• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत

    लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले जवाफ दिने, मार्ग प्रशस्त गर्न बहुमत सदस्यहरुको सुझाव

    एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले जवाफ दिने, मार्ग प्रशस्त गर्न बहुमत सदस्यहरुको सुझाव

    म्याग्दीको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थल

    म्याग्दीको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थल

    पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

    पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

    कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

    कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पशुपतिको श्लेषमान्तक वनमा शव गाड्न नपाइने सर्वोच्चद्वारा आदेश

by
१६ चैत्र २०८०,
0
पशुपतिको श्लेषमान्तक वनमा शव गाड्न नपाइने सर्वोच्चद्वारा आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्वोच्च अदालतले पाशुपत क्षेत्रभित्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चले शव व्यवस्थापनको विकल्प खोज्न सरकारका नाममा परमादेश जारी गर्दै शव गाड्ने स्थानको पहिचान र सुनिश्चितता गर्न पनि आदेश गरेको छ । अब सरकारले अदालतको फैसला पाएको मितिले एक वर्षभित्र श्लेषमान्तक क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउनुपर्ने छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत माघ ७ गते गरेको आदेशको पूर्णपाठ सार्वजनिक गरेसँगै यो बिषय सरकारको जिम्मेवारीमा परेको छ । पाशुपत क्षेत्रभित्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले पाँच वर्षअघि रिट दायर गरेका थिए ।

सर्वोच्चको पूर्णपाठमा यसरी प्रष्ट लेखिएको छ, “लास गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरी यो आदेशको जानकारी पाएका मितिले बढीमा एक वर्षभित्र लास गाड्नेसम्बन्धी स्थान सुनिश्चित र रिलोकेट गर्नु, उल्लिखित एक वर्षपछिदेखि श्लेषमान्तक वन क्षेत्रमा लास गाड्न, फाल्न नपाउने व्यवस्था मिलाउनु ।”

सर्वोच्चले पशुपतिक्षेत्रका वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्ने गरी खोलिएको तिलगङ्गा–गोठाटार सडक बन्द गर्न पनि परमादेश जारी गरेको छ । अदालतले २०७५ माघ २३ गते नै पुरातात्विक संरचनामा असर गर्ने गरी कुनै पनि भौतिक संरचना निर्माण नगर्न अन्तरिम आदेश भने जारी गरेको थियो ।

रिटको अन्तिम आदेशमा पनि अदालतले पाशुपत क्षेत्रभित्रका अन्य स्थानमा समेत इन्जिनबाट चल्ने कुनै पनि सवारीसाधन सञ्चालन हुने गरी बाटो निर्माण नगर्न आदेश गरेको हो । साथै कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन हुन नदिन पनि सर्वोच्चले आदेशमा भनेको छ ।

पाशुपत क्षेत्रभित्रका वनकाली, मृगस्थली, श्लेषमान्तक क्षेत्रभित्र तीर्थयात्री तथा पर्यटकका लागि पैदल मार्ग बनाउन, पैदल मार्गबाहेक वाटिका क्षेत्रमा व्यक्तिको प्रवेश नहुने व्यवस्था गर्न पनि पशुपति क्षेत्र विकास कोषका नाममा सर्वोच्चले परमादेश जारी गरेको छ ।

आदेशमा पाशुपत क्षेत्रभित्रका भौतिक संरचनाको मर्मत, सुधार वा नयाँ निर्माण गर्दा पुरातत्व विभागको औपचारिक रूपमा लिखित राय तथा सहमति लिन पनि सचेत गरिएकोे छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यावरणीय मौलिकता नासिने मासिने गरी भौतिक संरचना निर्माण नगर्न, जमिनमा कंक्रिट ढलान गर्ने जस्ता कार्य नगराउन पनि सर्वोच्चले कोषलाई सचेत गराएको छ ।

यसका साथै, सर्वोच्च अदालतले आदेश कार्यान्वयनको अवस्था अनुगमन गरि आदेशबमोजिम काम नभएको भए जिम्मेवार निकायसमेत खुलाई सर्वोच्चमा प्रतिवेदन दिन फैसला कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिएको छ ।

Previous Post

सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशनः कानुनविपरीत काम गर्न कसैले दबाब दिए मलाई भन्नुस्

Next Post

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत

१० जेष्ठ २०८३,
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
समाचार

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

१० जेष्ठ २०८३,
एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले जवाफ दिने, मार्ग प्रशस्त गर्न बहुमत सदस्यहरुको सुझाव
राजनीति

एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले जवाफ दिने, मार्ग प्रशस्त गर्न बहुमत सदस्यहरुको सुझाव

१० जेष्ठ २०८३,
म्याग्दीको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थल
समाचार

म्याग्दीको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थल

१० जेष्ठ २०८३,
पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै
फिचर-ब्यानर

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

१० जेष्ठ २०८३,
कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु
फिचर-ब्यानर

कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

१० जेष्ठ २०८३,
Load More
Next Post
अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In