• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपल्लो डोल्पाः भरपूर सम्भावना भएर पनि पछि पारिएको क्षेत्र

by
२४ माघ २०८०,
0
उपल्लो डोल्पाः भरपूर सम्भावना भएर पनि पछि पारिएको क्षेत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । उपल्लो डोल्पामा संघीय संरचनामा देश नजाँदै खासै चर्चामा आउने गरेको थिएन । माथिल्लो भेग भएकाले चिनको सिमानासँगै भाषागत समस्याले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरु सबैसँग मिल्ने अवस्था थिएन ।

संघीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले उपल्लो डोल्पालाई अन्य ठाउँसँग जोडने काम गरेको छ । फोन सेवा, इन्टरनेट, सडक निर्माण, खानेपानी, सौर्य मिनिग्रेट विद्युत उत्पादन शिक्षालाई महत्व दिँदा अहिले उपल्लो डोल्पा राज्यको नीति निर्माण तहमा बस्नेसँग प्रश्न गर्ने हैसियत बनाएको छ ।

डोल्पोबुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाको सिमाना ‘सिमेन’देखि गाउँपालिका केन्द्र साल्दाङ सम्म एक खण्ड र साल्दाङ देखि काराङ गाउँसम्मको अर्को खण्ड दुई खण्डमा सडक निर्माण भएसँगै यहाँका सर्बसाधारणहरु खुसी भएका छन् ।

तत्कालिन जिल्ला विकास समितिले बिनियोजन गरेको रकमले उपल्लो डोल्पालाई सम्वोधन नगरेको तितो यर्थाथ यहाँका स्थानीयबासीहरु बताउँछन । अहिले आफ्नो पालिकामा आफैँ बजेट निर्माण, समस्या पहिचानदेखि समाधान सम्म हुँदा आफूहरुलाई संघीयता बरदान साबित भएको गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए ।

त्यस्तै सिंचाई योजनाहरू निर्माणको क्रम जारी छ । त्यस्तै विभिन्न स्वास्थ्य संस्था भवन, विद्यालय भवन, झोलुंगे पुल, ट्रस ब्रिज, गोरेटो बाटो, घोडेटो बाटो, पर्यटन पदमार्ग लगायतका पूर्वाधारहरू निर्माण भएको उनले बताए ।

भूगोल अत्यन्तै कठिन छ। सदरमुकामबाट पालिका केन्द्र पुग्ने सडक संजाल छैन । पैदल हिड्नुपर्ने बाध्यता छ । पालिका केन्द्र पुग्न सदरमुकामबाट ४ देखि ५ दिनको पैदल यात्रा गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले बताए ।

टाढाका बस्तहरु भएका कारण सबै ठाउँमा सेवा प्रवाहमा समस्य हुँदै आएको उनले बताए । अधिकृत ढकालले भने,‘कतिपय वडाहरूमा एक वडा बाट अर्को वडासम्म पुग्न २ दिन सम्म पनि लाग्ने अवस्था छ । कठिन, भिरालो भूगोल तथा अप्ठ्यारा भिरहरूले गर्दा सडक निर्माणमा, खानेपानी तथा सिंचाई पूर्वाधार निर्माणमा समस्या छ। ठूलो मात्रामा लगानी लाग्ने र गाउँपालिकासँग आन्तरिक स्रोत कमजोर भएकाले त्यस्ता ठूला विकास निर्माणका कार्यहरू गर्न सकिएको छैन ।’

गाउँपालिकाको ८ र ९ बाहेक अन्य वडाका भू-भागहरु ३८००/४००० मीटरभन्दा माथिको रहेका कारण भारी मात्रामा चिसो हुने गर्दछ । प्रायाःजसो कार्तिक महिनाको अन्तिम तिरबाट हिमपात सु रु हुन्छ। यो हिमपातको क्रम फागुन महिनाको अन्तिमसम्म जारी रहने हुँदा काम गर्न मुस्किल हुने गरेको हो । भौगोलिक विकटताले फिल्डमा ओहोरदोहोर गर्न भने साह्रै सकस हुने गरेका कर्मचारीहरु बताउँछन् । एक वडा बाट अर्को वडासम्म जान २–३ दिनसम्म लाग्ने ठाउँहरू रहेको बताएको छ ।

गाउँपालिकाको सबै वडाहरूमा स्वास्थ्य संस्था अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकी/इकाइ/सेवा केन्द्र हरुको विकास नहुँदा समस्य भएको छ । हाल भूगोल र जनसंख्यालाई मध्येनगर गर्दै विभिन्न समुदायहरूको पायक पर्ने स्थानमा ३ वडा स्वास्थ्य चौकी संचालित छन् । अन्य स्वास्थ्य संस्थाहरू निर्माणका क्रममा छन्। गाउँपालिकाको ५ सैया अस्पताल निर्माणको योजना स्विकृत भई जग्गा प्राप्ति भईसकेको भएपनि स्रोत सुनिश्चितता नभएका कारण काम अगाडि बढन सकेको छैन । दुर्गम क्षेत्रको स्वास्थ्य सेवाको विषय अत्यन्तै संवेदनशील रहेकोले यसमा सरकारले उचित ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

पालिकाको चालु आर्थिक वर्षको कुल बजेट अनुमान करिब ३५ करोड रहेको छ । सडक संजालको लागि पालिकाको यो बजेट सामान्य केही अंश मात्र रहेको छ । भौगोलिक विकटताले गर्दा साना(साना विकासका योजनाहरूमा पनि ठूलो धनराशी खर्च हुने गरेको बताएको छ ।

विकास गर्नुपर्ने क्षेत्रहरू बहुआयामिक भएपनि स्रोतको अभावले सबै काम गर्न नसकिएको अधिकृत ढकालले बताए । सडक, भवन, कृषि तथा पशु क्षेत्र विकासका कार्यक्रम, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, उद्योग, पर्यटन पूर्वाधार, क्षमता विकासका कार्यक्रम, स्वास्थ्य, पोषण लगायतका सम्पूर्ण बहुआयामिक क्षेत्रहरूको विकासका लागि हाल विनियोजित हुने गरेको बजेट धेरै नै अपर्याप्त रहेको उनको भनाइ छ । अहिले सबै शीर्षकमा सानो सानो बजेट अंक वितरण हुने गरेको छ। पालिकाको आन्तरिक स्रोत कमजोर रहेकोले केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत अत्यन्तै न्यून हुँदा काम गर्न गाह्रो हुने गरेको उनको भनाइ छ ।

केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गर्दा सुगम र दुर्गमको ख्याल नगरी सबै क्षेत्रलाई समान रुपमा हेरी बजेट विनियोजन हुँदा डोल्पामा मारमा परेको छ । सुगममा १ करोडमा लागत इस्टिमेट भएको कार्यको यहाँको लागत स्टिमेट ३÷४ करोडसम्म हुने गर्दछ ।

यहाँको मूख्य सम्भावनाको केन्द्रबिन्दु भनेको प्रशिद्ध फोक्सुण्डो ताल रहेको छ । ताललाई कर्णालीको मूख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकियो भने यसले राम्रो फाइदा हुने देखिन्छ । एकातिर ठूलो सँख्यामा पर्यटकहरु भित्रन्छन् अर्को तिर त्यस फोक्सुण्डो क्षेत्रका होटेल व्यवसायहरु फस्टाउँछन्, रोजगारी बढ्छ, सँग सँगै स्थानीय उत्पादनले बजार समेत पाउँछ अधिकृत ढकालको भनाइ छ ।

अर्को पर्यटनको गन्तव्य भनेको शे गुम्बा हो। प्रत्येक १२ बर्षमा शे–मेला लाग्छ। धार्मिक पर्यटनको हिसाबले यो उच्च सम्भावना बोकेको सम्पदा हो। त्यस्तै थासुङ छोलुङ गुम्बा, चार ताल, सुलिगाड झरना लगायत थुप्रै प्राकृतिक तथा धार्मिक सम्पदाहरु समेतले पर्यटकीय सम्भावना बोकेका स्थलहरु रहेका छन् ।

यहाँको अर्को सम्भावनाको क्षेत्र भनेको पशुपालन हो। यो क्षेत्र भेडा, च्याङ्ग्रा र चौरीको लागि उपयुक्त छ। पशुहरुको पालनलाई व्यवसायीक बनाउने, छुट्टा छुट्टै पकेट क्षेत्र निर्धारण गरि सरकारी तथा गैह्रसरकारी क्षेत्रसमेतबाट लगानी केन्द्रित गरेर स्थानीयलाई पशुपालनमा प्रोत्साहन दिने हो भने ठूलो मात्रामा अर्थोपार्जन गर्ने माध्यम बन्ने कुरामा शंका नरहेको जानकारहरु बताउँछन् ।

त्यस्तै जडिबुटी लाई अर्को मूख्य सम्भावनाको क्षेत्र रहेको छ । यार्चागुम्बा संकलन र बिक्रीवितरण यहाँका जनताको मूख्य आयास्रोत रहेको गाउँपालिकाले जनाएको छ । यार्चागुम्बाको घरेलु खेतीको समेत सम्भाव्यतालाई अगाडी बढाएर आधुनिक उन्नत प्रबिधि र उत्पादन बिधिको विकासबाट घरेलु रुपमा खेती गरियो भने आर्थिक लाभ हुने सम्भावना रहेको छ ।

गाउँपालिका प्रवेश गर्दा ४००० मिटरभन्दा माथिका धेरै जसो हिमालहरू पार गर्दै पैदल यात्रा गर्नुपर्ने यहाँको बाध्यता रहेको छ । हाइ अल्टिच्यूड सिकनेसको जोखिम रहेको छ । संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, विशेष र समानिकरण अनुदान बाट धेरै काम हुने गर्दछ ।

चिसो हिमपातका कारण चैत्रको अन्ततिर गएर मात्रै पुनः विकासका कार्यहरू सुचारु हुने भएकाले समयावधि ५ महिनाको हुने गरेको गाउँपलिकाका अध्यक्षले बताए । संघ र प्रदेशबाट प्राप्त भएको सशर्त÷ विशेप÷समपुरक अनुदान असार मसान्त सम्म खर्च गर्न समेत मुस्किल हुँदै आएको उनको भनाइ छ ।

शे–फोक्सुण्डो गाउँपालिका जस्ता उच्च हिमाली क्षेत्रका स्थानीय तहहरूको लागि आर्थिक वर्ष पुसदेखि मंसिर मसान्तसम्मको अवधिलाई निर्धारण गरिनुपर्नेमा यहाँका जनप्रतिनिधिको जोड रहँदै आएको छ ।

Previous Post

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली

Next Post

मःम बारेका ५ तथ्यः तपाईंलाई अचम्म लाग्न सक्छ

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
मःम खाएर पनि घटाउन सकिन्छ तौल !

मःम बारेका ५ तथ्यः तपाईंलाई अचम्म लाग्न सक्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In