• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

by
२१ फाल्गुन २०८०,
0
पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

DCIM100MEDIADJI_0216.JPG

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ ।

महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही फागुन ९ देखि सञ्चालन भइरहेको महायज्ञमा देशभरबाट दर्शनार्थी आइरहेको बताउँदै पछिल्ला दिनमा दर्शनार्थीको भीड नै लागेको हो ।

दैनिक तीन हजारदेखि १० हजारसम्म दर्शनार्थी आउने गरेको महायज्ञमा शनिबार भने ३० हजार बढी दर्शनार्थी पञ्चकोट आएको सर्वसिद्धिधाम पञ्चकोट परिषद् समितिका अध्यक्ष दामोदर शास्त्री दाहालले बताए। अत्यधिक भिडका कारण शनिबार ट्राफिक जाम नै भएको उनको भनाइ छ । शनिबार बिदा हुनुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति भएपछि महायज्ञमा दर्शनार्थीको भिड बढेको उनले बताए ।

“धार्मिककार्यमा आएका भक्तजनको कुनै गण्ना गर्ने व्यवस्था थिएन, ९० रोपनी जग्गामा फैलिएको पञ्चकोट दर्शनार्थीले भरिएको थियो, बागलुङ बजारबाट पञ्चकोटसम्म सवारीसाधनको लस्कर थियो”, अध्यक्ष शास्त्रीले भने“एकै दिन तीसदेखि ५० हजारसम्म दर्शनार्थी आएको हाम्रो अनुमान छ, पञ्चकोटमा हजारौँको सङ्ख्यामा आएका बस, कार, भ्यान र मोटरसाइकल आएकाले सो अनुमान गरिएको हो ।” ट्राफिक जामका कारण सबै दर्शनार्थी पञ्चकोट पुग्न नपाएको उनले बताए ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना भइरहेको महायज्ञ नेपालमै पहिलो पटक गर्न थालिएको आयोजकको दाबी छ । महायज्ञमा सहभागी हुन यही फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल र गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल आइसकेका छन ।

साथै नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महत, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति भइसकेका छ । यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष नेता आउने कार्यक्रमसमेत छ ।

जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न आयोजना गरिएको ब्राह्माण्डीय महायज्ञमा आउने दर्शनार्थीको ट्राफिक व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन न्यूरेले बताए।

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो । महायज्ञभर कथा वाचक पाठ बाहेक हरेक दिन फरक–फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि भइरहेको छ ।

महायज्ञको अवसरमा आइतबार कला र साहित्य सम्मेलन सम्पन्न भएको थियो । पञ्चकोट पुग्ने पर्यटकको सङ्ख्याका आधारमा सडक फराकिलो हुन आवश्यक रहेको बागलुङ नगरपालिका-६ का वडाध्यक्ष रुद्र केसीले बताए।

Previous Post

राप्रपा सत्ता केन्द्रित चलखेलमा सामेल छैनः लिङ्देन

Next Post

क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो, म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ– प्रधानमन्त्री

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो, म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ– प्रधानमन्त्री

क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो, म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ– प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In