• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

    युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

    राष्ट्र बैंक ऐन संशोधनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने

    राष्ट्र बैंक ऐन संशोधनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग

    रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

by
२२ फाल्गुन २०८०,
0
कोशीटप्पुमा चराको सङ्ख्या घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेलबारी (मोरङ)।कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो ।

मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ । गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ ।

बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो ।

गत पुस २५ देखि २९ गतेसम्म पाँच दिन भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको हो । कोशीमा सबैभन्दा धेरै ८ सय ४८ को सङ्ख्यामा सिलसिले हाँस फेला परेका छन् ।

त्यसैगरी उच्च सङ्ख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ फेला परेका छन् ।

पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले चराको सङ्ख्या घटेको हुनसक्ने कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिना बताउँछन् । ‘मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरूपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ ।’

उनका अनुसार रसिया, साइबेरियालगायतका मुलुकबाट जाडो छल्न आउने पर्यटक चरा खेल्ने सिमसारमा मोटरबोट सञ्चालनमा आउनाले पनि चराको सङ्ख्यामा कमी आएको बताउँछन् ।

कोरोनाले विश्व आक्रान्त बनेको समय सन् २०१९ को गणनामा कोशीमा चराको सङ्ख्या अत्याधिक बढेर नौ हजार दुई सय ८९ पगेको थियो । यस समयमा मनाव चहलपहल कम हुनाले सिमसार खोलानालामा चराको सङ्ख्या बढेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए ।

असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ ।

करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन् । जाडो छल्न नेपाल आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् ।

यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।

दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् ।

उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन् ।

Previous Post

निसेलढोरवासीको पीडाः ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन ’

Next Post

चार दलबीचको आठबुँदे सहमतिमा के के छ ?

सम्बन्धित खबर

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण
अन्तर्राष्ट्रिय

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

१९ साउन २०८३,
राष्ट्र बैंक ऐन संशोधनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने
फिचर-ब्यानर

राष्ट्र बैंक ऐन संशोधनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने

१९ साउन २०८३,
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

१९ साउन २०८३,
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
आर्थिक

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

१९ साउन २०८३,
सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
समाचार

सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

१९ साउन २०८३,
रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग
समाचार

रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग

१९ साउन २०८३,
Load More
Next Post
चार दलबीचको आठबुँदे सहमतिमा के के छ ?

चार दलबीचको आठबुँदे सहमतिमा के के छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In