हिन्दुधर्म शास्त्रका विभिन्न धर्मग्रन्थ, वास्तुशास्त्र तथा ज्योतिषशास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपाईंको खानपान, हिँडडूल, कामको शुरुवातल लगायतका विषय रहेका छन् । तपाईं कुनै काम गर्दै हुनुन्छ भने बार र राशीअनुसार काम गर्दा तपाईंलाई फाइदा मिल्छ ।
कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि भएका व्यक्तिको लागि सेतो, क्रिम कलर, हल्का नीलो रङ्ग शुभ रङ्गको रूपमा लिइएको छ । यो राशिका व्यक्तिले सधैँ आफ्नो पहिरनमा कम्तीमा एउटा बस्त्र सेतो धारणा गर्नु अति आवश्यक छ । यो राशिका स्वामी चन्द्रमा भएकाले चन्द्रमासँग लगाव बनिरहेको हुन्छ । सोमवार भाग्यशाली बार हो भने बुध र आइतबार पनि शुभ बार मानिन्छन । मकर राशिको चन्द्रमा परेका दिन कुनै पनि नयाँ काम थालनी नगरेकै वेश हुन्छ ।













