• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्ता फेरबदलले रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको टेलिफोन वार्ता अन्योलमा

by
२३ फाल्गुन २०८०,
0
सत्ता फेरबदलले रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको टेलिफोन वार्ता अन्योलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि सम्भव भएको नेपाल र रुसका परराष्ट्रमन्त्रीबीचको टेलिफोन वार्ता सत्ता गठबन्धमा भएको फेरबदलसँगै अन्योलमा परेको छ । तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदको प्रयासले जुरेको टेलिफोन संवादका विषयमा के गर्ने मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् ।

रुसी सेनामा रहेका नेपालीहरुलाई सकुशल फिर्ता, ज्यान गुमाएका परिवारका सदस्यलाई क्षतिपूर्ति र भर्ना रोक्ने लगायत विषयमा द्विपक्षीय आधिकारिक टेलिफोन वार्ताका लागि समय केही दिनअघि निर्धारित भएको हो ।

नयाँ सत्ता समीकरणका कारण परराष्ट्रमन्त्री रिक्त हुँदा वार्ता हुने, नहुनेमा अन्योल देखिएको हो ।

यही मार्च ७ ९बिहीबार० मा नेपाली परराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने तय भएको थियो । तर, त्यसअघि नै सत्ता गठबन्धनमा परिवर्तनका कारण परराष्ट्रमन्त्री रहेका एनपी साउदको पद गुमिसकेको छ । यही कारण अब रुसी विदेशमन्त्रीसँग कसले वार्ता गर्नेभन्नेबारे अन्योल देखिएको हो ।

दुई देशका विदेशमन्त्रीबीच पछिल्लो समय रुसी सेनामा नेपाली भर्तीको विषयमा वार्ता हुने तय भएको थियो । नेपालीहरु अवैध रुपमा रुसी सेनामा भर्ती हुँदा र त्यसलाई रुसले पनि प्रोत्साहन गर्दा रुस–युक्रेन युद्धमा मर्ने र क्षति पुग्ने नेपालीको संख्या बढ्दै गएको छ ।

नेपालले रुसी सेनामा नेपालीलाई भर्ती नलिन, भर्ती भएका, मृत्यु तथा अंगभंग भएकाको विवरण दिन र रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता गरिदिन पटकपटक रुसलाई आग्रह गर्दै आएको छ । सरकारले नेपालस्थित रुसी राजदूतलाई पनि बोलाएर नेपालीको भर्ती रोक्न र विवरण दिन आग्रह गरेको थियो ।

निवर्तमान परराष्ट्रमन्त्री साउदले युगान्डाको राजधानी कम्पालामा गत माघ भएको ‘नाम’ शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गर्दै नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई फिर्ता गरिदिन आग्रह गरेका थिए । त्यसविपरीत रुसले भने नेपालीलाई आफ्नो सेनामा भर्ती लिन रोकेको छैन । न त नेपालीको विवरण नै दिएको छ ।

मस्कोस्थित नेपाली दूतावासले पनि नेपाली भर्तीलाई रोक्न रुसी सरकारलाई पटक पटक आग्रह गर्दै आए पनि उसले टेरेको छैन । यही कारण बिहीबार दुई देशका विदेशमन्त्रीबीच हुने टेलिफोन वार्तालाई महत्वका साथ हेरिएको थियो ।

परराष्ट्र मन्त्रालयस्थित उच्च स्रोतका अनुसार टेलिफोन वार्ताको विषयमा के गर्ने भन्नेबारे आन्तरिक छलफल चलिरहेको छ । ‘बल्लबल्ल टाइम पाएका छौं, अहिले परराष्ट्रमन्त्री नभएको अवस्था अन्योल छ । यसबीचमा परराष्ट्र मन्त्री तोकियो वा प्रधानमन्त्रीले कसैलाई जिम्मेवारी दिएमा कुरा हुन्छ । यसका लागि आन्तरिक छलफल भइरहेको छ,’ स्रोतले पर्दाफासलाई भन्यो ।

यसबीचमा परराष्ट्र मन्त्री नै नियुक्ति हुने सम्भावना भने न्यून देखिएको छ । हाल सत्ता गठबन्धनबीच सहभागी हुने दलको टुंगो लागेपछि मन्त्रालय र सिटसंख्या बाँडफाँट टुंगो लगाउने गरी छलफल भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृतबहादुर राईले रुसी विदेशमन्त्रीसँग टेलिफोन वार्ताबारे अन्तरिक गृहकार्य भइरहेको पर्दाफासलाई बताए । ‘रुसका विदेशमन्त्रीसँग समय लिइएको छ । अहिलेको अवस्थामा के गर्ने भन्ने विषयमा मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच आन्तरिक गृहकार्य भइरहेको छ,’ उनले भने ।

पारिवारिक जानकारीसहितका आधारमा रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या डेढ दर्जन हाराहारीमा पुगेको छ । नेपाल सरकारले भने हालसम्म १२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । घाइते र बेपत्ता भएकाको एकीन विवरण सरकारसँग छैन । पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले साढे २ सयभन्दा बढी नेपाली परिवारको सम्पर्कमा नआएको उल्लेख गरेको छ ।

Previous Post

जंगली हात्तीको आतंक, आगो बालेर तर्साए पनि जादैन

Next Post

पूर्व विम्बल्डन च्याम्पियन सिमोना हालेपको डोपिङ प्रतिबन्ध घटाइयो

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
पूर्व विम्बल्डन च्याम्पियन सिमोना हालेपको डोपिङ प्रतिबन्ध घटाइयो

पूर्व विम्बल्डन च्याम्पियन सिमोना हालेपको डोपिङ प्रतिबन्ध घटाइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In