• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी

by
२० चैत्र २०८०,
0
व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका– ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउ खेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएकी छन् ।

विसं २०७६ मा सुरु गरेको च्याउ खेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छन् । ‘मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ’, उनी भन्छिन् ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकी छन् । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उनले बर्खामा दुधेच्याउ लगाउँदै आएकी छन् । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । ‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु’, उनी भन्छिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।’

उनले च्याउ खेती मात्रै नभई बेमौसमी तरकारी खेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन् । अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । ‘च्याउ खेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ’, उनले भनिन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएकी उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् । उनले च्याउ खेतीमा करिब रु ५० लाख लगानी गरिसकेका छन् । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन् । ‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ’, उनले भने । च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन् । जहाँ एकै पटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउ खेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन् । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन् ।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरिन् । पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएकी थिइन् । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सकिन् भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन् । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्‍यो । उनी भन्छिन्, ‘अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।’

बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनन् । यो वर्ष रु एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट रु छ लाख आम्दानी भएको छ । ‘च्याउ खेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ’, उनी भन्छिन् । उनको पाँच जना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् ।

Previous Post

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

Next Post

पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव

सम्बन्धित खबर

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
आवाज

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

१० जेष्ठ २०८३,
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
आर्थिक

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

१० जेष्ठ २०८३,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

१० जेष्ठ २०८३,
व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन
आर्थिक

व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

१० जेष्ठ २०८३,
‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ
आवाज

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

१० जेष्ठ २०८३,
नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ
समाचार

नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

१० जेष्ठ २०८३,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In