• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

    हर्क साम्पाङको फेसबुक ६ दिनपछि पुनः सक्रिय

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

    दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति

    विद्यार्थीलाई सार्वजनिक यातायात छुट नदिने यातायात व्यवसायी महासंघको घोषणा

    खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इमरान खानको पक्षमा आएको अनपेक्षित मतपछि पाकिस्तानमा अब के हुन्छ ?

by
२ फाल्गुन २०८०,
0
इमरान खानको पक्षमा आएको अनपेक्षित मतपछि पाकिस्तानमा अब के हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाकिस्तानमा तीव्र प्रतिस्पर्धात्मक चुनाव सकिएको चार दिन बितिसक्दा पनि पाकिस्तानी जनताले अझै पनि कुन पार्टीले अबको सरकार बनाउँछ र देशको नयाँ प्रधानमन्त्री को हुन्छ भन्ने स्पष्ट छैन।

पूर्व प्रधानमन्त्री समेत रहेका इमरान खानको पक्राउ र उनको तहरिक(ए(इन्साफ ९पीटीआई० पार्टीमाथि लगाइएका कैयौँ प्रतिबन्धबीच पनि उनले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले पाकिस्तानको आम निर्वाचनमा सबैभन्दा धेरै सीट जितेका छन्।

यो दल समर्थित स्वतन्त्र उम्मेदवारहरू ९३ क्षेत्रमा विजयी भए पनि त्यो सङ्ख्या पाकिस्तानमा नयाँ सरकार बनाउनका लागि पर्याप्त छैन।

कुल ३३६ सदस्य रहने न्यासनल असेम्ब्ली भनिने संसद्‌मा बहुमतका लागि १६९ सीट आवश्यक पर्छ।

पाकिस्तानको निर्वाचनमा दोस्रो ठूलो दल बनेको पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लिग ९नवाज० पीएमएल(एनले ७५ सीट ल्याएको छ। पाकिस्तानको सेनाले समर्थन गरेको भनिएका शरिफको दलले यो चुनाव जित्ने कैयौँले आकलन गरेका भए पनि त्यस्तो भएन।

पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपल्स पार्टी ९पीपीपी० ५४ सीट जितेर तेस्रो बनेको छ।

पाकिस्तानको संविधान अनुसार दलहरूले निर्वाचनको तीन साता अर्थात् फेब्रुअरी २९ भित्रमा सरकार बनाइसक्नुपर्छ।

न्यासनल असेम्ब्लीका ३३६ सीटमध्ये २६६ सदस्य प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था छ। बाँकी ७० सीट आरक्षित गरिएको छ।

जसमा ६० जना महिला र १० जना गैर मुस्लिम समुदायबाट छानिन्छन्। दलले प्रत्यक्ष निर्वाचनमा पाएको सीटका आधारमा आरक्षित सीटबाट निर्वाचित हुने सांसदहरूका लागि भाग पाउँछन्।

“निर्वाचनले कुनै एक दललाई बहुमत नदिएर खण्डित जनादेश दिएको छ। अब उनीहरूसामु एउटा साझा बिन्दुमा सहमति गर्ने वा गठबन्धनको सरकार बनाउने विकल्प छन्,” राजनीतिक विश्लेषक रफिउल्लाह काकरले इस्लामाबादबाट बीबीसी उर्दूसँग भनेका छन्।

निर्वाचनमा आफ्नो विजय भएको दाबी गरेका प्रमुख दुई दल पीटीआई र पीएमएल(एन मिलेर सरकार बनाउने सम्भावना देखिएको छैन। सरकार बनाउनेबारे अन्योल चलिरहँदा चुनावमा पराजित भएका स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै अदालतमा कैयौँ मुद्दा दर्ता गरेका छन्।

पीटीआईका कतिपय समर्थकहरूले देशको निर्वाचन आयोगका देशैभरिका कार्यालय बाहिर विरोध प्रदर्शन समेत गरेका छन्।

त्यसो भए अब के हुन्छ तरु

सम्भावित केही परिदृश्यबारे हामीले यहाँ चर्चा गरेका छौँ

शरिफ र भुट्टोको पार्टीबीच गठबन्धन

वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयकी प्राध्यापक समिना यास्मीनले बीबीसीको न्यूजडे कार्यक्रमसँगको कुराकानीमा नवाजको पीएमएल(एन, भुट्टोको पीपीपी र केही साना दल मिलेर सरकार बनाउनसक्ने सम्भावना औँल्याएकी छन्।

यी दुई वटा पार्टीले सन् २०२२ मा इमरान खानलाई प्रधानमन्त्रीबाट हटाउन गठबन्धन गरेका थिए। उनीहरूले पाकिस्तानमा गत अगस्टसम्म गठबन्धन सरकार पनि चलाए।

“उनीहरूबीच पनि मुख्य कुरा अबको प्रधानमन्त्री को हुने भन्ने हुनसक्छ र राष्ट्रपति सहित प्रदेश सरकारको शक्ति बाँडफाँटका विषय पनि छन्,” उनी थप्छिन्।

पीएमएल(एनले सामाजिक उदारवादी मानिएको मुत्ताहिदा कौमी मुभमेन्ट ९एमक्यूएम० सँग सहयात्राका लागि पहल गरिरहेको छ।

यो दलले १६ सीट जितेको छ। शरिफको दलले स्वतन्त्र जितेका सांसदहरूलाई पनि आफ्नो दलमा मिलाउने प्रयास गरिरहेको छ।

जरदारीलाई भेट्न पुगेका शरिफका भाई शाहबाज सहितका पीएमएल(एनका नेताहरूसँग आइतवार पीपीपीले आफूसँग भएका विकल्पबारे सोच्नका लागि समय लिइरहेको सङ्केत दिएको छ।

पीपीपी र खानको पीटीआईबीच गठबन्धन
खानको दलसँग सहकार्य हुनसक्छ भन्ने बीबीसी उर्दूको जिज्ञासामा पीपीपीका वरिष्ठ नेता शेरी रहमानले आफ्नो दल सबै राजनीतिक दलहरूसँग छलफलका लागि खुला रहेको बताएका छन्।

यद्यपि खानका मिडिया सल्लाहकार जुल्फी बुखारीले पीटीआई प्रतिपक्षमा बस्ने सम्भावना औँल्याएका छन्। उनले बहुमत नआएको अवस्थामा गठबन्धन सरकार निर्माण आफ्नो दलको प्राथमिकतामा नरहेको बताए।

उनको भनाई पार्टीका नेता खानका यसअघिका भनाइहरूसँग मेल खान्छ। अहिले १४ वर्षको जेल सजाय भुक्तान गरिरहेका खानले सन् २०१८ मा नै गठबन्धन सरकार कमजोर हुने र देशले सामना गरिरहेको सङ्कट पार लगाउनका लागि बलियो सरकार चाहिने बताएका थिए।

यद्यपि उनले एमक्यूएम जस्ता साना दलहरूसँग मिलेर गठबन्धन बनाए।

पीएमएल(एनको पीटीआई र अरू पार्टीसँग गठबन्धन

आफ्ना नेतालाई जेलमा थुनिएको, निर्वाचन चिन्ह खोसिएको र कैयौँ समर्थकहरूलाई पक्राउ गरिएको दलका लागि यस्तो गठबन्धन अस्वाभाविक लाग्नसक्छ। तर यस्तो अभूतपूर्व राजनीतिक परिस्थितिमा कुनै परिदृश्य पनि नकार्न सकिँदैन।

पीएमएल(एनका वरिष्ठ नेता आजम नजीर तरारले “सबै दल सहभागी भएर सरकार बनाउन” आह्वान गरेर पीटीआईसँग पनि मिलेर सरकार बनाउन सकिने सङ्केत गरिसकेका छन्।

“यसअघि इमरानलाई भोट नदिएका मानिसहरूले पनि अहिले उनी र उनको दललाई गत दुईवर्षमा सेनाले गरिरहेको व्यवहारका कारण उनीमाथि अन्याय भएको महसुस गरिरहेको जस्तो देखिन्छ,” जोर्जटाउन विश्वविद्यालयका उदय चन्द्रले बीबीसीसँग भने। “यो क्षेत्रभरि कायम रहेको प्रजातान्त्रिक निष्पक्षताको भावना उल्लङ्घन भएको देखिन्छ।”

मतदाताले स्वतन्त्र उम्मेदवारहरूलाई जिताएर “सेनालाई नागरिक प्रजातन्त्र हाबी हुनका लागि बाटो खुला गर्न” सन्देश दिएको उनी बताउँछन्।

पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरू साना पार्टीसँग मिल्ने
पीटीआईले समर्थन गरेका उम्मेदवारहरू कुनै साना पार्टीमा आबद्ध भएर गठबन्धन सरकार बनाउनसक्ने पनि अर्को विकल्प बाँकी छ। उनीहरूले आफ्नो सीट एकै ठाउँ बनाएको अवस्थामा महिलाका लागि छुट्याइएको ६० सीटको व्यवस्था अन्तर्गत ठूलो भागमा समेत दाबी गर्न सक्छन्।

हरेक राजनीतिक दलले आफ्नो ३।५ सीट बराबर महिलाका लागि आरक्षित एक सीट पाउँछ। तर कुनै पनि दलसँग आबद्ध नभएका स्वतन्त्र सांसदहरूले यसमा भागबन्डा पाउँदैनन्। उनीहरूले स्वतन्त्र नै रहने वा कुनै दल रोज्ने कुरा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ७२ घण्टासम्म निर्णय लिइसक्नुपर्छ।

लाहोर विश्वविद्यालयकी आस्मा फैज पीटीआईले गठबन्धन सरकार बनाउने “सम्भावना निकै कम रहेको” बताउँछिन्। साना दलहरूसँग गठबन्धन गरे पनि उक्त दलले बहुमतका लागि सीट जुटाउन कठिन देखिएको उनी ठान्छिन्।

“पीटीआईका लागि धेरै सांसद नभएको साना पार्टीहरूसँग सहकार्य गर्दा सङ्ख्यात्मक हिसाबले कुनै फाइदा हुँदैन, कुनै पार्टीका रूपमा टिक्नका लागि आवश्यक कानुनी आधार पूरा गर्ने बाहेक,” उनले भनिन्।बीबीसी

Previous Post

चुट्किलाः खलासीलाई खोजिरहेकी थियौ

Next Post

लघुकथाः रहस्य

सम्बन्धित खबर

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
समाचार

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

१० बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१० बैशाख २०८३,
सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’
समाचार

हर्क साम्पाङको फेसबुक ६ दिनपछि पुनः सक्रिय

१० बैशाख २०८३,
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

१० बैशाख २०८३,
दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति
फिचर-ब्यानर

विद्यार्थीलाई सार्वजनिक यातायात छुट नदिने यातायात व्यवसायी महासंघको घोषणा

१० बैशाख २०८३,
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
फिचर-ब्यानर

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

१० बैशाख २०८३,
Load More
Next Post
लघुकथाः प्रश्न

लघुकथाः रहस्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In