• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारी वेबसाइटमा साइबर आक्रमणको प्रयास, ३ हजार ५ सय साइट ‘डाउन’

by
१७ पुस २०८०,
0
‘साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्लाबाट हुँदा पीडितलाई सहज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले केन्द्रमा साइबर आक्रमणको प्रयास भएको र ह्याकरले केन्द्रको सर्भरमा एकै पटक धेरै ट्राफिक पठाएकाले यस्तो समस्या आएको बताए । “सर्भरमा डोमेन नेम सिस्टम (डिएनएस) भन्ने हुन्छ । त्यसमा समस्या आउँदा डिएनएस अवरुद्ध भयो । त्यसो गर्दा सेन्टरको सेवा अवरुद्ध भएको हो,” उनले भने।

उनले ह्याकरले भिपिएन प्रयोग गर्ने भएकाले आक्रमण कहाँबाट भयो भन्न नसकिने र सो कुरा महत्वपूर्ण पनि नभएको बताए । “सर्भरमा आक्रमण नहुने भन्ने हुँदैन । साइबर आक्रमण जस्तोसुकै सुरक्षित सर्भरमा पनि हुने गर्छ । जोखिम कम गर्न डाटा सेन्टरको प्रविधि र जनशक्तिमा पर्याप्त लगानी बढाउनु पर्छ,” उनले भने ।

उनका अनुसार यस्तो समस्या आउन नदिन जगेडा सर्भर ९मिरर सर्भर० राख्नु पर्छ तर त्यस्तो सर्भर नहुँदा सरकारी वेबसाइटहरू असुरक्षित भएका हुन् । “एक ठाउँको सर्भर डाउन भएमा अर्को स्थानमा रहेको जगेडा सर्भर सञ्चालन गर्ने विषयमा हामी चुकेका छौँ । यस्तो अवस्थामा सेवा अवरुद्ध हुन नदिन दुईरतीन ठाउँमा डाटा सेन्टर राख्ने गरिन्छ,” कार्यकारी निर्देशक पौडेलले भने । उनका अनुसार भूकम्प वा अन्य प्राकृतिक विपत् हुँदा समस्या नहोस् भनेर त्यस्तो सर्भर बेग्लै भौगोलिक स्थान र दुरीमा राख्नु पर्दछ तर त्यसका लागि बजेटको अभाव छ ।

पौडेलले भने, “राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गरेर सूचना प्रविधि विभागमा गाभ्ने भनेर सरकारको नीति आएपछि हामीलाई पुँजीगत बजेट आएको छैन । सिस्टम किन्ने, अपडेट गर्ने, लाइसेन्स नवीकरण गर्नेरचलाउनेलगायतका विषयमा बजेट आएको छैन । बजेट नहुँदा त्यस खालका काम केन्द्रले गर्न पाएको छैन ।”

केन्द्रले हेटौँडाको डाटा सेन्टरमा अनलाइन नभई अफलाइन मात्र डाटा भण्डार गर्ने गरिएको छ । काठमाडौंमा रहेको डाटा सेन्टर डाउन हुँदा हेटौँडाको डाटा सेन्टरबाट चल्ने बनाउने भनिए पनि सो हुन सकेको छैन । खुमलटार र कोहलपुरको नयाँ डाटा सेन्टरमा पनि बजेटकै समस्या छ र कुनै प्रक्रिया अगाडि बढेको छैन । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Previous Post

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवालाई सहिद घोषणा गरिने

Next Post

उद्योगीलाई विद्युत बक्यौता तिर्न ६० किस्तासम्मको सुविधा, हिमाल स्टिलले बुझायो २७ लाख

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
बिजुलीको पन्ध्र अर्ब अझै उठेन

उद्योगीलाई विद्युत बक्यौता तिर्न ६० किस्तासम्मको सुविधा, हिमाल स्टिलले बुझायो २७ लाख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In