• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

by
२१ माघ २०८०,
0
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् ।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । उपकरणहरुको जडान धमाधम भइरहेको छ । २२०र१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।

आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्यभोटेकोशी जलविद्युत आयोजनाका संरचनाहरुको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो । साथै, टोलीले मध्यभोटेकोशी जलविद्युत आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरुको जानकारी लिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिए । ‘सबस्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ, नयाँ खिम्ती–बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी ९काठमाडौं० प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ, अन्य कुनै समस्या नआएमा निर्माण आगामी २(३ महिनाभित्र सम्पन्न हुने अवस्था बनेको छ, त्यसैले सबैले आ–आफ्नोतर्फबाट अन्तिम पहल र कोशिस गरौं’, घिसिङले भने ।

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०र१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।

कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनु पर्ने छ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन् । ८ वटा टावरमध्ये ५ वटाको जग हालिसकिएको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेका छन् ।

तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये ८ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये ७ वटा टावर सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नु पर्नेछ ।

एक वटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको ३० किलोमिटर तार तानिएको छ । यो खण्ड निर्माणको जिम्मा पाएको ठेकेदारले समस्या समाधान भएमा तीन महिनाभित्रमा काम सक्ने बताएको छ । त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण बाँकी छ ।

Previous Post

हुम्लामा फेरि हिमपात

Next Post

२६ वर्षका युवकले १५ वर्षकी किशोरीलाई भगाएर घरमा भित्र्याएपछि ….

सम्बन्धित खबर

हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण
फिचर-ब्यानर

हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

२९ बैशाख २०८३,
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
फिचर-ब्यानर

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

२९ बैशाख २०८३,
सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि
समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

२९ बैशाख २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः बिहेमा बेहुलीको जन्ती ?

२६ वर्षका युवकले १५ वर्षकी किशोरीलाई भगाएर घरमा भित्र्याएपछि ....

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In