिएका हुन् ।

राष्ट्र बैंकका अनुसार चैतमा वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको थियो ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव २१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव १४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २२ दशमलव ६४, तरकारीको १६ दशमलव ९९, दाल तथा गेडागुडीको १० दशमलव ९४, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको छ दशमलव ०६ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १० दशमलव १० प्रतिशतले घटेको छ ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्यसूचकांक १२ दशमलव ८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२ दशमलव ६१ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक शून्य दशमलव ३३ प्रतिशतले घटेको छ ।

गत चैतमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ०६, तराईको चार दशमलव ५८, पहाडको पाँच दशमलव ३३ प्रतिशत र हिमालको चार दशमलव ३२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेर रु १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार चार सय २२ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार सात सय २१ रहेको छ ।

चैत मसान्तसम्ममा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता रु एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा छ ।

२०८० असार मसान्तमा रु. १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले वृद्धि भई गत चैत मसान्त सम्ममा रु. १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यो अवधिमा सरकारको कुल खर्च रु. ९ खर्ब ९ अर्ब ३९ करोड र राजस्व परिचालन रु. सात खर्ब ४८ अर्ब ४ करोड रहेको छ । त्यसैगगरी, विस्तृत मुद्राप्रदाय सात दशमलव पाँच प्रतिशतले बढेको छ ।

चैतमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन सात दशमलव दुई प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव नौ प्रतिशत छ ।

तेस्रो त्रैमासिक अवधिसम्ममा आयात दुई दशमलव आठ, निर्यात तीन दशमलव सात र कुल वस्तु व्यापार घाटा दुई दशमलव आठ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

Previous Post

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

Next Post

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती

सम्बन्धित खबर

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी
खेलमैदान

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

५ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

विलबिजक नभएको काँचो केरा सहितचार जना नियन्त्रणमा पक्राउ

५ बैशाख २०८३,
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
समाचार

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

५ बैशाख २०८३,
आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुआत : विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन
समाचार

आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुआत : विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन

५ बैशाख २०८३,
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
समाचार

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

५ बैशाख २०८३,
सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम
समाचार

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

५ बैशाख २०८३,
Load More
Next Post
वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In