अमेरिकी कलाकारहरुद्वारा मोरङको विराटनगरमा स्थानीय हिप–हप कलाकारहरू र नव–उत्साहीहरूसँग संलग्न हुन कार्यशालाहरू सञ्चालन भइरहेको छ ।
युवाहरूलाई हिप–हपलाई अभिव्यक्तिको माध्यम र उनीहरूको रचनात्मक विचारहरू साझा गर्ने तरिकाको रूपमा प्रयोग गर्न कार्यशालाहरूले मद्दत पुर्याउने नेपालस्थित अमेरिकी दुताबासले बताएको छ ।
Substantial, Mazi Mutafa, Shanna, र DJ Fleg ले यी कार्यशालाहरू मार्फत नृत्य प्रविधिहरू सुधार गरेर कथाहरु प्रस्तुत गर्न, संगीत उत्पादन प्रविधिहरू अगाडि बढाउन, र सहभागीहरूको कलात्मक शैली र पहिचानको विकास गर्न उहाँहरूले आफ्नो विशेषज्ञता प्रदान गर्नु हुदैछ।
















