• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२५ विद्यालय गाभ्दै जलजला गाउँपालिका

by
१५ बैशाख २०८१,
0
२५ विद्यालय गाभ्दै जलजला गाउँपालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत : जलजला गाउँपालिकाले भने विद्यालय शिक्षाको सुधार तथा रित्ता विद्यालयमा खर्च हुने अनावश्यक खर्चलाई रोक्न ४४ मध्ये २५ विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२), (ज) ११ र १२ मा भएको व्यवस्था अनुसार विद्यालय गाभ्न लागिएको हो। यो व्यवस्था अनुसार सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान, विद्यालय समायोजन तथा कक्षा समायोजन गर्न गाउँ शिक्षा समिति र वडा शिक्षा समितिको संयोजकको बैठकबाट यो निर्णय गरिएको उनले बताए।

जलजला गाउँपालिका-२ मा रहेको सिद्धबाबा प्राविको कक्षा एकभन्दा माथिका, वडा नं. ३ को बेनी बजार प्राविको कक्षा ३ भन्दा माथिका, वडा नं. ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा ५ भन्दा माथिका र वडा नं. ८ को तारा प्राविको कक्षा १ भन्दा माथिका कक्षाहरू गाभ्ने तयारी भएको छ। यी विद्यालयका कक्षाहरू शिव माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय भएको छ। शिव माविमा तत्काल नै गाडीको व्यवस्था नभएकाले केही समयका लागि चार विद्यालय हालकै स्थानमा रहनेछन्। तर शिव माविमा गाडीको व्यवस्थापन भएपछि भने विद्यालय समायोजन हुने छ।

यस्तै वडा नं. १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा १ भन्दा माथिकालाई ज्योति मण्डल माविमा, वडा नं. २ को दीनकल्याण प्राविको १ भन्दा माथिलाई समाज कल्याण प्राविमा, विन्दवासिनी प्राविको ३ भन्दा माथिलाई विद्याज्योति माविमा, वडा नं. ४ को भवानी प्राविको १ भन्दा माथिलाई फड्के ढुङ्गा आधारभूत विद्यालयमा सारिएको छ। वडा नं. ४ को सरस्वती प्राविको ३ भन्दा माथिकालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नं. ५ को मालिका आधारभूत विद्यालयको ५ भन्दा माथिलाई ज्योति माविमा, शिवालय प्राविको कक्षा १ भन्दा माथिलाई देवीस्थान प्राविमा र धवला प्राविका सबै कक्षाहरूलाई ग्रामप्रकाश माविमा सार्न लागिएको छ।

वडा नं. ५ को पञ्चमूल प्राविको तीन भन्दा माथिका कक्षालाई देवीस्थान प्राविमा, गद्देश्वर प्राविको तीन भन्दा माथिलाई मालिका आधारभूत विद्यालयमा, वडा नं. ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको १ कक्षा माथिलाई ज्योति माविमा, भगवती सम्झना प्राविको ३ भन्दा माथिलाई शान्ति आधारभूतमा र सर्वोदय प्राविका सबै कक्षालाई भूमे प्राविमा लैजाने निर्णय भएको छ।

यस्तै वडा नं. ७ को भूमे प्राविको तीन भन्दा माथिका, ज्योति प्राविका १ भन्दा माथिका, सरस्वती प्राविका एक भन्दा माथिका र देउराली प्राविका तीन भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा सार्ने तयारी छ। सोही वडाको अमर प्राविको १ भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा सार्न लागिएको छ। वडा नं. ८ को जन जागृति प्राविको एक कक्षा भन्दा माथिका कक्षाहरू जनकल्याण माविमा सार्ने तयारी छ।

‘विभिन्न कारणले देशैभरि नै विद्यार्थी सङ्ख्या घट्दै गइरहेको अवस्था छ। राज्यले विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी कटौती गरेको छ। विद्यालयमा विद्यार्थी थोरै हुँदा पनि सञ्चालन हुने कक्षा धेरै हुँदा दरबन्दी कटौती भएका शिक्षकहरुले जनशक्ति पुग्दैन’, गाउँपालिकाका अध्यक्ष आचार्यल भने, ‘जसले गर्दा विद्यार्थीको पढाइ खस्कियो। अहिले तत्कालका लागि अस्थायी रूपमा कतिपयका केही कक्षा र कुनै त पूर्णरूपमा अर्को विद्यालयमा गाभिएको छ। यो अस्थायी रूपमा लागू हुने छ। विद्यार्थीको संख्या बढे फेरि ती कक्षा फिर्ता गर्न सकिन्छ।’

Previous Post

विकराल बन्दै डढेलो, वर्षा नभए जेठसम्मै डढेलोको जोखिम

Next Post

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

१३ जेष्ठ २०८३,
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
आवाज

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

१३ जेष्ठ २०८३,
क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा
अन्तर्राष्ट्रिय

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

१३ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

१३ जेष्ठ २०८३,
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
आर्थिक

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

१३ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

१३ जेष्ठ २०८३,
Load More
Next Post
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In