• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

के अब विद्युतीय सवारी साधनहरूको अन्त्य नै हुन लागेको हो ?

by
१७ माघ २०८०,
0
के अब विद्युतीय सवारी साधनहरूको अन्त्य नै हुन लागेको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सन् १९९१ को दशकको प्रारम्भमा, प्रत्येक अमेरिकी जागिरे युवा र सेवा निवृत्त दम्पतीले इलेक्ट्रिक पाउरोटी बनाउने मेसिन किन्न थाले जसले गर्दा छोटो समयमै त्यो मेसिनको ४० लाख थान बिक्री भयो । तर घरमा आफैले पाउरोटी बनाउन समय बढी लाग्न थाल्यो । आफैले बनाउँदा भन्दा नजिकको बेकरीबाट किन्दा समय र पैसाको बचत हुने देखेपछि यसको माग चाडै घट्यो।

के विद्युतीय सवारी साधनहरू पाउरोटी बनाउने मेसिनहरू जस्तै हुने त होइनन् ?

टेस्लाका संस्थापक एलन मस्कको उद्यमशील प्रतिभा, विद्युतीय सवारी साधनहरूलाई सरकारी अर्बौँ डलरको अनुदानका बाबजुद पनि उपभोक्ताहरू अझै पनि आफ्नो ग्यारेजमा विद्युतीय चार्जिंग फिट गर्नु भन्दा पेट्रोल पम्प जान रुचाउँछन्। जेडी पावरको रिपोर्ट अनुसार सार्वजनिक रूपमा राखिएका २१ प्रतिशत चार्जिंग स्टेसनका चार्जरहरू पनि काम गर्ने अवस्थामा छैनन्। उपभोक्ताहरू विद्युतीय सवारी साधनहरूबाट टाढिन थालेपछि गाडी उद्योगलाई मात्र नभई अमेरिका(चीन सम्बन्ध, राज्यको बजेट र साधनको मूल्यलाई असर गर्ने देखिन्छ।

जनवरी २०२१ मा एक लाख वटा टेस्ला धूमधाममा खरिद गर्ने हर्ट्जले पुरै नीति फेरेर आफ्नो विद्युतीय सवारी साधन फ्लीटको एक तिहाइ हटाउने काम गर्न थाल्यो। जेनेरल मोटोर्ससँग एक लाख ७५ हजार विद्युतीय सवारी साधनहरू किन्ने कुरा पनि सम्भावना नरहेको बताइन्छ। आर्थिक रूपमा सबल र सामाजिक सञ्जालमा प्रख्यात रहेका समुदायहरू भन्दा त्यस बाहिरका उपभोक्ताहरू विद्युतीय सवारीहरू भन्दा हाइब्रिड र पेट्रोलबाट सञ्चालित सवारीहरूको खरिद गर्न बढी झुकाव रहेको पाइन्छ ।

सन् २०२३ को अन्तिम चार महिनामामा विद्युतीय सवारीहरूको बिक्री मात्र १।३ प्रतिशतले बढ्यो। एडमन्ड्सका अनुसार पेट्रोल(सञ्चालित कारहरू भन्दा विद्युतीय सवारीहरू लगभग तीन हप्ता लामो समय डिलरको लटमा बस्छन् । मर्सिडीज बेन्ज इक्क्युएस विद्युतीय सवारीहरू चार महिनाको लागि सुस्त हुँदा कम्पनीका प्रमुख वित्तीय अधिकारीले बजार “एकदम क्रूर ठाउँ” भन्ने स्वीकार गरेका छन्। फोर्ड, टेस्ला, र जेनेरल मोटर्सले मूल्यहरू औसतमा २०प्रतिशतले घटाए पनि ग्राहकहरू टाढै छन् । यसले गर्दा फोर्डले प्रत्येक एकाइ बिक्रीमा ३६ हजार डलर गुमाउनु परेको थियो ।

यस बिच आफ्नै बजेट नकारात्मक अवस्थामा हुँदा पनि राज्य सरकारहरूले ठुलो अनुदानका साथ विद्युतीय सवारीहरूको प्रोत्साहन गर्दै छन्। ६८ खर्ब डलर बजेट घाटा हुँदा पनि क्यालिफोर्नियाले प्रत्येक नयाँ विद्युतीय सवारीहरूमा ७ हजार डलर अनुदान हाल्छ । न्यु जर्सीले राजस्व घट्दा घट्दै खरिदकर्ताहरूलाई ४ हजार डलरको चेक पठाउने गर्दछ । यी राज्यहरूले अनुदान दिएर यसरी कहिलेसम्म थेगिरहन सक्दछन् भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

विद्युतीय सवारीहरूको शङ्का गर्ने टोयोटा जसले हाइब्रिडहरूमा लगानी गरेका छन्, अब उनीहरूको अवस्था राम्रो देखिन्छ। गत वर्ष टोयोटाको शेयर मूल्यले जेनेरल मोटोर्लाई ४० प्रतिशतले उछिनेको छ। उत्साही र शेयर बजार विश्लेषकहरूबाट आलोचना भएपछि टोयोटाका अध्यक्ष अकियो टोयोडाले गत अक्टोबरमा सर्वसाधारणले वास्तविकता देखिरहेका छन् भन्ने वक्तव्य दिए।

कुनै पनि कुराले विद्युतीय सवारीहरूको इन्जिनियर र डिजाइनरहरूको प्रतिभालाई कम गर्दैन। स्मार्ट कारहरूको दौड हेर्दै र एक पटक गल्फ कार्टको रूपमा देखिएको विद्युतीय सवारीहरूको अहिलेको अवस्था हेर्दा विश्वास गर्न गाह्रो हुन्छ । मस्कलाई धेरै कुराहरू भनिएको छ तर उनका कारहरूले पोर्शेसलाई उछिन्छन् , उनका रकेटहरू नासाको भन्दा अगाडि बढेक छन्। यसक साथै उनलाई इनसाइडर कारोबारको शङ्का हुँदा पनि सेक्युरिटी र एक्सचेन्ज आयोगले केही गर्न सकेको छैन।

तैपनि, यसको मतलब मस्कले सधैँ जित्छ भन्ने होइन। विद्युतीय सवारीहरूले भौतिक शास्त्र र उपभोक्ता भन्दा बाहिरको दोषपूर्ण विद्युतीय ग्रिड जस्ता अवरोधहरू पनि सामना गर्छन्। अमेरिकी ऊर्जा सूचना प्रशासनको रिपोर्ट अनुसार २०१३ र २०२१ को बिचमा ब्ल्याक आउटको अवधि ३।५ घण्टा बाट ७ घण्टा भन्दा बढी दोब्बर भएको छ। विशेष गरी नवीकरणीय(ऊर्जा स्रोतहरू जस्तै सौर्य र हावाको विश्वसनीयताको बारेमा शङ्काहरू गर्दै मानिसहरूले आफ्नो गतिशीलतालाई भित्ताको प्लगमा बाँध्न हिचकिचाउनु अचम्मको कुरा होइन।

पक्कै पनि अमेरिका यसमा एक्लो छैन। चीनको बिल्ड योर ड्रीम्स बिवाईडी विद्युतीय सवारी निर्माताले टेस्लाको १८ लाखको तुलनामा गत वर्ष ३० लाख सवारी बेचेको थियो । तैपनि डगमगाएको चिनियाँ अर्थतन्त्र अमेरिकी बिक्रीको लागि मने कमजोर छ। चिनियाँ सरकार र निजी क्षेत्रले ब्याट्री उत्पादन र लिथियम, कोबाल्ट, क्याडमियम र अन्य प्रमुख खनिजहरू उत्खनन गर्ने जिम्बाब्वे, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, क्युबा र रसिया जस्ता देशहरूमा ठुलो लगानी गरेका छन्। तर यी वस्तुहरूको मूल्य घट्दै गर्दा चीनले अफ्रिकी राजनीतिक नेताहरूमाथिको लगानी कहिलेसम्म जारी राख्छ भन्ने कुरा अनुत्तरित छ ।

१९९० को पाउरोटी(मेसिनको आकर्षणले सार्वजनिक अनुदान, सरकारी आदेश वा छुटबाट कहिल्यै पनि बजारमा साझेदारी हासिल गर्नको लागि लाभ उठाउन सकेन। त्यसो गर्न सकेको भए सायद अझै केही वर्ष उक्त मेसिन चल्ने थियो। विद्युतीय सवारीहरूलाई राष्ट्रपतिहरू, गभर्नरहरू, आयकर कर्मचारीहरू र प्रविधि छेत्रका लगानीकर्ताहरूद्वारा प्रवर्द्धन गरिएको भए पनि जनताले यसको मतलब नै गरिरहेका छैनन्। राष्ट्रपति ड्वाइट डी। आइसेनहोवर, जो ६०(अश्वशक्ति जीपमा चड्दा ” मानिसहरूलाई टाउकोमा हिर्काएर नेतृत्व गर्नुहुन्नस् यो आक्रमण हो, नेतृत्व होइन” भन्ने चेतावनी दिएका थिए । अझै पनि सवारीहरूको बजारमा डिजेल र पेट्रोलबाट चल्ने इन्जिनको राज छ।

लेखक टोड जी बुचोल्ज राष्ट्रपति जर्ज डब्लु बुशको नेतृत्वमा आर्थिक नीतिका पूर्व व्हाइट हाउस निर्देशक टाइगर हेज कोषका प्रबन्ध निर्देशक र हार्वर्ड डिपार्टमेन्ट अफ इकोनोमिक्सको एलिन यंग टिचिङ पुरस्कार विजेता हुन्।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

बुधरबारको व्रतपूजाले जिन्दगीलाई समृद्धि बनाउँछ

सम्बन्धित खबर

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण
फिचर-ब्यानर

तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

२२ बैशाख २०८३,
Load More
Next Post
बुधरबारको व्रतपूजाले जिन्दगीलाई समृद्धि बनाउँछ

बुधरबारको व्रतपूजाले जिन्दगीलाई समृद्धि बनाउँछ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In