• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि

by
२६ माघ २०८०,
0
अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस । पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् ।

आँधीबेहरी, खडेरी र डढेलोका कारण जलवायु परिवर्तनले सन् २०२३ मा कीर्तिमानी तापक्रम वृद्धि गरेको छ, जसले गर्दा यो सम्भवतः एक लाख वर्षयताकै सबैभन्दा तातो वर्ष भएको छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस) ले सन् २०२३ को फेब्रुअरीदेखि सन् २०२४ को जनवरीसम्म १९औं शताब्दीको उच्च रेकर्डभन्दा १.५२ डिग्री सेल्सियस बढी तापक्रम वृद्धि भएको पुष्टि गरेको छ ।

यो पेरिस जलवायु सम्झौताको महत्त्वपूर्ण १.५ डिग्री सेल्सियसको ‘अधिकतम तापमान सीमा’को गम्भीर पूर्वाभास हो, तर यसले दशकौंसम्म मापन गरिने सीमाको स्थायी उल्लङ्घनको सङ्केत नगर्ने वैज्ञानिकहरूले बताएका छन् ।

‘पोट्सडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का जोहान रकस्ट्रोमले भन्नुभयो, “हामी १.५ डिग्री सेल्सियसमा छुँदैछौं र हामी लागत, सामाजिक लागत र आर्थिक लागत देख्छौं ।

“सन् २०२३ मा लामो समयसम्म तापक्रम १.५ डिग्री सेल्सियसभन्दा धेरै रहेको देखिएको छ र यसले हामीलाई गर्मीको लहर, खडेरी, बाढी, प्रबलित आँधीबेहरी, सम्पूर्ण विश्वमा पानीको अभावको सन्दर्भमा वास्तवमै नराम्रोसँग असर पुर्‍याउँछ । सन् २०२३ ले हामीलाई यही कुरा सिकाएको छ ।

हालैका महिनाहरूमा अमेजन क्षेत्रमा विनाशकारी खडेरी, दक्षिणी युरोपका केही भागहरूमा जाडोमा पनि तापक्रममा वृद्धि, दक्षिण अमेरिकामा घातक डढेलो र क्यालिफोर्नियामा उच्च वर्षाजस्ता पृथ्वीभरि चरम घटनाहरू भएका छन् ।

“यो स्पष्ट रूपमा मानवताका लागि चेतावनी हो । हामीले हस्ताक्षर गरेको १.५ डिग्री सेल्सियसको सीमामा हामी अपेक्षा गरेभन्दा बढी गतिमा अघि बढिरहेका छौं”, रकस्ट्रोमले एएफपीसँग भन्नुभयो, “यद्यपि, एल निनो समाप्त भएपछि तापक्रम केही घट्नेछ ।”

कोपर्निकसका अनुसार सन् १८५० देखि १९०० सम्मको जनवरीको औसतको अनुमानभन्दा १.६६ डिग्री सेल्सियस बढी तापक्रम रेकर्ड भएको उच्च मासिक तापक्रमको लगातार यो आठौं महिना हो ।

“सन् २०२४ को सुरुवात अर्को रेकर्ड तोड्ने महिनाको साथ भएको छ । यो रेकर्डमा सबैभन्दा न्यानो जनवरी मात्र होइन तर हामीले पूर्व–औद्योगिक सन्दर्भ अवधिभन्दा १.५ डिग्री सेल्सियस भन्दा बढीको १२ महिनाको अवधि पनि अनुभव गरेका छौं,” सीथ्रीएसका उपनिर्देशक सामन्था बर्गेसले भन्नुभयो ।

मुख्यतया जीवाश्म ईन्धनको जलनबाट हालैका वर्षहरूमा ग्रह–ताप उत्सर्जन वृद्धि भइरहेको छ । यो दशकमा तापक्रम लगभग आधाले घट्न आवश्यक छ । संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समिति ९आईपीसिसि०ले विश्व ३० को दशकको सुरुमा १.५ डिग्री सेल्सियसको तापक्रमले निकै प्रभावित बन्नेछ चेतावनी दिएको छ ।

इम्पेरियल कलेज लण्डनस्थित जलवायु विज्ञान र नीतिका प्राध्यापक जोरी रोगेल्जले एएफपीसँग भन्नुभयो, “धेरै तातो वर्षहरूको उत्तराधिकार प्रकृति र मानिसहरू दुवैका लागि नराम्रो समाचार हो जसले यी चरम वर्षहरूको प्रभाव महसुस गरिरहेका छन् ।”

उहाँले भन्नुभयो, “यदि विश्वव्यापी उत्सर्जनलाई तत्काल शून्यमा झारिएन भने विश्वले चाँडै नै पेरिस जलवायु सम्झौतामा निर्धारित सुरक्षा सीमाहरू पार गर्नेछ ।”

कोपर्निकसका अनुसार जनवरीमा उत्तर–पश्चिमी अफ्रिका, मध्यपूर्व र मध्य एसियाका साथै पूर्वी क्यानडा र दक्षिणी युरोपमा तापक्रम औसतभन्दा निकै माथि थियो ।

तर उत्तरी युरोप, पश्चिमी क्यानडा र संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा तापक्रम औसतभन्दा कम देखिएको थियो ।

संसारका केही भागहरूमा जनवरीमा असामान्य रूपमा वर्षाको अनुभव गरिरहँदा उत्तरी अमेरिका, हर्न अफ अफ्रिका र अरब प्रायद्वीपको अधिकांश भाग सुख्खा भएको थियो ।

गर्मी र खडेरीसँग जुधिरहेको चिलीमा सुख्खा मौसमका कारण लागेको डढेलो नियन्त्रणमा नआएको र अझै पनि खतरा कायम रहेको उहाँले बताउनुभयो ।

यो अवस्था फेब्रुअरीसम्म पनि जारी रहेको छ र शुक्रबारदेखि सुरु भएको डढेलोले तटीय भाल्पाराइसो क्षेत्रको छेउछाउमा व्यापक क्षति पुगेको छ । यहाँ डढेलोका कारण १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोपर्निकसका अनुसार दक्षिणी प्रशान्त महासागरको समुद्री सतहलाई तातो बनाउने एल निनो विषुवतीय प्रशान्त क्षेत्रमा कमजोर हुन थालेको छ ।

यसैबीच, समुद्री सतहको तापक्रमले पनि रेकर्ड तोड्ने क्रम जारी राखेको छ । रकस्ट्रोमले भन्नुभयो, “सन् २०२३ यस्तो वर्ष हो, जहाँ समुद्रको गतिशीलता निकै कमजोर भएको छ ।”

महासागरले ग्रहको ७० प्रतिशत भाग ओगटेको छ र औद्योगिक युगको सुरुवातदेखि नै मानव गतिविधिबाट कार्बन प्रदूषणबाट उत्पन्न अतिरिक्त तापको ९० प्रतिशत अवशोषित गरेर पृथ्वीको सतहलाई जीवित राखेको छ ।

Previous Post

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

Next Post

नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

सम्बन्धित खबर

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण
समाचार

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

३ जेष्ठ २०८३,
चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ
फिचर-ब्यानर

चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

३ जेष्ठ २०८३,
महाभारतमा सात हजार कफीका बिरुवा वितरण
आर्थिक

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

३ जेष्ठ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

३ जेष्ठ २०८३,
भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव
फिचर-ब्यानर

भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

३ जेष्ठ २०८३,
चार दिनमा १६९ तीर्थालु भित्रिए
आर्थिक

चार दिनमा १६९ तीर्थालु भित्रिए

३ जेष्ठ २०८३,
Load More
Next Post
नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In