मुम्बई । ‘डन–३’ घोषणा भए देखि नै फ्यानहरू यसको कलाकारको बारेमा जान्न उत्सुक छन् । यस पटक रणवीर सिंह मुख्य भूमिकामा नभई शाहरुख खान रहनेछन् भन्ने कुरा निर्माताले दिएको पहिलो झटका थियो ।
अब यसको कलाकारको नयाँ अपडेट आउँदैछ । इमरान हाशमी ‘डन ३’ मा प्रवेश गर्न सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन । खासमा यो खबर कसरी बाहिरयो त ? भन्ने कुरा रोचक छ ।
फरहान अख्तर र रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्ट प्रोडक्सन हाउसले ‘डन’ फ्रेन्चाइजलाई नयाँ शैलीमा प्रस्तुत गरेको थियो । जहाँ शाहरुख खान मुख्य भूमिकामा थिए र यो फ्रेन्चाइज सुपरहिट भयो । अब जब इमरान हाशमी एक्सेल इन्टरटेनमेन्टको अफिस बाहिर देखिए, तब मानिसहरूले उनको यो फिल्ममा प्रवेश हुन सक्ने अनुमान गर्न थालेका हुन् ।
डन फ्रेन्चाइजी सन् १९७८ मा सुरु भएको थियो । जब अमिताभ बच्चन मुख्य भूमिकामा थिए । गीत होस् वा कथा, सबैलाई मानिसहरूले मन पराएका छन्। त्यसपछि फरहान अख्तरले ‘इन्डियन अंडरवर्ल्ड बॉस’ थिममा नयाँ ट्विस्ट थपे। सन् २००६ मा उनले यो सिरिजको रिमेक गरेर सुरु गरेका थिए ।













