• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफ्रिकन स्वाइन फिबरबाट पशुलाई बचाउन उच्च सतर्कता

by
१५ फाल्गुन २०८०,
0
अफ्रिकन स्वाइन फिबरबाट पशुलाई बचाउन उच्च सतर्कता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। बङ्गुलाई अफ्रिकन स्वाइन फिबरबाट बचाउनका लागि उच्च सतर्कता अपनाउन किसानलाई आग्रह गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले जिल्लामा बङ्गुर पाल्दै आएका कृषकलाई सो रोग लाग्न नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

कार्यालयका अधिकृत दीपचन्द्र घिमिरेका अनुसार जिल्लामा यो रोग फैलन नदिन नाकाहरुमा कडाइ गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सङ्क्रमण रोग नियन्त्रण समितिले परिपत्र गरेर जिल्लाका कुनै पनि नाकाबाट बङ्गुर र सोसँग सम्बन्धित अन्य पदार्थ भित्रन नदिन निर्देशन गरेअनुसार सबै नाकामा कडाइका साथ जाँच गरिएको उनको भनाइ थियो ।

अधिकृत घिमिरेले भने, “अहिलेसम्म जिल्लामा यो रोग देखिएको छैन । उच्च सतर्कता अपनाउन सके बचाउन सकिन्छ ।” अहिले जिल्लाका केही फार्ममा क्लासिकल स्वाइन फिवर देखिए पनि अन्य रोग नदेखिएको र यो रोग भने निवारण गर्न सकिने उनले जानकारी दिए ।

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका केही फार्महरुमा क्लासिकल स्वाइन फिवरको सङ्क्रमण देखिएको छ ।

बङ्गुर पाल्ने कृषकसँगको छलफलमा यो रोगबाट बच्नका लागि बङ्गुरलाई खोरमा थुनेर पाल्ने, खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउन कार्यालयले आग्रह गरेको अधिकृत घिमिरेले बताए ।

बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधैँ फार्ममा रहेका बङ्गुरसँग नमिसाइ २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएमा मात्र बथानमा मिसाउने, बङ्गुरको खोर तथा फार्म वरिपरि नियमित चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्नुपर्ने हुन्छ ।

यो रोग फ्लु भाइरसका कारण लाग्ने भएकाले उच्च सतर्कता र निगरानी बढाउन किसानमा कार्यालयले अनुरोध गरेको हो । यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो ।

गत वर्ष जिल्लामा अफ्रिकन स्वाइन फिबरबाट ठूलो क्षति भएपछि अहिले सुरुवाती समयमै सावधान अपनाउन अनुरोध गरिएको हो । गत वर्ष यहाँका नौ वटा कृषि फार्मका बङ्गुर यस रोगबाट मरेका थिए ।

घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा अफ्रिकन स्वाइन फिवरको भाइरसले सङ्क्रमण गरेर गत वर्ष धेरै यस्ता पशुको मृत्यु भएको थियो ।

यो रोग सङ्क्रमित सुँगुर र बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्‍याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, त्यस्ता बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण भएको खोरमा काम गर्ने कामदार वा सङ्क्रमण भएको खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदिको प्रयोगबाट पनि सर्ने गर्दछ ।

यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखापर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, उच्च ज्वरो ९ १०४ देखि १०७ डिग्री फरेनहाइट० आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने, दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, धरमराउने र बच्चा तुहिनेजस्ता लक्षण देखा पर्दछ ।

Previous Post

सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

Next Post

बाजुरामा सर्वपक्षीय बैठकः चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
बाजुरामा सर्वपक्षीय बैठकः चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

बाजुरामा सर्वपक्षीय बैठकः चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In