• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एसियामा हरेक वर्ष किन बढ्दै छ गर्मी ?

by
२५ बैशाख २०८१,
0
गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्दः तीन करोड बढी विद्यार्थी प्रभावित

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जलवायु परिवर्तनका कारण एसियाली देशमा अधिक गर्मी र भारी वर्षाको सम्भावना बढेको छ । पछिल्लो वर्ष सन् २०२३ सबैभन्दा बढी गर्मी हुने वर्ष बनेको थियो । यस वर्ष पनि एसियाका विभिन्न देशहरुमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । विज्ञहरुले लूको चेतावनी दिएका छन् भने थुप्रै विद्यालयहरु बन्द गरिएको छ ।

‘यस वर्ष पनि गत वर्षको जस्तो अत्यधिक गर्मी र अन्य विपद् जस्तै, बाढी, तुफान आदिको सम्भावना छ,’ अस्ट्रेलियाको नेशनल युनिभर्सिटी (एएनयू) का जलवायु विज्ञाका प्राध्यापक सारा पर्किन्स किर्कप्याट्रिकले बताए ।

विशेषगरी दक्षिण र दक्षिण पूर्वका एसियाली देशका लागि अप्रिल गर्मी र सुख्खाको महिना मानिन्छ । तर, अहिले ती देशहरुले अत्यधिक गर्मीको सामना गरिरहेका छन् । थाइल्यान्डको बैंकक असामान्य रुपमा सुख्खाको सामना गरिरहेको छ । यहाँ थोरै मात्र वर्षा भएको छ ।

जब कि चीनको केही भागमा भारीमा मात्रामा वर्षा भएको छ, जसका कारण आएको बाढीले ठूलो संख्यामा चिनियाँ नागरिकमा हताहती भएको छ । १ लाख १० हजारभन्दा बढी परिवार विस्थापित भएका थिए ।

विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै एसिया अझै ठूलो विपत्का लागि तयार हुनुपर्ने चेतावनी दिएको छ । यसका लागि विपत्को पूर्वजानकारी दिने प्रणालीमा लगानी गर्न आवश्यक भएको उक्त संस्थाको भनाइ छ । एसिया अत्यधिक गर्मी, बाढी, तूफानका दृष्टिले विश्वकै सबैभन्दा प्रभावित क्षेत्र हुनसक्ने संस्थाले उल्लेख गरेको छ ।

जलवायु परिवर्तनको असरले श्रमिकको स्वास्थ्यमा पनि असर पुगेको छ । यसले क्यान्सर, श्वासप्रश्वास, मानसिक सम्बन्धी समस्या देखिएको संगठनको भनाइ छ । कार्य क्षेत्रमै हजारौं श्रमिकको मृत्यु अत्यधिक गर्मी र वायु प्रदूषणसँग जोडिएको डब्ल्यूएमओले जनाएको छ ।

जापानमा पनि हिटस्ट्रोकको चेतावनी दिएको छ । सिंगापुरले बाहिर खुला क्षेत्रमा काम गर्ने श्रमिकका लागि गर्मीको स्तरको निगरानी थालेको छ । डब्ल्यूएमओले गत वर्षको अत्यधिक गर्मीको कारण ‘अल निनो’ मानेको थियो । अल निनो मौसमी फेरबदल गर्ने एउटा घटना हो । यसका कारण २०२४ मा पनि अत्यधिक गर्मी हुने अनुमान छ ।

मार्चमा सिंगापुरको मौसम विज्ञान प्राधिकरणले अलनिनोको प्रभावका कारण उसका राज्यमा गत वर्षभन्दा पनि बढी गर्मी हुनसक्ने प्रक्षेपण गरेको थियो ।

विशेषज्ञहरुले हरितगृह ग्यास उत्सर्जन गर्नाले मात्र अहिलेको समस्या समाधान नहुने जनाएका छन् । सर्वसाधारण पनि मौसमसम्बन्धी असामान्य घटनाका लागि तयार हुनुपर्ने उनीहरुको भनाइ छ ।

‘अब हामीले यो अवस्थालाई स्वीकार्नु पर्छ । अब हरितगृह ग्यास उत्सर्जन कम गरेर मात्र समस्या समाधान हुने स्थितिमा हामी छैनौं,’ प्रोफेसेर सारा पर्किन्स किर्कप्याट्रिकले भने, ‘नागरिकलाई अब यस्ता ठूला विपद्को क्रममा कसरी सुरक्षित रहने भन्नेबारे शिक्षा र उपाय दिन जरुरी छ ।’

दक्षिण कोरिया, जसले हालैका वर्षहरुमा अत्यधिक गर्मीको सामना गरिरहेको छ, यहाँका २ सय ५० भन्दा अभियन्ताले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । उनले जलवायु परिवर्तनका समस्या कम गर्नका लागि सरकारसँग माग गरेका छन् ।

मुद्दा हालेका मध्येका एक किम सियो–ग्युंगले जलवायु संकटबाट सुरक्षित हुने उपाय आवश्यक भएको बताए । ‘अब हामी त्यो पुस्ता होइनौं, जसलाई स्तरीय जीवनशैली चाहिन्छ, बरु हामी अब त्यस्तो पुस्ता हौं, जो जलवायु परिवर्तनबाट आफ्नो जीवन रक्षा गर्न सक्षम होस्,’ उनले भने । एजेन्सी

Previous Post

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

Next Post

घट्यो पेट्रोलियम पदार्थको आयात

सम्बन्धित खबर

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल
फिचर-ब्यानर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

१२ असार २०८३,
Load More
Next Post
घट्यो डिजेल र मट्टीतेलको मूल्य

घट्यो पेट्रोलियम पदार्थको आयात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In