काठमाडौँ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले प्रतिपक्षमै बस्ने बताएका छन् । उनले एमालेलाई जनताले दिएको जनादेश एमाले सरकारमा जान नभएर प्रतिपक्षमा बस्न भएको भन्दै सरकारमा नजाने दाबी गरेका हुन् ।
उनले एमाले सरकारमा जाने र सरकार बनाउन पहल समेत गरिरहेको भनेर गरिएका प्रचारबाजीमा सत्यता नरहेको स्पष्ट पारे। उनले एमाले सरकारमा जाने विषयमा कुनै पहल नगरेको र अहिले नगर्ने समेत बताए ।
एमालले कसैलाई समर्थन समेत नगर्ने पौडेलले बताए । कतिपयले कांग्रेसलाई एकल सरकार बनाउन एमालेले सरकार बाहिरै बसेर समर्थन जनाउन लिखित सहमति नै गर्न तयार रहेको भनेर समेत प्रचार भइरहेकाले त्यो सत्य नभएको बताए ।













