व्यक्तिगतपना, रुचि यस्तो होस्, उस्तो नहोस्को इच्छा सबैको त्याग गरेर, अत्यन्त शान्त एवं एकान्तको वातावरण (जो कि मनमा छ) का साथ रही बोधिसत्व भावना जीवनमा आउनुपर्छ, यसैबाट आत्मविकास हुन्छ ।
सुविधा एवं क्षणिक सुख प्रपञ्च एवं प्रदर्शन सबैबाट स्वतन्त्र भई महामुद्रामा सात्विकता एवं धनजन मानको स्पर्श नहुन दिइन सरल नम्र अकिञ्चन जीवनयापन धर्म, सत्सङ्ग एवं प्रेममा गर्नुपर्छ ।
मृत्युको यथार्थ चिन्तन, जन्म कसरी हुन्छ । त्यसको विचार ? यो शरीर कसरी चल्दछ । त्यसमा निरीक्षण तथा भावना, विचार अभिमान कसरी काम गर्छन् । त्यसको अवलोकनले समग्र जीवन प्रकट हुन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













