• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिल्लीमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा नेपाली दम्पती पक्राउ

by
१६ पुस २०८०,
0
दिल्लीमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा नेपाली दम्पती पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका(७ घर भएका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया टीकाकुमारी वली छन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई पुस ११ गते कञ्चनपुरको सीमा इलाकाबाट पक्राउ गरेको हो।

उनीहरूले दिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइसमेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट युवतीहरू लगेर वेश्यावृत्तिमा लगाएको आरोप छ। वेश्यावृत्तिको धन्दा चलाउन उनीहरूले अपार्टमेन्ट भाडामा लिएका थिए।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० कृष्णप्रसाद पंगेनीका अनुसार उनीहरूले दिल्लीको किशनगढमा अपार्टमेन्ट भाडामा लिएर खाने, बस्ने व्यवस्थासमेत मिलाई वेबसाइटमार्फत विज्ञापन गरी अनलाइन वेश्यावृत्तिको र्‍याकेट चलाउने गरेको पाइएको छ।

अनलाइन वेश्यावृत्तिका लागि ह्वाट्सएप ग्रुप बनाई सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन पेमेन्ट गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीहरूलाई पठाउने गरेको अनुसन्धानमा खुलेको छ।

वेश्यावृत्तिका लागि भाडामा लिएको अपार्टमेन्टमा सीसी क्यामेरा जडान गर्नुका साथै पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सिमसमेत उपलब्ध गराई ह्वाट्सएप, फेसबुक आईडी बनाएर पासवर्ड आफैंले राखी अनलाइन निगरानी गर्ने गरेको पाइएको छ।

उनीहरूले वेश्यावृत्तिबाट कमाई भएको रकमको २० प्रतिशत मात्र युवतीहरूलाई दिने र बाँकी ८० प्रतिशत रकम आफैंले लिने गरेका थिए।

पक्राउ परेका अभियुक्तहरूले भारत पर्‍याएका ९ जना युवतीहरूलाई ब्यूरोको समन्वयमा ७ चैत, २०७९ मा उद्धार गरिएको थियो।

२०७९ चैतमा यी दम्पत्तीसहित विरूद्ध ६ वटा मुद्दा दर्ता भएकामा ती मुद्दाहरूमा ३ जना प्रतिवादीहरू पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा छन्।

अनुसन्धान जारी नै रहेको अवस्थामा स्थान परिवर्तन गरी पुनः नेपालबाट युवतीहरू झिकाई यौन व्यवसाय सञ्चालन गरिरहेको ब्यूरोले सूचना पाएको थियो।

त्यस आधारमा ब्यूरोले दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी तथा केआईएन इन्डियासँगको समन्वय र सहयोगमा यही पुस १० गते दिल्लीबाट ५ जना थप पीडितहरूको उद्धार गरेर नेपाल ल्याएको थियो। उनीहरूलाई अहिले सुरक्षित आवास गृहमा राखिएको छ।

Previous Post

आँखा तेजिलो कसरी बनाउने ?

Next Post

साइज नमिल्ने ब्रा हुनसक्छ हानिकारक

सम्बन्धित खबर

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
Load More
Next Post
लगातार लामो समयसम्म ब्रा लगाइरहन होसियार !

साइज नमिल्ने ब्रा हुनसक्छ हानिकारक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In