• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पाकिस्तानमा नवाज शरिफ के फेरि प्रधानमन्त्री बन्न लागेका हुन् ?

by
२४ माघ २०८०,
0
पाकिस्तानमा नवाज शरिफ के फेरि प्रधानमन्त्री बन्न लागेका हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानमा विगतमा तीन पटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफ गत वर्ष स्वैच्छिक निर्वासन टुङ्ग्याउँदै स्वदेश फर्किए। उनलाई फेब्रुअरी ८ मा हुने निर्वाचन जित्न सक्ने बलियो उम्मेदवार मानिएको छ।

विगत तीन दशकमा उनी पाकिस्तानको राजनीतिमा अधिकांश समय प्रभावशाली बने। तर उनी फेरि सत्तामा फर्किन सक्ने अनुमान कमै व्यक्तिले गरेका थिए होलान्।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएपछि उनले पद गुमाएका थिए। त्यसअघि उनलाई सेनाले अपदस्थ गरेको थियो।

पाकिस्तानमा लामो समयसम्म उनलाई शक्तिशाली सेनाको विपक्षीका रूपमा हेरिएको थियो। अहिले उनी राजनीतिक पुनरागमनको सँघारमा भए जस्तो देखिन्छ। आफ्नो पुनरागमन शरिफका लागि नाटकीय उपलब्धि हुने छ।

“उनी निकै लोकप्रिय भएर हैन, सही तरिकाले राजनीतिक चाल चलेका कारण भावी प्रधानमन्त्रीको प्रबल दाबेदार बनेका हुन्,” अमेरिकी थिङ्कट्याङ्क ‘विल्सन सेन्टर’का दक्षिण एशिया निर्देशक माइकल कुगल्मनले भने।

शरिफका कट्टर प्रतिद्वन्द्वी तथा विगतमा सेनाको साथ पाएका पूर्वप्रधानमन्त्री इमरान खान अहिले जेलमा छन् । खानको लोकप्रिय पार्टीमाथि देशभरि प्रतिबन्ध लगाइएको छ।

नवाज शरिफः सत्ता, जेल र निर्वासन
शरिफलाई “पुनरागमनका राजा” भन्न सकिन्छ। पहिला पनि उनी राजनीतिमा फर्किएका थिए।

आफ्नो दोस्रो कार्यकालमा सन् १९९९ मा उनी सैन्य कूका कारण सत्ताबाट बाहिरिएका थिए। तर सन् २०१३ को निर्वाचनमार्फत् फेरि तेस्रो पटक प्रधानमन्त्री बन्दै शक्तिमा फर्किए।

पाकिस्तानका लागि त्यो एउटा ऐतिहासिक क्षण थियो किनभने सन् १९४७ मा स्वतन्त्र भएयता त्यहाँ प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित कुनै सरकारले त्यस्तै अर्को सरकारलाई सत्ता हस्तान्तरण गरेको त्यो नै पहिलो पटक थियो।

तर शरिफको तेस्रो कार्यकाल निकै कठिन थियो। राजधानी इस्लामाबादमा विपक्षी दलले छ महिना गरेको नाकाबन्दीदेखि भ्रष्टाचारको अभियोगसम्म उनले थुप्रै चुनौती सामना गर्नुपर्‍यो।

भ्रष्टाचार अभियोगमा अन्ततः सन् २०१७ को जुलाई महिनामा सर्वोच्च अदालतले उनलाई अयोग्य ठहर गरिदियो र उनले त्यसलगत्तै राजीनामा दिए।

सन् २०१८ को जुलाई महिनामा उनलाई अर्को अदालतले भ्रष्टाचारमा दोषी ठहर गर्‍यो र १० वर्षको जेल सजाय सुनायो। तर दुई महिनापछि अदालतले अन्तिम निर्णय नभएसम्मका लागि सजाय निलम्बन गरेपछि उनलाई रिहा गरियो ।

सन् २०१८ को डिसेम्बरमा उनी फेरि भ्रष्टाचार मुद्दामा जेल गए। साउदी अरबमा उनको परिवारको स्वामित्वमा रहेका स्टील मिलसँग सम्बन्धित मुद्दामा उनी दोषी ठहर भए।

त्यसपछि उनले ब्रिटेनमा उपचार गर्न जानुपरेको भन्दै धरौटीमा छुट्ने प्रयास गरे। सन् २०१९ मा उनी धरौटीमा निस्किएर लन्डन गए।

त्यहाँ उनी चार वर्षसम्म एउटा विलासी फ्ल्याटमा बसे। उनी गत अक्टोबरमा मात्र पाकिस्तान फर्किएका हुन्।

आफू सशरीर उपस्थित नहुँदा पनि उनी विगत ३५ वर्षदेखि पाकिस्तानका अग्रणी नेतामध्ये एक हुन्।

जेनरल जिया उल(हकका चेला
नवाज शरिफ सन् १९४९ मा लाहोरमा एक प्रख्यात उद्योगपतिको परिवारमा जन्मिएका थिए। एउटा सहरी निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै उनी राजनीतिमा स्थापित भएका हुन्।

शरिफलाई सन् १९७७ देखि १९८८ सम्म पाकिस्तानमा शासन गरेका सैन्य नेता जेनरल जिया उल(हकबाट कृपादृष्टिप्राप्त चेला मानिन्छ। विदेशमा शरिफलाई सन् १९९८ मा पाकिस्तानमा पहिलो आणविक परीक्षणको आदेश दिने नेताका रूपमा चिनिन्छ।

जेनरल जियाको सैन्य कानुन लागु गरेपछिका प्रारम्भिक दिनमा शरिफ पहिलो पटक राष्ट्रिय राजनीतिमा चर्चामा आए। उनी सन् १९८५ देखि सन् १९९० सम्म पञ्जाब प्रान्तको अर्थमन्त्री र त्यसपछि मुख्यमन्त्री बनेका थिए।

त्यस अवधिमा उनी प्रभावशाली राजनीतिक व्यक्तित्वभन्दा पनि कुशल प्रशासकको रूपमा चिनिए।

उनी सन् १९९० मा प्रधानमन्त्री बने। तर सन् १९९३ मा उनको सरकारलाई बर्खास्त गरियो र तात्कालिक विपक्षी नेत्री बेनजिर भुट्टोले सरकार बनाइन्।

शरिफ ‘इत्तेफाक’ नामक स्टील मिल समूहका मालिक हुन्। उनी पाकिस्तानकै धनी उद्योगपतिमध्ये पर्छन्।

सैन्य कू र मुद्दा
शरिफ सन् १९९७ मा सजिलै बहुमत प्राप्त गरेर फेरि प्रधानमन्त्री बने। देशमा सेनाबाहेक सबै संस्थाहरूमा उनको बलियो पकड बन्यो।

संसद्‌मा विपक्षीहरूबाट दिक्क भएर उनले शरिया कानुन लागु गर्न आफूले अधिकार पाउने गरी शरिरफले संविधानमा संशोधन गर्ने प्रयास गरे। उनले अन्य दुई शक्तिकेन्द्रसँग सङ्घर्ष गरे। उनका समर्थकहरूले सर्वोच्च अदालतमा तोडफोड गरे र उनले पाकिस्तानको शक्तिशाली सेनामाथि अङ्कुश लगाउने प्रयास गरे।

तात्कालिक सेना प्रमुख परवेज मुशर्रफले शरिफलाई सन् १९९९ मा पदच्युत गरिदिएपछि पाकिस्तानमा सेनाको प्रभाव सीमित पार्ने प्रयास कति खतरनाक कुरा हो भन्ने देखियो।

शरिफ पक्राउ परे र जेल गए। उनलाई अपहरण र आतङ्कवादसँग सम्बन्धित अभियोगमा जन्मकैद सुनाइयो। उनी भ्रष्टाचारमा दोषी ठहरिए र उनलाई आजीवन राजनीतिक गतिविधि गर्न रोक लगाइयो।

तर साउदीहरूले मध्यस्थता गरेको भनिएको एउटा सम्झौताले उनी र उनको परिवारका सदस्यलाई जेल जान जोगायो। सो सम्झौताअनुसार शरिफ र उनको परिवारका ४० सदस्य १० वर्षका लागि निर्वासनमा गएको ठानिन्छ।

बीबीसीका तात्कालिक इस्लामाबाद संवाददाता ओवन बेनटका अनुसार शरिफ सत्ताबाट हट्दा धेरै पाकिस्तानीहरूले उनी भ्रष्ट, अक्षम र सत्तामोह भएका व्यक्ति भनी ठूलो राहत महसुस गरेका थिए।

भ्रष्टाचार गरेको आरोप
तर सन् २००७ मा सैन्य शासकहरूसँग एक सम्झौता गरी उनी भव्य रूपमा पाकिस्तान फर्के। स्वदेश फर्किएपछि उनी धैर्यपूर्वक प्रतिपक्षमा बसे। सन् २००८ को निर्वाचनमा उनको पीएमएल-एन पार्टीले पाकिस्तानको संसद्‌मा झन्डै एकचौथाइ सीट जित्यो।

सन् २०१३ मा पनि उनले अनुमान गरेभन्दा ठूलो मतान्तरले चुनाव जिते। उनले राजनीतिक रूपमा महत्त्वपूर्ण पञ्जाब प्रान्तमा भूतपूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टीले दिएको कडा चुनौती सामना गरे।

तर सत्तामा आएपछि शरिफले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै खानको पीटीआई पार्टीले इस्लामाबादमा छ महिनासम्म अवरोध गर्‍यो। त्यस बेला सार्वजनिक वृत्तमा त्यस्तो अवरोध सेनाको इन्टर सर्भिसेज इन्टेलिजन्स ९आईएसआई० का केही अधिकारीहरूको उक्साहटमा गरिएको चर्चा चलेको थियो ।

विश्लेषकहरूका अनुसार सेनाले शरिफलाई त्यसरी दबाव दिन खोजेको थियो। सैन्य संस्थापनले शरिफलाई भारतसँग व्यापारिक सम्बन्ध विस्तारको प्रक्रिया अगाडि बढाउन रोक्न खोजेको मानिन्छ।

शरिफले आफ्नो तेस्रो कार्यकालमा नयाँ पूर्वाधार विकास गरी र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाई पाकिस्तानलाई “एशियाको बाघ” बनाउने वाचा गरेका थिए। तर समस्याहरू बढ्दै गए।

उनको कार्यकालमा सुरु भएको बहुचर्चित चीन(पाकिस्तान आर्थिक कोरिडोर देशको कमजोर अर्थतन्त्रको कारण अड्किएको छ। झन्डै ५६ अर्ब अमेरिकी डलर लागतको उक्त परियोजनामा खासै ठूलो प्रगित हुन सकेको छैन।

सन् २०१६ को प्यानमा पेपर्स प्रकरणमा नाम मुछिएपछि उनीमाथि सर्वोच्च अदालतले छानबिन सुरु गर्‍यो। उनको परिवारले लन्डनमा केही अपार्टमन्ट किन्दा गरेको कारोबार र उनको सम्पत्तिबारे प्रश्न उठ्यो। शरिफले भने सबै आरोप अस्वीकार गर्दै ती सबै राजनीतिक रूपमा प्रेरित रहेको दाबी गरे।

सन् २०१८ जुलाई ६ मा पाकिस्तानको एउटा अदालतले उनलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्‍यो र १० वर्षको जेल सजाय सुनायो।

सजाय सुनाउँदा शरिफ भने लन्डनमा थिए। त्यहाँ उनकी पत्नीको उपचार भइरहेको थियो ।

सोही मुद्दामा शरिफका छोरी र ज्वाइँलाई पनि दोषी ठहर गरिएको थियो।

फेरि अर्को अवसर
इमरान खान प्रधानमन्त्री पदमा रहुन्जेल शरिफ लन्डनमै बसे।

खानको कार्यकाल पनि विवादरहित बन्न सकेन र उनको सेनासँगको सम्बन्ध बिग्रिँदै गयो ।

सन् २०२२ मा संसद्‌बाट खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएपछि उनको सरकार ढल्यो र नवाफ शरिफका भाइ शहबाज शरिफको नेतृत्वमा नयाँ सरकार बन्यो।

सन् २०२३ अक्टोबरमा शरिफ पाकिस्तान फर्किए। अहिले उनीविरुद्ध लागेका मुद्दाहरू सेलाइसकेका छन् र हिजो उनलाई पदबाट हटाएको सेनाले नै आज उनलाई स्वीकारेको जस्तो देखिन्छ।

इमरानको पतनसँगै पाकिस्तान फर्किएपछि शरिफ राजनीतिक गतिविधिमा व्यस्त छन्। आसन्न निर्वाचनमा उनको पार्टीले जितेमा उनलाई सरकारको नेतृत्व गर्ने बाटो खुल्ने छ।

तर उनको जित निश्चित भने छैन। धेरैले शरिफ र उनको पार्टीलाई पाकिस्तानलाई आर्थिक सङ्कटमा पारेको दोष दिन्छन् र विगतका भ्रष्टाचारको आरोपले उनको लोकप्रियता निकै घटेको छ।

“उनीहरूले चुनाव त जित्लान् तर शरिफले पहिला एक पटक ल्याएको बेलाबाहेक पाकिस्तानको निर्वाचनमा कुनै पार्टीले एकल बहुमत ल्याएको छैन,” च्याटम हाउससँग आबद्ध डा फरजाना शेखले भनिन्।

“सबै कुराले उनी प्रधानमन्त्री वा सबैभन्दा ठूलो दलको नेताको रूपमा राजनीतिमा आउने सङ्केत गर्दै छन्। तर बहुमतको अवस्था भने कस्तो हुन्छ भन्ने अनिश्चित नै छ,” उनले भनिन्।

नवाफ शरिफ चौथो पटक प्रधानमन्त्री बन्लान् तरु
पाकिस्तानको राजनीतिमा अहिले अस्थिरता छ। वर्तमान अवस्थामा शरिफले आफूलाई तीन कार्यकाल प्रधानमन्त्री भइसकेको अनुभवी नेताका रूपमा प्रस्तुत गरेका छन्। उनले देशको अर्थतन्त्र सुधार्ने र देशलाई सही बाटोमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

“उनका समर्थकहरूले शरिफको अनुभव र स्थिरताप्रतिको प्रतिबद्धताका कारण मत आउने र सेनालाई आफूसँग वा कम्तीमा आफ्नो पार्टीसँग सजिलो पार्ने आशा राखेका छन्,” कुगल्मनले भने।

तर विश्लेषकहरू भने ढुक्क छैनन्। किनभने शरिफका सामु थुप्रै चुनौती छन्। देशको अर्थतन्त्र सङ्कटमा छ र त्यसका लागि धेरैले उनकै पार्टीलाई दोष दिएका छन्। साथै उनको मुख्य प्रतिद्वन्द्वी नै जेलमा रहेकाले निर्वाचन निष्पक्ष हुनेमा आशङ्का छ।

“उनी सङ्घर्ष गरिरहेका छन्। उनका भाइले नेतृत्व गरेको पार्टी यसअघिको गठबन्धन सरकारमा ठूलो साझेदार थियो। त्यसले एकपछि अर्को आर्थिक नीतिहरू लागु पर्नुपर्‍यो र त्यसबाट ठूलो हानि पुगेको छ,” डा शेखले भनिन्।

“शरिफ र उनको पार्टीलाई देशमा विद्यमान सङ्कटका लागि हैन भने पनि आर्थिक दुरवस्थाका लागि दोषी मानिन्छ।”

फेरि पाकिस्तानको सत्ता र शासनमा सेनाको ठूलो प्रभाव छ।

विदेशमा हुँदा शरिफ बेलाबेला सेनाविरुद्ध बोलिरहन्थे।

देशमा व्याप्त अस्थिरताका लागि विशेष गरी गुप्तचर निकाय आईएसआईका पूर्वप्रमुख तथा पूर्वसेनापतिलाई उनी दोष लगाउँथे। तर उनीहरूले त्यस्तो आरोपको खण्डन गरेका छन्।

शरिफ न्यायपालिकाको पनि कडा आलोचना गर्दै आएका थिए। न्यायाधीशहरूले मिलेमतो गरेको र आफूलाई “झुटो मुद्दा”मा फसाइएको उनको दाबी थियो। त्यसैले पाकिस्तानमा प्रजातन्त्र कमजोर बनेको र कुनै प्रधानमन्त्रीले पनि कार्यकाल पूरा गर्न नपाएको उनको धारणा थियो।

सेनाले भने नवाज शरिफ वा इमरान खान वा अन्य कुनै नेताको विषयमा केही टिप्पणी गरेको छैन। सेनाको आधिकारिक भनाइ “आफू राजनीतिमा संलग्न नहुने” भन्ने छ ।

तर बाहिरबाट हेर्दा शरिफले सेनासँग कुनै न कुनै सम्झौता गरेको जस्तो विश्लेषकहरू ठान्छन्।

“उनले स्वदेश फर्किएपछि धेरै कानुनी सहुलियत पाएको तथ्यले उनलाई न्यायपालिकामा ठूलो प्रभाव राख्ने सेनाबाट कृपादृष्टि पाएको सङ्केत गर्छ,” कुगल्मनले भने।

त्यसलाई उनी शरिफको सफलतामा देखिएको “ठूलो विरोधाभास” मान्छन्।

“पाकिस्तानमा तपाईँ नेता हुनुहुन्छ र तपाईँलाई सघाउन सेना छ भने चुनावमा तपाईँको सफलताको सम्भावना अझ बढी हुन्छ,” उनले भने।बीबीसी

Previous Post

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

Next Post

क्लोज अप नेपालद्वारा नजिक आउ डिजिटल अभियानको निरन्तरता

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
क्लोज अप नेपालद्वारा नजिक आउ डिजिटल अभियानको निरन्तरता

क्लोज अप नेपालद्वारा नजिक आउ डिजिटल अभियानको निरन्तरता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In