• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पुस्तक समीक्षाः ‘चरीमाई’ हरूको आवाज बोल्ने कोसिस

by
१७ फाल्गुन २०८०,
0
पुस्तक समीक्षाः ‘चरीमाई’ हरूको आवाज बोल्ने कोसिस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कथा, कविता, गीत, हाइकु र मुक्तक लेख्दै आइरहेका अञ्जना पौडेल पहिलो पटक ‘चरीमाई’ (इन्डिगो इन्क प्रा.लि, २०८० वैशाख) उपन्यासका साथ देखापरेका छन् ।

मानवशास्त्रमा विद्यावारिधि गरिरहेका भएकाले पनि उनी सोही विषयमा केन्द्रित भएर आख्यानात्मक चौथो कृति प्रकाशन गर्न सक्षम भएको हुनुपर्छ । लमजुङ माइत भएर पनि नुवाकोट पूर्वी भागको परिवेश राखेर लेखकले बेचबिखनमा परेका सीमान्तकृत चेलीहरूको सामूहिक स्वर अभिव्यक्त गरेको प्रस्तुत ‘चरीमाई’ नेपालका ‘चरीमाईहरूप्रति’ नै समर्पित छ ।

उपन्यासको कथा सरल छः छोरी जन्मँदा खुसी हुने नुवाकोटको कुनै गाउँको परिवारमा जन्मेकी चरीमाईलाई उनका बाबुले १४ वर्षका उमेरमै गाउँकै २५ बर्से केटा कमानसिंहसँग उनको इच्छाविपरीत जबर्जस्ती बिहे गराइदिन्छन् ।

उनको पतिले उनलाई काठमाडौँमा व्यापार गर्ने भनी लगेरपछि औषधि खुवाई भारतको बम्बैमा बेचिदिन्छ । त्यहाँ उसलाई आफ्नै गाउँभन्दा परकी आफ्नै जातकी एक महिलाले आफूले चलाएको कोठीमा जबर्जस्ती धन्दामा लगाउँछिन् । त्यहाँ ऊ जस्तै दलालमार्फत बेचिएका अरू चेली पनि हुन्छन् ।

भारतमा १६ वर्षमुनिका लागि त्यस्तो काममा लगाउन नपाइने कानुन बने पनि त्यो लागू हुँदैन । पछि कोठीबाट बाहिर जान छुट दिने, ग्राहकले कोठीबाट बाहिर लग्ने क्रममा एक दिन भागेर उनी एक नेपाली चौकीदारका मद्दतबाट काठमाडौँ हुँदै गाउँ फर्किन्छिन् । तर त्यहाँ पनि उनका बाले बस्न दिँदैनन् ।

माइतबाट केही पर टहरो हालेर बसिरहेकी उनले बा र कुनै पार्टीको गाउँको अध्यक्ष भएको आफ्नो पतिविरुद्ध उजुरी दिँदा पनि प्रहरीचौकीले लिन मान्दैन । उल्टो उनलाई ‘बम्बैमा केटी बेच्ने दलाल’ भनेर आरोप लगाइन्छ, गाउँका नेता, वडाध्यक्ष र प्रहरीसमेतले घर छाडेर हिँड्न दबाब दिन्छन् ।

फर्केर माइती नजिकै मितिनीका घर आउँदा पनि त्यहाँका अज्र्याल बाजेले काठमाडौँ लगेर यौनशोषण गर्छन् । उनी गर्भवती हुन्छिन् । फलफूल बेच्ने तराईका रामलालले पनि उसैगरी बिहे गरेको बहाना बनाएर उनलाई वीरगन्ज लग्छ । त्यहाँ एक महिलाले उनलाई पहिलेकै बम्बैकी कोठी सञ्चालिकालाई बेचिदिन्छिन् ।

त्यहाँ उसले अज्र्याल बाजेका तर्फबाट ‘गङ्गाजमुना’ जन्माउँछिन्, तिनलाई पनि धन्दामै लगाउन विवश पारिन्छ । उनी फेरि गाउँ फर्की होटल व्यवसायमा लाग्छिन् । त्यहाँ उनको गाउँले जितबहादुरसँग विवाह भई एक छोरी जन्मन्छिन् । पछिल्लो लोग्नेको हत्या हुन्छ ।

बम्बैमा नै पु¥याइएकी गाउँकै शान्ति दिदी र उनले एक गैर सरकारी संस्थाको सहयोगमा दायर गरेको मुद्दाबाट नुवाकोट अदालतबाट कमानसिंहविरुद्ध जन्मकैदको फैसला हुन्छ तर तीन महिनापछि पुनरावेदन अदालतले बेकसुर रहेको आदेश दिन्छ ।

यो कथा उपन्यासकी नायिकाले अमेरिकामा विद्यावारिधि गर्न गएका र नुवाकोटमा अनुसन्धान गर्न आएका एक विद्यार्थी भूपेन्द्रलाई सुनाएकी हुन् र वक्ता तिनै हुन् । अब चरीमाई र उनकी कान्छी छोरी लता कमानसिंह जस्ता अपराधीलाई कारागार पु¥याउन सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छन् ।

उपन्यासको कथावस्तु खासै नौलो होइन, ग्रामीण भेग खासगरी बागमती प्रदेशका जिल्लामा चेलीबेटी बेचबिखनका थुप्रै घटना भएका छन् र अदालती प्रक्रियामा गएका छन् । तैपनि यदाकदा यस्ता घटना दोहोरिइरहेका छन् । उपन्यासकारले आन्तरिक पर्यटकका रूपमा घुम्दा र घटनाहरू नियाल्दा पाएको ज्ञानलाई यस कृतिका रूपमा उभ्याएका हुन्।

आफ्ना छोरी, दिदीबहिनी, पत्नीलाई नै दलाल, धन्दा व्यवसायीलाई बेच्ने अमानवीय प्रवृत्ति र यौनधन्दामा जबर्जस्ती लाग्नुपर्ने चेलीको विवशतालाई उठाएर लेखिकाले त्यस्तो बेचबिखन बन्द गर्न, बेचिएकाहरूको सकुशल रिहाइ गर्न र समाजमा सम्मानित जीवन बाँच्न पाउनुपर्ने तिनको अधिकारबारे आवाज उठाउन गरेको प्रयत्न प्रशंसनीय छ ।

भूमिका लेखक कृष्ण धरावासीले घरेलु हिंसा, बलात्कार, बेचबिखन जस्ता कुरामा कानुन र समाजलाई खासै चासो नभएको र यस्तै चरित्र र महिला बेचबिखनमा पिल्सिएको समाजमा कृति केन्द्रित भएको जनाउँदै यस्ता विषयबारे राज्यलाई सम्झाउने काम यसमा गरिएको स्पष्ट गरेका छन् ।

लेखिका–अनुसन्धाता पौडेल भन्छन्, “एउटा कालो पाटोलाई अलिकति च्यात्ने प्रयत्न मात्रै गरेकी हुँ । मलाई थाहा छ यो मैले एक्लै पार लाग्ने लडाइँ हुँदै होइन । तर पनि सबै चुप लाग्दा आवाजविहीनहरूका आवाज सधैँ दबिएर रहने रहेछ । मैले चरीमाईहरूको एउटा आवाज बोल्ने कोसिस मात्रै गरेकी हुँ ।”

कृतिमा कथा भन्ने शैली पुरानै छ । निकै प्रसङ्ग दोहोरिएका छन् र एकै वाक्यमा उही उही शब्द पनि धेरै परेका छन् । कथा वक्ता भूपेन्द्रका प्रसङ्ग अनावश्यक रूपले लम्बिएको हो कि भन्ने लाग्छ । एकै शब्दका पनि तीन–तीन वटा वर्णविन्यास ९इसा, इशा, ईशा० देखिएका छन् भने अन्य त्रुटि ९गोधिली, मस्जित, ब्याज, बसाइँ, दैनिकी० पनि बर्गेल्ती नै छन् । ठाउँ ठाउँमा नछुट्टिनुपर्ने दफाहरू पनि छुट्टिन पुगेका छन्, जुन प्राविधिक गल्ती हो ।

विद्यार्थीहरू वनभोज गएको स्थल नुवाकोटको झिल्टुङलाई मकवानपुरको टिस्टुङ उल्लेख गरेर लेखकले आफ्नो सामान्य ज्ञानको कमजोरी पनि प्रदर्शन गरेका छन् । सबभन्दा आश्चर्य त २२४ पृष्ठको उपन्यासमा पात्रहरूबीच थुप्रै संवाद भए पनि अल्पविराम र उद्धरण चिह्न एकाध मात्र देखिनामा छ । उपन्यास लेखनले नौलो शैली र प्रस्तुति लिइरहेको वर्तमानावस्थामा युवा लेखकहरूले पनि मौलिक नयाँ शैलीको प्रयोग गर्दा नै यस विधामा उन्नति हुँदै जाने विश्वास गर्न सकिन्छ ।

Previous Post

समाचार चोरी गर्ने १८३ वटा अनलाइनलाई काउन्सिलले गर्‍यो कारबाही

Next Post

गुगल म्यापको भर पर्दा एक सातासम्म जंगलको बास

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
गुगल म्यापको भर पर्दा एक सातासम्म जंगलको बास

गुगल म्यापको भर पर्दा एक सातासम्म जंगलको बास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In