• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सगरमाथा आरोहण एक साताभित्र

by
२० बैशाख २०८१,
0
सगरमाथा चढ्न ५ जनाले लिए अनुमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंं। वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ ।

पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका दक्ष कामदार (आइसफल डाक्टर) को टोली चौथो शिविरसम्म बाटो बनाएर आधार शिविर फर्किसकेको छ ।

उनले भने, “सगरमाथासहित लोत्से र नुत्से हिमाल आरोहणका लागि बाटो बनाउन गएका आइसफल डाक्टरको टोलीले आरोहण मार्गमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम सकेर आधार शिविर फर्किसकेको छ । अहिले आरोही आधार शिविरबाट पहिलो र दोस्रो शिविरसम्मको अभ्यासमा रहेकाले मौसमले साथ दिए एक साताभित्र आरोहण सुरु हुने छ ।” उनले यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै हालसम्मकै ३९० जनाले आरोहण अनुमति लिइसकेको जानकारी दिए। सगरमाथा आरोहण गर्न ३७ समूहका ३२० पुरुष र ७० जना महिलाले अनुमति लिएका छन् ।

विभागका अनुसार गत वर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका ४४ समूहका ४६७ आरोहीले अनुमति लिएका थिए । सगरमाथा आरोहणको इतिहासमा गत वर्ष सबैभन्दा बढीले अनुमति लिएका थिए । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएका थिए ।

कोरोना महामारीका कारण सन् २०२० मा कुनै मानव पाइला सगरमाथामा पुगेको थिएन । यसअघि सन् २०१९ मा ३१५ जनाले आरोहण अनुमति लिएका थिए । यस वर्ष आरोेहणका लागि खुला गरिएका हिमालमध्ये ९सगरमाथासहित० ३० वटा हिमाल आरोेहण गर्न बुधबारसम्म १०५ समूहका ९२९ जनाले अनुमति लिएका छन् । उक्त हिमालमा आरोहण अनुमति दिएबापत ६३ करोड ७५ लाख ४० हजार ४५१ रुपियाँ सलामी दस्तुर सङ्कलन भएको छ । यस पटक हिमाल आरोहण गर्न नेपालसहित ८० देशका नागरिकले अनुमति लिएका छन् ।

Previous Post

घटेन प्रदूषण, काठमाडौँ अहिलेपनि विश्वकै प्रदुषित शहर

Next Post

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

सम्बन्धित खबर

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
मनोरञ्जन

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

१३ जेष्ठ २०८३,
तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
Load More
Next Post
मादी नदीमा धमाधम पुल निर्माण हुँदै

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In