• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रकाश राजः जो खराब व्यवहारका कारण ६ पटक प्रतिबन्धमा परे

by
१३ चैत्र २०८०,
0
प्रकाश राजः जो खराब व्यवहारका कारण ६ पटक प्रतिबन्धमा परे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउड अभिनेता प्रकाश राज आज ५९ औं जन्मदिन मनाउँदैछन् । ३८ वर्षको फिल्मी करियरमा उने तमिल, तेलुगू र हिन्दी फिल्ममा काम गरेका छन् । उनले ५ नेशनल अवार्ड, ५ फिल्म फेयर र ३ विजय अवार्ड पाइसकेका छन् ।

प्रकाश अभिनयका अलावा भड्काउ बोलीका लागि पनि परिचित छन् । यसकै कारण उनले फिल्म उद्योगबाट ६ पटक प्रतिबन्धको सामना गरिसकेका छन् । उनको व्यक्तिगत जीवन पनि निकै समस्याग्रस्त बन्न पग्यो । ५ वर्षका छोराको निधन पछि उनको व्यक्तिगत जीवन पूर्ण रुपमा परिवर्तन भयो ।

बेङ्लोरमा जन्म

प्रकाश राजको जन्म २६ मार्च १९६५ मा बेङ्लोरमा भएको थियो । उनका पिता हिन्दु थिए भने आमा रोमन क्याथोलिक । उनका एक भाई प्रसाद राज पनि छन्, जो हिरोको रुपमा फिल्म उद्योगमा काम गर्छन् । उनको सुरुवाती पढाई सेन्ट जोसेफ इण्डियन हाइ स्कुलमा भयो । त्यसपछिको बाँकी पढाई भने बेङ्लोरका सेन्ट जोसेफ कलेज अफ कमर्समा भयो ।

सडक नाटकमा काम गरेर ३ सय कमाउँथे

प्रकाशले सुरुवाती समयमा थिएटरमा काम गरे । यसबाहेक उनले सडक नाटक पनि गर्थे । उनले थिएटरमा काम गर्दा महिनाको ३ सय रुपैंयाँ पारिश्रमिक पाउँथे । यसपछि उने टेलिभिजन सिरियलमा काम गर्न थाले । त्यसपछि विस्तारै फिल्मतिर पाइला चाले ।

उनले कन्नड, तमिल, मराठी, मलयाली र हिन्दी फिल्ममा काम गरेका छन् । उनले फिल्ममा कैयौं चरित्र निभाएका छन् । तर उनलाई दर्शकले बढी भिलेन चरित्रमै मनपराए । उनले अभिनयका लागि नेशनल अवार्ड पनि जितेका छन् । उनले फिल्ममा अभिनयका अलावा निर्देशन पनि गरेका छन् । उनले फिल्मका लागि आफ्नो नाम प्रकाश रायबाट प्रकाश राज राखेका थिए ।

सलमानको ‘वान्टेड’बाट बलिउड प्रवेश

प्रकाश राज साउथ फिल्म उद्योगका सुपरस्टार हुन्, उनले बलिउडमा पनि अभिनयबाट अलग पहिचान बनाए । प्रकाशले सन् २००९ मा फिल्म ‘वान्टेड’बाट बलिउडमा पाइला चाले । यसपछि उनले ‘सिंघम’, ‘दबंग–२’, ‘मुम्बई मिरर’, ‘पुलिसगिरी’, ‘हीरोपन्ती’, ‘जञ्जीर’ जस्ता फिल्ममा भिलेन चरित्रमा आफूलाई स्थापित गराए ।

६ पटक प्रतिबन्ध

तलिम फिल्म निर्माताले प्रकाश राजमाथि उद्योगमा काम गर्ने र खराब व्यवहारको कारण जनाउँदै ६ पटक प्रतिबन्ध लगाएको थियो । आफू प्रतिबन्धमा परेपछि प्रकाशले ‘म आफ्नो नियम कानूनको पालना गर्छु । यसबाट पछि हट्न सक्दिनँ’ भनेका थिए ।

यद्यपि उनको प्रतिबन्धमाथि साउथ फिल्म उद्योग र मिडियामा उनीमाथि केही हिरो र निर्माताले मिलेर षड्यन्त्र गरेको खबर सार्वजनिक भएको थियो ।

छोराको मृत्यु बन्यो पहिलो सम्बन्धविच्छेदको कारक

प्रकाश राजले सन् १९९४ मा अभिनेत्री ललिता कुमारीसँग विवाह गरेका थिए । यो विवाहबाट उनको छोरी मेघना, पूजा र एक छोरा सिद्धु जन्मिएका थिए । प्रकाशको जिन्दगी राम्रै चलिरहेको थियो । छोराको अचानक निधन भएपछि उनको सबै कुरा बिग्रदै गयो ।

सन् २००४ मा चङ्गा उडाउँदै गर्दा ५ वर्षका छोरा सिद्धु घरबाट लडेका थिए । चोट यति गहिरो लाग्यो कि डाक्टरले समेत बचाउन सकेनन् । छोराको मृत्युपछि उनले आफ्नो खेतमा छोराको शव जलाएका थिए । ‘म कैयौं पटक त्यहाँ जान्थें ।

त्यहाँ जाँदा म कति लाचार छु भन्ने लाग्थ्यो । मलाई छोरी प्रति उत्तिकै प्रेम छ, तर छोराको अहिले पनि सम्झना आइरहन्छ,’ उनी भन्छन् ।
छोराको मृत्युपछि प्रकाश राज र श्रीमति ललिताबीच मनमुटाव शुरु भयो । यही मनमुटावका कारण उनीहरुले सन् २००९ मा सम्बन्धविच्छेद गरे ।

१२ वर्षे कान्छी कोरियोग्राफरसँग विवाह

ललितासँग सम्बन्धविच्छेद पछि उनले सन् २०१० मा आफूना १२ वर्षे कान्छी कोरियोग्राफर पोनी बर्मासँग विवाह गरे । विवाहको पाँच वर्षपछि पोनीे छोरा वेदान्तलाई जन्म दिइन् ।

५० करोडका मालिक

प्रकाश राजको कुल सम्पत्ति ५० करोड रुपैंयाँ छ । उनी एक फिल्मका लागि २ करोड ५० लाख लाख पारिश्रमिक लिन्छन् । उनले फिल्म, टेलिभिजन र स्टेज शोको प्रोडक्सनबाट पनि पैसा कमाउँछन् । उनी आफ्नो प्रोडक्सन कम्पनी डुएट मुभिजका मालिक हुन् । उनीसँग मुम्बई र चेन्नईमा घरसँगै एक फार्महाउस पनि छ ।

Previous Post

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

Next Post

तापसी पन्नुले गरिन सुटुक्क बिबाह

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
तापसी पन्नुले गरिन सुटुक्क बिबाह

तापसी पन्नुले गरिन सुटुक्क बिबाह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In