आफै स्वतन्त्र रही, आदत एवं व्यक्तिगत सान्निध्यको प्रभाव नपर्न दिई यम, नियम एवं उपशममा रहन सके अरू के चाहियो ? परन्तु यो स्वतन्त्र एक्लैको कल्पना जुन मनमा छ त्यही कल्पनामा धोखा छ ।
आत्मसाक्षात्कार नभएसम्म गुरुको अधीनमा, उनको आज्ञाको आधीनमा रहनु आवश्यक छ । आत्मसाक्षात्कार भएपछि अभिमान स्वार्थ एवं वासनाहरूको नाश भएको हुनाले प्रेम, करुणा एवं मैत्रीको प्रबल परोपकारको भावना आउँछ अनि शिष्यहरूलाई मार्गदर्शन दिनु हृदयले स्वीकार गर्दछ, तसर्थ आफ्नो रुचि अथवा अन्यको रुचि सबै समाप्त भएर यथार्थ जीवनको प्रकाशपथ स्वतः दर्शनमा आउँछ ।
मनको रुचि अथवा इन्द्रियहरूको भोगमा लाग्ने मनुष्यले साँचो शान्ति एवं सुख पाउन सक्तैन । भाग्य र भोगमा मक्ख पर्ने मनुष्य असज्जन एवं मूढ हुन् सावधानी राख्नुपर्दछ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













