• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    रास्वपा सचिवालय बैठक बस्दै

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    रास्वपा सचिवालय बैठक बस्दै

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

म्याग्दीका वन पाखामा फक्रँदै सिमल

२४ फागुन २०८०,
0
म्याग्दीका वन पाखामा फक्रँदै सिमल
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

‘भर्खर माया बसेको बेलैमा
हिँड्नुु प-यो नौतुना रेलैमा

तिम्लाई छोडी हिँडेको दिन
रोएको मन बुझाउनै सकिन

सिमल फुुलेको
भुल्यौ क्यारे मायाले सँगै डुुलेको’

गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल सम्झाउँछ । यतिखेर म्याग्दीको बेनी र वरपरका पाखा पखेरामा फक्रँदै गरेको सिमलको फूल देख्दा भने विछोडका हरेक पल बिर्सिएर मनै प्रफुल्ल हुन्छ ।

वसन्त ऋतुको सुरुआत । हिउँदको खडेरीले सुकेको पाखामा पालुवा हाल्ने तयारीमा रहेका बिरुवा । कोइलीको मनमोहक कुहुकुहुु आवाज । अनि म्याग्दी र कालीगण्डकी नदी वारपारका सडकछेउ तथा पाखामा फुलेको सिमल । यसैले बिर्साइदिन्छ जोकोहीको बिछोडको पल र प्रफुल्ल बनाइदिन्छ मन ।

अग्ला रुखमा फुलेको सिमलले पहाडको बेँसीलाई रङ्गिन र मनमोहक बनाएको छ । यतिखेर यो बाटो हुँदै बेनी र जोमसोम गर्ने आन्तरिक एवं विदेशी पर्यटक पनि सिमलको फूल हेर्दै कोइलीको आवाज सुन्दै रमाइरहेका छन् । कतिपय यस्तो वातावरणमा एकान्तको मज्जा लिन पनि आएका छन् ।

सिमलको फूलको रातो रङमा गाढा खैरोमा कलेजी सिमाना देखिन्छ । भित्रपट्टि गाढा रातो रङका पाँच वटा पुष्पपत्र हुन्छन् । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार म्याग्दीमा कडा रातो र रातोमा हल्का पहेँलो रङ मिसिएको फूल फुल्ने दुुई जातका सिमल पाइन्छ ।

यो सिमल फूल्ने मौसम भएकाले म्याग्दीका वनपाखाहरु सुन्दर देखिएका छन् । केही समयपछि लाली गुराँस फुलेर मनमोहक देखिने यहाँका वन पाखामा अहिले रातो रङमा फुलेको सिमलले सुन्दर बनाइदिएको छ । बाटो किनारमा ढकमक्क फूलेको फूल देखेपछि मानिसहरु सवारी रोकेर सिमलसँगै तस्बिर लिएर जाने गरेका छन् ।

सिमल दुर्लभ नै वनस्पति त होइन तर अन्य वनस्पतिझैँ जताततै पाइने सर्वसुलभ पनि होइन । समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा पाइने सिमलको वैज्ञानिक नाम ‘बम्बाक्स सेइबा’ हो । वनस्पतिविद् कमल मादेनका अनुसार सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।

नेपालसहित दक्षिण एसियाका सबैजसो देश, चीन, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स आदि मुलुकमा सिमल पाइन्छ । मध्यरातपछि बिहानसम्ममा फक्रने सिमलको फूलको जैविक विशेषता हो ।

फूलको रस चुस्न रातमा चमेरो र बिहानीपख चराहरू झुम्मिन्छन् । सिमलको फूल मौरीको पनि आहरा हो । ‘बर्डस् एसोसिएटेडविद् रेड सिल्क–कटन ट्री, अम्रावती डिष्ट्रिक्ट’ महाराष्ट्र शीर्षकको २०१९ जनवरीमा प्रकाशन भएको अनुसन्धानात्मक लेखका अनुसार सिमलको फूलमा ८१ प्रजातिका चरा आकर्षित भएको पाइएको थियो ।

सिमल फूलको पुष्पपत्रलाई तरकारी तथा अचार बनाएर खाने प्रचलन रहेको म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका ७० वर्षीय ताराप्रसाद पौडेलले बताए। उनका अनुसार अघिल्लो पुुस्तासम्म कपासबाट बनेका कपडा सहजरुपमा उपलब्ध नहुँदा सिमलको भुवा सङ्कलन गरेर सिरानी, सिरक, डसना बनाउने गरिन्छ ।

हिजोआज सिमलको भुवा प्रयोग कमै मात्र हुन्छ । कपास सहजै पाइन थालेपछि सिमलको भुवाको प्रयोग घटेको हो । सिमलको बोक्रालाई दहीमा मिसाएर उपभोग गर्दा शरीरमा गर्मीका कारण उत्पन्न हुने स्वास्थ्य समस्या निको हुने सहायक वन अधिकृत सापकोटाले बताए। सिमलको डाँठ र मुना लाग्दै गरेको पातमा चिप्लो मात्रा धेरै हुन्छ ।

सिमलको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुने गरेको बूढापाका बताउँछन् । टाउको दुख्दा सिमलको पातको रस एक÷दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशन भएको ‘प्लान्ट्स एण्ड पिपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने उल्लेख गरेका छन।

मानन्धरको लेखमा सिमलको जरा गुलियो हुने उल्लेख छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द भएको पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । गाउँघरमा गोठाला र खेताला जाँदा कलिलो सिमलको घोगालाई फलको रुपमा उपभोग गर्ने गरेको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाले बताए।

बाल्यकालमा अग्लो रुखबाट ढुङ्गा र लौरोले झटारो हानेर सिमलको घोगा झारेर खाएको उनले सम्झिए । पालुवा खेल्ने बैशाखको अन्तिमतिर सिमलको घोगा पाकेर घुवा निस्कने गर्छ । सिमलको भुवा उडाएर वरपरका पाखा सेताम्मे हुन्छन् ।

अनुसन्धानात्मक लेखमा सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गर्न सकिने बताइएको छ । महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुने अनुसन्धानमूलक लेखहरुमा उल्लेख छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागका नरहरि आचार्य र राजेश तामाङले सन २०१७ मा प्रकाशन गर्नुभएको ‘इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल’ पुस्तकका अनुसार, चेपाङ समुदायले पेट दुख्ने, आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन । सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ ।

समाजको अनुभव र अध्ययन अनुसन्धानहरुले सिमल औषधिजन्य जडीबुटी रहेको बुझिन्छ । सिमलको उपयोगिताको विषयमा विस्तृत अनुुसन्धान गर्नुपर्ने डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत विनय अधिकारीले बताए।

वनस्पती र चराको सम्बन्धको अध्ययन गर्ने हो भने सिमलको रुखमा मात्र गिद्ध र चिल प्रजातिका पन्छीले गुँड लगाउने गर्दछन् । यी पन्छीले आफ्ना बासस्थानका लागि सिमलको रुख सुरक्षित ठान्ने गर्दछन् । अग्ला हुने सिमलको रुखमा बनाएको गुुँडलाई गिद्ध र चिलले सुुरक्षित मान्ने गर्छन् ।

गिद्धका अनुसन्धानकर्ताहरु अरु रुखमा हाँगा धेरै हुने र गिद्धका पखेटा ती हाँगामा ठोकिने भएकाले हाँगा धेरै नहुने र अग्ले हुने भएकाले सिमलमा गुँड बनाउन रुचाउने बताउँछन् । त्यसैले गिद्धको संरक्षणका लागि सिमलका रुख काट्न प्रतिबन्ध लगाइनुपर्ने उनीहरुको भनाई छ ।

सिमलको काठ केही वर्षअघिसम्म सलाई उद्योगमा प्रयोग हुने गरेको थियो । सलाईको वैकल्लिक साधनको विकास भएपछि प्रयोग घटेको छ । तर पनि दाउरा र काठका रुपमा पनि सिमल उत्तम ठानिन्छ । सिमलबाट बनेका फर्निचर हल्का हुने भएकाले पनि उपयुक्त ठानिएको छ ।

सुरिला सिमलको रुख खोपेर पानी घट्ट र नहर बनाउन नमिल्ने ठाउँमा डुढ बनाउने पनि गरिएको छ । पलास्टिकको पाइप उपलब्ध हुन थालेपछि सिमलको रुखको डुँढ बनाउन छाडिएको यसका प्रयोगकर्ताहरु बताउँछन् ।

सिमलको भुवा अरुका तुलनामा नरम र न्यानो हुन्छ । त्यसैले यसको सिरानी र सिरक बनाउन बढी प्रयोगमा ल्याउने गरिएको छ । हल्का खालको सिरक र सिरानी बनाउनका लागि यसको प्रयोग गर्ने गरिन्छ । सिमलको भुवाले बनाएको सिरक अरुका तुलनामा बढी न्यानो र हल्का पनि हुने गर्दछ ।

अघिल्लो समाचार

त्रिभुवन विमानस्थलमा उत्तरी दिशाबाट जहाज अवतरणमा रोक

अर्को समाचार

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

सम्बन्धित खबर

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘
फिचर-ब्यानर

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

१४ कात्तिक २०८३,
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
फिचर-ब्यानर

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

१४ कात्तिक २०८३,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक २०८३,
अन्तर्राष्ट्रिय

१४ कात्तिक २०८३,
इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने
अन्तर्राष्ट्रिय

इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

१४ कात्तिक २०८३,
सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …
समाचार

सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
बढि मदिरा सेवन गरे के हुन्छ ?

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

१४ कात्तिक २०८३,
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

१४ कात्तिक २०८३,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक २०८३,

१४ कात्तिक २०८३,
इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

१४ कात्तिक २०८३,
सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

१४ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन