• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नदी कटान नियन्त्रण गर्न बजेट अभाव

by
२७ फाल्गुन २०८०,
0
नदी कटान नियन्त्रण गर्न बजेट अभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ का लागि कैलाली र कञ्चनपुरमा गरी ४० योजना कार्यान्वनको चरणमा छन् । कैलालीमा ३२ र कञ्चनपुरमा आठ गरी ४० नदी कटानका योजना कार्यान्वयनको चरणमा रहेको कार्यालयका सूचना अधिकारी गणेश त्रिपाठीले बताए ।

प्रदेश सरकारले रातो किताबमा ४० योजनाका लागि मात्र बजेट विनियोजन गरी पठाएको उनले बताए । सुदूरपश्चिमका दुई तराईका जिल्लामा नदी कटान निणन्त्रणका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको उनको भनाइ छ । कैलाली र कञ्चनपुरमा ४० वटा नदी कटान नियन्त्रणका लागि चालु आवमा कुल बजेट रु चार करोड रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ । प्रत्येक योजनामा रु १० लाख बजेट रहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिए ।

कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा कार्यक्षेत्र रहेको सो कार्यालयले उपभोक्ता समिति मार्फत तटबन्धको काम गर्दै आएको जनाएको छ । ४० योजनामध्ये अधिकांश तटबन्धका योजना सम्झौता भई सञ्चालनमा रहेका छन् भने कतिपय योजनाको सम्झौता भइरहेको जनाइएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार कैलालीको मोहन्याल गाउँपालिकाका वडा नं ३, ५, ६, गोदावरी नगरपालिका–४ हाटखोली, वडा नं ७ को बगरटोल, भजनी नगरपालिका वडा नं ४, ५, ६ कान्द्रा नदीमा तटबन्धको काम भइरहेको छ । धनगढी उपमहानगरपालिका वडा नं ५ सुकुटीखोला, वडा नं ३, १९, १२ स्थित मोहना नदी, वडा नं १७, १६ तथा घोडाघोडी नगरपालिका–५ र ९ स्थित कान्द्रा नदीमा तटबन्धको काम भइरहेको जनाइएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका नदी तथा खोलामा तटबन्धको काम भइरहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालयलले नदी खोला कटान संरक्षण, क्षतिग्रस्त पुनर्उत्थान, पोखरी निर्माण, सिँचाइ कुलो, मुहान संरक्षण, सिमसार क्षेत्र संरक्षणलगायतका क्षेत्रमा काम गर्दै आएको जनाइएको छ ।

कैलाली र कञ्चनपुरमा चुरे पहाड भएर बग्दै आएका नदीनाला र खहरे खोलाले बर्सेनि हजारौँ खेतीयोग्य जमिन कटान गर्दै आएको छ । नदी कटान रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न हरेक आर्थिक वर्षमा जनस्तरबाट माग बढ्दै आए पनि सम्बोधन हुन नसकेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको आर्थिक सर्वेक्षण २०७९/८० को तथ्याङ्कानुसार भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालयहरूले प्रदेशका नौवटै जिल्लामा एक सय ५७ किलोमिटर तटबन्ध गरेको छ । कैलालीमा खुटिया, मोहना, कान्द्रा, कर्णाली नदी र कञ्चनपुरमा दोदा, स्याली, महाकालीलगायतका नदीले सबैभन्दा बढी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । ती नदी तथा खोलामा सङ्घीय सरकारअन्तर्गतका कार्यालयले तटबन्ध गर्दै आएका छन् ।

Previous Post

सुनको मूल्य प्रतितोला १ लाख २६ हजार पुग्यो

Next Post

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In