• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

    गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

    वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

    गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

    वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जंगली हात्तीको आतंक, आगो बालेर तर्साए पनि जादैन

by
२३ फाल्गुन २०८०,
0
कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन किसानलाई समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर– राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङ्ख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ ।

‘विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको थियो’, शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भने, ‘हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्यो ।’ साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उनले बताए ।

‘पेट टन्न हुनेगरी खेतबारीमा पसेर गहुँबाली खाएपछि बल्ल निकुञ्जतिर लाग्यो’, उनले भने, प्रत्येक वर्ष हात्तीले धानबाली र गहुँबाली पाक्नै लागेका बेला छिरेर नोक्सानी गर्दै आएको उनले गुनासो गरे। ‘पाक्नै लागेको गहुँबालीमा हात्तीले पसेर नोक्सानी गर्न लागेका बेला भगाउन जानैपर्छ’, स्थानीय केशरबहादुर साउदले भने, ‘गहुँबाली आफ्नै आँखा अगाडि खाएको हेर्नै सक्दैनौँ, भगाउन जाँदा हात्तीले लखेट्न आउने भएकाले मानवीय क्षति हुने सम्भावना पनि बढेर गएको छ ।’

हात्ती छिर्ने ठाउँमा विद्युतीय मेसवायर लगाउन एक दशक अघिदेखि माग गर्दै आए पनि पूरा नभएको उनले बताए । तीन दिनको अवधिमै हात्तीले वडा नं ५ गर्जमुनिका भीमबहादुर साउद, केशरबहादुर साउद, जीतबहादुर साउद, सागर बोहरा, उत्तम भण्डारी, जयबहादुर साउद, विनोद कुवँर, भानदेव पन्त, लक्ष्मी पन्त, पूजा पाल, लोकेन्द्र खत्री, अर्जुन पन्त, मालती पाल र धनबहादुर साउदको गरी झण्डै चार बिघा खेतमा लगाएको गहुँबाली हात्तीले सखाप पारेको छ । किसानको न्यूनतम दुई कठ्ठादेखि १० कठ्ठासम्म जग्गाको गहुँबाली हात्तीको बथानले नोक्सानी गरेको छ ।

तीन छावासहितको १५ को सङ्ख्यामा रहेका हात्तीको बथानले गहुँबाली खानेसँगै खुट्टाले कुल्चेर नोक्सानी पुर्याउने गरेको स्थानीय बासिन्दाको भनाइ छ । रातभर हात्ती भगाउनकै लागि जाग्राम बस्नुपर्ने अवस्था रहेको मालती पालले बताए।

‘राति अबेरसम्म हात्ती भगाउनमै खटिन्छौँ’, उनले भने, ‘हात्ती नखाई भाग्दै भाग्दैनन्, घर नै भत्काउने डर पनि हुन्छ, त्यही भएर पनि जाग्राम बस्नुपर्ने अवस्था छ ।’

हात्तीले बर्सेनि क्षति पुर्याउँदै आए पनि हालसम्म क्षतिपूर्तिबापतको रकम स्थानीयले नपाएको गुनासो गरेका छन् । हात्तीसँगै चितल, निलगाई र बँदेलले किसानका खेतमा पुगेर गहुँलगायतका बालीमा नोक्सानी गर्ने गरेको छ । खेतमा लगाएको अन्नबाली जङ्गली जनावरले खाएर नोक्सानी गर्न थालेपछि परिवारको वर्षभरिको भरणपोषणका लागि अन्न खरिद गर्न गर्जमुनि गाउँका अधिकांश बासिन्दाले रोजगारीका लागि भारततर्फ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।

वडाध्यक्ष चक्रबहादुर खड्काले वडा कार्यालयमा जङ्गली जनावरले खेतमा लगाएको बालीनाली नोक्सानी पुर्याएकाले क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि ३० जना बढी किसानले निवेदन दिएको बताए। जंगली जनावरले क्षति पुर्याएकोबारे सिफारिस गरिँदै आए पनि वन्यजन्तुले बालीनालीमा पुर्याउने क्षति न्यूनीकरण गर्ने भरपर्दो उपायबारे निकुञ्ज कार्यालय, नगरपालिका र प्रदेशमा पत्राचार गरे पनि अहिलेसम्म ठोसरूपमा कुनै कार्य अगाडि बढ्न नसकेको उनले बताए।

निकुञ्जबाट आउने हात्तीले गर्जमुनिमात्रै नभएर वडा नं ६, ७, २ र ३ मा पनि बर्सेनि बालीनाली भित्र्याउने बेला नोक्सानी पुर्याउँदै आएको छ । तीन वर्षको अवधिमा नगरपालिका क्षेत्रका चार जनाले हात्तीको आक्रमणमा परेर ज्यान गुमाइसकेका छन् ।

Previous Post

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Next Post

सत्ता फेरबदलले रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको टेलिफोन वार्ता अन्योलमा

सम्बन्धित खबर

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
आवाज

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

३२ असार २०८३,
नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
आर्थिक

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

३२ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आवाज

कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

३२ असार २०८३,
गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो
आवाज

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

३२ असार २०८३,
म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी
आवाज

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

३२ असार २०८३,
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
आवाज

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

३२ असार २०८३,
Load More
Next Post
सत्ता फेरबदलले रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको टेलिफोन वार्ता अन्योलमा

सत्ता फेरबदलले रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको टेलिफोन वार्ता अन्योलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In