• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा

    खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा

    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

    मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

    मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

    आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

    आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

    टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

    टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्दिरै मन्दिरको गाउँ पिठातोला

by
३ फाल्गुन २०८०,
0
मन्दिरै मन्दिरको गाउँ पिठातोला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कालुखेती (बझाङ) । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।

खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ । मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ । आफैँमा पूर्ण लाग्छ । जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले “कान्छी गाउँ”को उपमा दिन्छन् । कान्छी गाउँमा पाँचवटा माडौँ छन् ।

मष्टामाडौँ (ठूली पाँण)

मष्टामाडौँ (ठूली पाँण) पिठातोलावासीका कुलदेउता हो । यो मन्दिरमा जुन समयमा पनि पूजाआजा हुने गर्छ । परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ–आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको दुई पटक मन्दिरमै पुजिन्छ, हिउँद र वर्षायाममा ।

खासगरी नमाकी (नयाँ बालीको पूजाआजा) गरिने बेला कुलदेउता (मष्टामाडौँ)को पूजा गरिने स्थानीयवासी कुलप्रसाद जोशी बताउँछन् । नयाँ बाली भित्र्याएपछि त्यसको पूजा गरेर मात्रै अन्न चलनअनुसार कुलदेउता पूजा गरिने उनको भनाइ छ । उनका अनुुसार वर्षको दुई पटक मात्रै बाली उत्पादन हुने पिठातोलामा हिउँदे खेती वैशाखमा पाक्ने गर्छ । त्यो बाली भित्र्याएसँगै जेठ–असार वा साउनमा पूजा गरिन्छ भने वर्षायामको बाली धान र कोदो असोजमा भित्र्याइन्छ । यसको नमाकी फागुन–चैतमा पूजाआजा गरिन्छ र अन्न खान सुरु गरिन्छ ।

पिठातोलाको कुलदेउता ‘मष्टो’ सुरुमा बझाङकै साविकको कँडेल गाविसमा पर्ने बान्नीगढीतिर पूजाआजा गरिन्थ्यो । स्थानीयबासी भानुभक्त जोशीले भने, ‘एक पटक पिठातोलाका पुर्खा (बाजे) वर्षायाममा साउनको महिना पुजपोखल (पूजा सामग्री) लिएर बान्नीगढी (मष्टामाडौँ भएको ठाउँतिर) जाने क्रममा खोला तर्ने बेलामा बग्नुभएछ ।’

त्यस्तै बेलामा बान्नीगढीमा चल्दै गरेका देउता रोकिए । उनले भने, ‘वरिपरि बसेका श्रद्धालुले “के भयो परमेश्वर ?’ भनेर प्रश्न गरेछन् । त्यसपछि धामीले जवाफ दिए, ‘खुलीसाँटो पारीको टँगालो आयो, त्यसैलाई तराउन गयाँ ९टाढाबाट पूजा गर्न आएको मान्छे खोलामा बग्यो, त्यसैलाई बचाउन गएको थिए० । रोकिएका धामीको हातखुट्टाबाट पानी बगेछ र धामीले भनेछन् एकै छिनमा टँगालो पुग्छ ।’

यो कथन अहिले पनि पिठातोलामा चर्चित छ । जोशीका अनुसा झाँक्रीले नभन्दै पिठातोलाका बाजे मन्दिर पुगे । मन्दिरमा एकैछिनमा झाँक्री र उनको वार्ता भयो । झाँक्रीले सोधे, ‘ए टँगालो आइपुगिस् ?’ उनले जवाफ दिए, ‘हजुर परमेश्वर आइपुगेँ ।’ अब ‘आज उप्रान्त तैँले उतै मष्टालाई पुजेर खानु’ भन्दै झाँक्रीले सिला ‘ढुङ्गा’ दिएछ । घर आएछ । त्यसपछि पिठातोलामा पनि मष्टो पुज्ने गरेको जोशीले बताए ।

खापरमाडौँ (मोटाकाटियाँ)

मोटाकाटियाँ मन्दिरमा परापूर्वकालदेखि पूजाआजा हुँदै आएको छ । स्थानीय बासिन्दाले आफ्नो सम्पत्ति वृद्धि हुने तथा सोचेका सबै कुरा पूरा हुने धार्मिक विश्वासले यो मन्दिरमा पूजा गर्दै आएका छन् । पूजा नगरेको वर्ष बालीनाली पनि घट्ने गरेको स्थानीय बताउँछन् । जहाँ पूजा गर्दा खापर देउतालाई खुसी पार्न बाख्राका पाठापाठी बली चढाउने परम्परा छ ।

हरेक वर्ष भदौ–असोज र फागुन–चैतमा पुजिने खापरमाडौँमा पिठातोलावासीमात्र होइन, छिमेकी गाउँबाट पनि शनिबार र मङ्गलबारको साइत जुराएर पूजाआजा गर्ने गरेको स्थानीय नारायण जोशी बताउँछन् । उनी भन्छन्, ‘यो मन्दिरमा सामूहिक पूजा गरिन्छ । गाउँघरमा सबैले पूजा सामग्री जुटाएर खापरमाडौँ पुज्दै आएको किंम्वदन्ती पनि रही आएको छ ।’

खापरमाडौँमा आकासे पानीका लागि पनि जाग्राम बस्ने चलन छ । खडेरी परेका बेला ‘पानी परोस्’ भन्दै खापरमाडौँको आँगनमा स्थानीयबासी रातभर जाग्राम बस्छन् । चार‑पाँच दिन राति जाग्राम बसेपछि पानी पर्ने गरेको उनी बताउँछन् । ‘खापरमाडौँमा गाईभैँसी तथा अन्य सम्पत्ति बढ्दै जाउन भन्नका लागि धवन ढोल्ने ९गाई वा भैँसीको दूध खानुअगावै देउतालाई चढाउनु० गर्छन् । जसले गर्दा पशुलाई रोग लाग्दैन, बढ्दै जान्छ भन्ने जनविश्वास छ ।’ नारायणले भने ।

लाङ्गोमाडौँ (पिठातोली)

परापूर्वकालदेखि पुजिँदै आएको ‘लाङ्गो’ देउता चीन हुँदै भोट मानसरोवरबाट ल्याइएको हो । लाङ्गामाडौँ वर्षको दुई पटक भदौ र चैतको शुक्लपक्ष तिथिमा पुज्ने गरिन्छ । प्रायः मङ्गलबार र शनिबार पारेर पुजिने मन्दिर करिब तीन सय वर्षअघि भोटबाट ल्याइएको स्थानीयको बुझाइ छ ।

बाह्रौं शताब्दीतिर पिठातोलाका जोशीहरू बझाङकै भातेखोला हुँदै पिठातोलामा बसाइँ सरेर आएपछि त्यो ठाउँमा विभिन्न देउताको पूजाआजा गरिँदै आएको किंम्वदन्ती छ । करिब ‘तीन सय वर्ष’ पहिले ‘लाङ्गो’ देउता ‘खोलाबाडा’ टोलका जोशी परिवारकी हजुरआमा भोट भन्ने ठाउँबाट ‘गादो’ कपडामा बेरेर ल्याएको सिला (ढुङ्गा) पिठातोलामा देउता भन्दै पूजाआजा गरिँदै आएको पिठातोलाका लिलाराम जोशी बताउँछन् ।

‘त्यो देउता ल्याएपछि दोस्रो पटक भोट (तिब्बत नजिकैको ठाउँ) मा जाने बेला धामी, पुजारी तथा भरियाको टोलीसँग आधा बाटोमा पुगेपछि कुकुरको बच्चा देखा पर्छ र त्यसै टोलीसँग हिँड्न थाल्छ । त्यो कुकुरलाई आफूबाट छुटाउन भोट जाने टोलीले धेरै प्रयास गर्छ तर सक्दैन । अन्त्यमा, नौरा (बझाङ सदरमुकाम नजिकैको गाउँ) का स्थानीयलाई चार मोहोरमा बेच्छन् । त्यसपछि त्यो देउताले बेच्नेहरूलाई सराप दिएको हुँदा लाङ्गोलाई खुसी पार्न सधैँ पुजिँदै आएको हो’ स्थानीय लिलारामले भने ।

दुदिरमाडौँ

यो मन्दिरलाई ‘न्यायको मन्दिर’ को उपमा दिने गरिन्छ । दोषीलाई सजाय र निर्दोषलाई न्याय दिने मन्दिरको रुपमा दुदिरमाडौँलाई पुजिँदै आएको हो । परापूर्वकालमा अन्यायमा परेका न्यायका लागि अदालती प्रक्रियाजस्तै त्यो मन्दिरमा न्याय खोज्न जाने गर्थे । न्यायको पक्षमा ‘दुदिर’ ले फैसला गर्ने गरेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार दोषीले रातिको समयमा पुज्ने र निर्दोषले दिउँसो नै पुज्ने गर्छन् । यो मन्दिरमा पूजाआजा गर्न कुनै खास महिना–बार कुर्नु पर्दैन ।

दुदिर साविकको पाटादेवल गाविस–४ पुजारी गाउँ नजिकैको सिँडिगाडको दुदिरमाडौँबाट ल्याइएको हो । पिठातोलाका पुर्खाले त्यो ठाउँबाट आउँदा पाल्तो (पानी पर्दा पानी छेक्ने छाताजस्तै रुखको बोक्रा र निगालोबाट बनाइएको वस्तु) मा जुका आएको भन्दै त्यसलाई खोलामा फालेको र जुकोले दुदिरको रुपधारण गरी पिठातोला पुगेको स्व। लक्ष्मीकान्त जोशीले एउटा भिडियो वार्तामा भनेका थिए । उनीसँगको भिडियो वार्तामा भनिएको, ‘जुकोले तैँले मप्रति कुव्यवहार देखाइस्, तेरै छिमेकी भएर बस्छु, भनेर देवता आएको हो ।’

लाटामाडौँ

लाटामाडौँ मन्दिर खास गरी विवाह गरेर गएकी चेलीहरू पुग्ने गर्छन् । “यहाँ लाटो देउताबाट छोरीहरू टाढा हुँदा रिसाउने गर्छन् । त्यसलाई खुसी पार्नका लागि ठूलो खसीको बली चढाउनुपर्छ । त्यसपछि मात्र लाटो देउता खुसी हुन्छन्”, स्थानीय सत्यराज जोशी भने, ‘जबसम्म छोरी बहिनीहरूले लाटो देउतालाई खुसी पार्नुहुन्न, तबसम्म उहाँहरूको उन्नति हुँदैन भन्ने विश्वासका साथ पूजा आराधना गरिँदै आएको छ ।’

जानकारका अनुसार पिठातोलाबाट एक जना बिहे गरेर गएकी चेलीको घरमा जति लगानी गरे पनि बिग्रने, राम्रो गर्दा पनि नराम्रो हुने, रोगले ग्रसित भइरहने हुँदा आफ्नो नजिकको देउतालाई सोधेपछि लाटो देउता नपुजेको कारण देखाएको हुँदा त्यो समयदेखि नै लाटा मन्दिरको पूजा हुँदै आएको हो । त्यसपछिका चेलीलाई पनि सोही समस्या दोहोरिन थालेपछि लाटो देउताको पूजाआजाले निरन्तरता पाएको सत्यराज बताउँछन् ।

लाटामाडौँ मन्दिरमा रातिको समयमा मात्र पुज्ने गरिन्छ । पूजाआजा गर्ने बेलाका सामग्री पनि घरमा फिर्ता ल्याउन नपाइने र पूजामा पकाइएका परिकार र मासु पनि उतै खाइसक्नुपर्ने विश्वास सही आएको छ । खान नसकेर घर ल्याएमा देउता रिसाउने हुँदा उतै सक्नुपर्ने उनले बताए ।

पिठातोलामा माथि उल्लेख गरिएका मन्दिर मात्रै छैनन् । साना‑ठूला गरी अरू दर्जनौँ मन्दिर छन् । धार्मिक संस्कारअनुसार आस्थाका केन्द्र साना–ठूला मठमन्दिर टोलैपिच्छे भेटिन्छन् । धार्मिक गाउँको रुपमा चित्रण गरिएको पिठातोलामा बिहानको समयमा भजनकीर्तनले पुरै गाउँ गुञ्जायमान हुन्छ । बिहान ४ देखि ६ बजेसम्म आरती, शङ्खधुनलगायत पूजाआज प्रत्येक घरमा हुने गर्छ । धार्मिक संस्कारले बाँधिएको पिठातोला पुग्ने जो कोहीले पनि अनौठो महसुस गर्छन् ।

मन्दिरको नाममा लगानी गरेर आकर्षक बनाइएका मन्दिर भने छैनन् । स–साना मन्दिरमा त फूलपातीले सजाइएका छन् भने अलि ठूला मन्दिरमा जस्ता पाताले छाएको चन्द्रप्रकाश जोशीले बताए । उनले भने, ‘मठमन्दिर र पाटीपौवाले पिठातोलालाई शोभायमान बनाएको छ ।’ -राससबाट

Previous Post

एसपीहरूलाई गृहमन्त्रीले भने – जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिन्छ

Next Post

राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै

सम्बन्धित खबर

खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा
फिचर-ब्यानर

खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा

१४ बैशाख २०८३,
छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
फिचर-ब्यानर

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

१४ बैशाख २०८३,
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
फिचर-ब्यानर

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

१४ बैशाख २०८३,
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
फिचर-ब्यानर

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

१४ बैशाख २०८३,
टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम
फिचर-ब्यानर

टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

१४ बैशाख २०८३,
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
समाचार

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

१४ बैशाख २०८३,
Load More
Next Post
राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै

राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In