• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राङ्गारिक कृषिउपजको उत्पादन बढाउन जोड

by
१४ फाल्गुन २०८०,
0
प्राङ्गारिक कृषिउपजको उत्पादन बढाउन जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी । प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आइतबार आयोजना गरिएको कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तर्क्रियामा सो कुरामा जोड दिएका हुन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले जनाएका छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि उद्यम केन्द्र नेपाल, उद्योग वाणिज्य महासङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशीले रैथाने र प्राङ्गारिक कृषि वस्तुको बजार बढ्दै गएकाले अहिले भइरहेको प्राङ्गारिक उत्पादनले बजार माग पूरा गर्न नसक्ने हुनाले उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले विस्तारै यसको बजार बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषिउपजलाई प्राङ्गारिकरण गर्दै जानुपर्ने भनाइ राखे ।

“प्राङ्गारिकको माग बढ्दै जाँदा त्यसबाट किसानले पनि लाभ लिन सक्नेछन् । प्राङ्गारिक उत्पादन नेपालको माटो सुहाउँदो कुरा पनि हो”, उनले भने, “यसले उत्पादन लागत पनि घटाउँछ भने मलखाद नपाउने समस्या पनि रहन्न । तर प्राङ्गारिक हो भन्ने कुराको प्रमाणीकरणको प्रबन्ध मिलाउनुपर्ने किसानको मत छ ।” प्राङ्गारिक प्रमाणीकरण नहुँदा अप्राङ्गारिकलाई पनि प्राङ्गारिक भनेर उपभोक्ता झुक्याउने सम्भावना रहेकाले त्यसको व्यवस्था सरकारले मिलाउनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठले तीनै तहका सरकारसँग कृषिको कुनै प्रकारको तथ्याङ्क नभएको बताउँदै यसले कृषिको व्यावसायिक विकास हुन नसक्ने भनाइ राख्नुभयो । त्यस अवसरमा सङ्घका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले अन्तर्क्रियामा उठेका कुरालाई लिपिबद्ध गरेर समस्या समाधानका लागि सम्बन्धित तहमा पहल र पैरवी गरिने बताए । उनले कृषिलाई प्रवर्द्धन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान हुने र कृषिमा लगानी तथा युवा आकर्षण गरी उद्यमशीलतासँगै रोजगारीको सिर्जना पनि हुने भएकाले कृषिको प्रवर्द्धनको लागि सङ्घले पहलकदमी लिइएको जानकारी गराए ।

कार्यक्रममा सङ्घका कृषि परामर्शदाता डा प्रदीप शर्मा पौडेल, हेफर इन्टरनेसनलका एसोसियट डाइरेक्टर डा राम अधिकारी, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलगायतले नागरिको स्वास्थ्यको दृष्टिकोणले अस्पतालमा भन्दा पनि स्वास्थ्यकर खाद्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने भनाइ राखेका थिए ।

Previous Post

डलर देखाएर १० वर्षदेखि ठगी, ३ जना पक्राउ

Next Post

विश्व व्यापार सङ्गठनका अधिकांश सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
विश्व व्यापार सङ्गठनका अधिकांश सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर

विश्व व्यापार सङ्गठनका अधिकांश सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In