• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

by
२३ माघ २०८०,
0
धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी दिए । नेपाली भूमिबाट आश्रम पुग्न सडक सञ्जाल निर्माण नभएको अवस्थामा समेत दर्शनार्थीको राम्रो उपस्थिति हुने गरेको जनाउँदै उनले स्थालमार्गबाट नेपालसँगै जोड्न सकेमा अझै आकर्षक गन्तव्य बन्ने बताए । ‘नवलपुरको त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आउनसक्यो भने त्रिवेणी आएका धेरै तीर्थयात्री यहाँ आउनुहुन्छ’, उनले भने, ‘झोलुङ्गे पुल तरेपछि करिब एक घण्टाको पैदलयात्रापछि यहाँ आउन सकिन्छ । तर पुल सञ्चालनमा छैन ।’

अहिले वाल्मीकि आश्रम पुग्ने तीर्थयात्री त्रिवेणीधामबाट काठको डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आउने गरेका छन् भने केही तीर्थयात्री भारतीय भूमि प्रयोग गरेरसमेत आउने गरेका छन् । ‘द्दत्रिवेणी भन्सारमा रहेको गण्डक ब्यारेज ९पुल० तरेर भारतीय भूमि हुँदैसमेत तीर्थयात्री आउने गर्नुभएको छ’, उनले भने, ‘भारतीय भूमि प्रयोग गरेर आउँदा त्यहाँको पनि निकुञ्ज हुँदै आउनुपर्ने भएकाले यात्रा अलि कष्टपूर्ण छ ।’ गण्डक ब्यारेज तरेर आउँदा जङ्गलको बाटोसँगै भारतको तमसा नदी र नेपालको स्वर्णभद्रा नदी तरेर आउनुपर्ने उनले बताए ।

‘यी दुवै नदीमा पुल निर्माण गरिएको छैन’, उनले भने, ‘हिउँदमा दर्शनार्थी सहजरूपमा आए पनि बर्खाको बेलामा यहाँ आउन सहज छैन ।’ भौगोलिकरूपमा वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१ मा पर्ने यो भूमि पुग्नका लागि नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को विनयीत्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधामबाट नारायणी नदीमा डुङ्गा तरेर जाने गरिन्छ । त्रिवेणीधामबाट वाल्मीकि आश्रम जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरिएको भए पनि निकुञ्जको बाधाका कारण पुल सञ्चालनमा आउन नसकेको उनले बताए ।

यस पौराणिक भूमि महर्षि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको गिरीको भनाइ छ । त्रेतायुगमा भगवान् रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले यही भूमिमा ल्याएर छाडेको, सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश ९धर्तीमुनि विलीन० गरेको स्थानका रूपमा पनि यो स्थल रहेको गिरीको भनाइ छ ।

आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तरध्यान भएको स्थल, पचासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको हवनकुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्री खुलारूपमा देख्न सकिने उनको भनाइ छ । विशेषगरी वाल्मीकि आश्रममा माघे औँसी, शिवरात्रि, बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको गिरीको भनाइ छ ।

महर्षि वाल्मीकिले ब्रह्मज्ञान प्राप्त गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थानका रूपमा वाल्मीकि आश्रम प्रख्यात रहेको सीता मन्दिरका पुजारी शेखर सुवेदीले बताए । सीतामाता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षा–दीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहे पनि सरकारी उदासीनताका कारण ओझेलमा परेको सुवेदीको भनाइ छ । प्राचीन त्रेतायुगको हरिहरको मूर्तिसहितका रामायणकालीन संरचना यहाँ रहेका उनले बताए ।

आफ्नो मनोकांक्षा पूरा हुने जनाउँदै मानिसले आफूले इच्छाएको कुरा माग्नका लागि यहाँ आउने गरेका बताइएको छ । नेपालीभन्दा बढी भारतीय भक्तजन मन्दिरमा आउने गरेका उनको भनाइ छ । मानिस बाह्रै महिना मन्दिरमा आउने भए पनि नेपाली भूमिबाट आउने बाटो नहुँदा धार्मिक पर्यटकलाई असहज हुने गरेको उनले बताए । नेपालबाट आश्रममा आउन पुल बनेको भए पनि सञ्चालनमा नहुँदा भारतीय बाटो भएर आउनुपर्दा दुःख पाउने गरेका सुवेदीले गुनासो गरे ।

कास्कीको पोखरा महानगरपालिका–३३ बाट यहाँ आएका रमेशराज आचार्य किताबमा पढेका कुरा प्रत्यक्षरूपमा देखेर अवलोकन गर्दा प्रभावकारी हुने भएकाले आफूहरू वाल्मीकि आश्रममा आएको बताउँछन् । पुरातात्विक ऐतिहासिक ठाउँ भएकाले यसलाई अझ व्यवस्थित बनाउँदा जिउँदो इतिहास बन्ने आचार्यको तर्क छ । ‘यसलाई पढ्नका लागि किताबका पाना पल्टाउनुभन्दा पनि अवलोकनबाट सबै कुरा पत्ता लाग्ने गरी संरक्षण गर्नुपर्छ’, उनले भने, ‘आश्रममा आउनका लागि नेपालकै बाटो प्रयोग गरेर आउने अवस्थाको सिर्जना गर्नसके राम्रो धार्मिक गन्तव्य बन्न सक्ने थियो ।’ नेपालबाट आश्रममा आउने भक्तजन भारतको बाटो भएर आउनुभन्दा त्रिवेणीधामस्थित नारायणी नदीबाट जोखिमपूर्ण डुङ्गाको यात्रा गरेर आउने गरेका छन् । वाल्मीकि आश्रमलाई यातायात सञ्जालसँग जोड्दा धार्मिक पर्यटकीय दृष्टिकोणबाट यस ठाउँको महत्व अझै बढ्ने जनाइएको छ ।

Previous Post

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण

Next Post

सिरियास्थित अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण, ६ कुर्दिस मारिए

सम्बन्धित खबर

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
समाचार

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

३१ बैशाख २०८३,
मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण
फिचर-ब्यानर

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

३१ बैशाख २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फिचर-ब्यानर

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

३१ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

३१ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
Load More
Next Post
सिरियास्थित अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण, ६ कुर्दिस मारिए

सिरियास्थित अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण, ६ कुर्दिस मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In