• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिट्टीबालुवा प्रयोग

by
१७ पुस २०८०,
0
जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिट्टीबालुवा प्रयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको हो ।

चिसापानीमा निर्माणाधीन अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । तर, सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको जनाइएको छ ।

करिब दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने निर्माणाधीन अस्पताल भवनको हाल पिलर ठड्याउने काममात्र हुँदै गरेको पाइएको छ । निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिलर ठड्याउने काममा ठेकेदारले खुटा भन्ने ठाउँबाट बलौटे माटो ल्याएर प्रयोग गरिहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

निर्माणाधीन अस्पताल भवनमा कमसल सामान प्रयोग गरेको पाइएकाले यही पुस ११ गते ढलान भत्काउने मौखिक सहमति गरिए पनि कम्पनीले उक्त सहमति पालना नगरेको स्थानीय सुमन राईले बताए ।

‘गुणस्तरहीन काम भइरहेको जनगुनासो आएपछि हामी अनुगमनमा गएका थियौँ । निर्माण कम्पनी र गाउँपालिकाको इन्जिनियरको उपस्थितिमा गुणस्तरहीन तरिकाले निर्माण गरिएका संरचना भत्काउने सहमति भएको थियो’, उनले भने, ‘आजको मितिसम्म भत्काउने कुरा त होइन निरन्तर काम भइरहेको पाइयो । त्यहाँ न त गाउँपालिकाको प्राविधिक कै उपस्थिति छ न त जनप्रतिनिहरुको अनुगमन नै १ कमसल सामान प्रयोग गरेर निर्माण भइरहेको संरचना भत्काएर सही र गुणस्तरीय समान प्रयोग गरी पुनः निर्माण गरियोस् । हामी जनेढुङ्गाबासी उपभोक्ता सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौँ ।’

निर्माणाधीन अस्पतालको जगमा ढलानका लागि सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर सुरेशकुमार मेहताले बताए ।

‘गाउँपालिकाका तर्फबाट ल्याब टेष्ट ९गुणस्तर परीक्षण० नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका पारेर बारीको बालुवा मिसाएर प्रयोग गरेका छन् । गुणस्तरमा शङ्का लागेपछि बारीबाट उठाइएको बालुवा र सावा खोलाको बालुवा ल्याब टेष्टमा पठाइएको थियो । ल्याब टेष्टमा बारीको खानीको बालुवा फेल भएको रिपोर्ट आएको छ’, उनले भने, ‘सुरुमा स्याम्पल देखाउनुभो । ल्याब टेष्टमा पास भएमात्र ल्याउनु भनेका थियौँ । तर ल्याएर झारेछ । हतार गएर बालुवा झार्न रोक लगायौँ । बीचमा अस्पताल भवनको डिजाइनकै कारण काठमाडौँ जानुप¥यो । त्यही बेला बालुवा मिसाएर चलाइदिएछ । यहीँबाट समस्या आएको हो ।’

निर्माणाधीन अस्पताल भवनमा ठेकेदारले बारीबाट माटै उठाएर ल्याएको भन्ने स्थानीयबाट जानकारी आएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले बताइन् ।

‘ठेकेदारले माटो मिसिएको बालुवा ल्याएर थुपार्नु नै गल्ती भयो । तुरुन्त हटाउनु भनेका थियौँ । मेसिन नभएर लगिनौँ भन्ने गरेको थियो”, उनले भनिन्, ‘हामीले तुरुन्त हटाउ भनेका थियौँ । प्रयोग त गरे होलान् । इन्जिनियरले पनि नगर्नुस् भनेको रहेछ । तर ल्याबमा हाल्नुपर्छ भनेर पठाइएको थियो । ल्याबमा फेल भएको भन्ने छ । गुणस्तरहीन सामग्री प्रयोग भएको रहेछ भने तत्काल भत्काएर पुनः निर्माण गर्न लगाउँछौँ ।’

निर्माणाधीन अस्पतालमा खटिएका सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर दीपेन्द्र गामीले भने अस्पतालको जग निर्माणका क्रममा बारीको खानीको बालुवा प्रयोग नगरेको दाबी गरे । ल्याब परीक्षण फेल भएपछि त्यो बालुवालाई नचलाई जगको सर्फेस मिलाउनमात्र प्रयोग गरेको इन्जिनियर गामीले जानकारी दिए ।

कूल रु २० करोड ७१ हजार पाँच सय ९० मा निर्माण सम्पन्न हुने निर्माणाधीन अस्पताल भवन विसं २०७७ मङ्सिर १५ गते तत्कालीन प्रदेश सांसद (हाल प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’ले शिलान्यास गरेका थिए ।

निर्माणाधीन अस्पताल भवन निर्माणको काम ठेकेदार कम्पनीले तोकिएको समयमा सम्पन्न नगरेपछि पुनः अर्को म्याद थपको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

रासस

Previous Post

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे

Next Post

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु, शक्तिशाली आँधीको खतरा टर्‍यो

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
जापानको भूकम्पमा परी १३ जनाको मृत्यु, शक्तिशाली आँधीको खतरा टर्‍यो

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु, शक्तिशाली आँधीको खतरा टर्‍यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In