• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एसपीहरूलाई गृहमन्त्रीले भने – जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिन्छ

by
३ फाल्गुन २०८०,
0
एसपीहरूलाई गृहमन्त्रीले भने – जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक (एसपी) हरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्।

माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो।

बिहीबार बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको उपस्तिथिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्यक्षेत्रमा खट्न आग्रह गरेका छन्।

यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि उनले मन्त्रालयमा बोलाएर शुभकामना तथा सरकारका प्राथमिकतामा काम गर्न सामूहिक निर्देशन दिएका थिए।

जिम्मेवारीमा जानुअघि अधिकारीहरूलाई आवश्यक निर्देशन दिने प्रचलनको सुरुवात गृहमन्त्री श्रेष्ठले नै गरेका हुन्। यसले अधिकारीहरूलाई सरकारको कार्यभार, नीति र कार्यक्रमको स्पिरिट बुझेर काम गर्न तथा कार्यकुशलता देखाउन हौसला मिल्ने विश्वास समेत मन्त्रालय नेतृत्वले लिएको छ।

सरकारले पहुँच र विभिन्न स्वार्थका आधारमा होइन क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेकोले बिना संकोच, दबाब र प्रभाव मुक्त भएर कानुन बमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिए।

अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने उनले बताए। प्रमुखको जिम्मेवारी पाउन दल एवम् नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न समेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।

लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन, यी सबै योजनामा प्रदेश तथा पालिका सरकारसँग समन्वय गरेर काम गर्न र मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत उनले निर्देशन दिए।

मन्त्रालयले प्रहरी अधिकारीहरूको सरुवा, काज सरुवा र पदस्थापनमा निश्चित मापदण्ड तय गरिसकेको छ। त्यही मापदण्डअनुसार एसपीहरूको नयाँ जिम्मेवारी तोकिएको हो। पहुँच र भनसुन आधारमा नभएर सेवाअवधि, क वा ख वर्गका जिल्लामा काम गरेको आधार, जिल्ला प्रमुखको रूपमा काम गरेको आधार र एउटै जिम्मेवारीमा नदोहोरिनेगरी मापदण्ड बनाइएको हो।

जस्तो कि, क वर्गका जिल्लामा काम गरिसकेका प्रहरी अधिकारीको ख बर्गका जिल्लामा सरुवा हुनेछ भने ख वर्गका जिल्लामा काम गरिसकेका प्रहरी अधिकारीको क वर्गका जिल्लामा सरुवा हुनेछ। त्यस्तै कुनै जिल्लामा प्रमुखका रूपमा काम गरिसकेका प्रहरी अधिकारीको पुनः अर्को जिल्लामा तत्काल प्रमुखकै रूपमा सरुवा हुन नसक्ने मापदण्ड तय गरिएको छ।

अब सरुवा मापदण्ड प्रभावकारी बनाउन पहिल्यै योग्य अधिकारीहरूको सूची सार्वजनिक गरी त्यसैभित्रबाट जिम्मेवारी तोकिने तयारी समेत मन्त्रालयले गरेको छ।

Previous Post

इरानको दुई ग्यास पाइपलाइनमा विस्फोट

Next Post

मन्दिरै मन्दिरको गाउँ पिठातोला

सम्बन्धित खबर

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
Load More
Next Post
मन्दिरै मन्दिरको गाउँ पिठातोला

मन्दिरै मन्दिरको गाउँ पिठातोला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In