हट्टाकट्टा मानिस माग्न बसेको देखेर एउटी महिलाले भनिन्— तिमी यति हट्टाकट्टा छौ, जवान छौ, हातगोडा पनि सद्दे छन् । मेहनत गरेर खान छोडेर किन माग्न बसेको ? माग्नु राम्रो कुरा त होइन नि ?
माग्नेले भन्यो— हजुर यति राम्री हुनुहुन्छ, जवान हुनुहुन्छ । कस्ता कस्ता नराम्रा केटीहरु हिरोइन भइसके, फिल्ममा खेल्नुभएको भए राम्रो हुन्थ्यो नि त ! किन घरमै बस्नुभएको ? घरमा बसिरहनु राम्रो होइन नि त ? यत्ति भनेर माग्ने अर्कै ठाउँतिर जान लाग्यो ।
महिला — पख–पख, म तिमीलाई केही खानेकुरा र पैसा लिएर आउँछु ।
म बसौँला
एक जना ग्राहक रिक्सावालसँग कुरा गर्दै थियो— ओ भाइ, बसन्तपुरदेखि रत्नपार्कसम्मको भाडा कति ?
रिक्सावाला — ५० रुपैयाँ ।
ग्राहकः अलि घटाउन मिल्दैन ?
रिक्सावालः त्यसो भए तपाईं रिक्सा चलाउनुस्, म बसौँला नि हुन्न !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













