• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बजारमा पाइलैपिच्छे ठगिन्छन् जनता, सरकार किन गर्दैन अनुगमन ?

by
१४ पुस २०८०,
0
उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नाप, तौल तथा गुणस्तर मापन विभागले केही वर्षअघि राजेश हार्डवेयर डण्डी गोदाममा अनुगमन गर्यो । डण्डी कमसल बेच्नुका साथै तौलमा समेत ठग्ने गरेको गुनासो प्राप्त भएपछि विभागले अनुगमन गरेको थियो । अनुगमनका क्रममा त्यो गुनासो सही सावित हुन पुग्यो । र, विभागले डेढ लाख रुपैयाँ जरिवाना गर्यो ।

अहिले सर्वसाधारण जनता उपत्यकाभित्र तथा बाहिरी जिल्लामा सञ्चालनमा रहेका डण्डी पसलहरूले यसरी नै ग्राहकलाई ठगीरहेको बताउँछन् । सिमेन्ट, जस्तालगायत हार्डवेयरका सबै सामानमा यस्तै भइरहेको छ । तर, नाप, तौल तथा गुणस्तर मापन विभागले अनुगमन गर्दैन । जसको फाइदा उठाएर हार्डवेयर तथा मार्बल पसलेहरूले आफूखुसी मूल्य तोकेर कमसल सामान बेच्नुका साथै आमसर्वसाधारणलाई तौलमा समेत ठगिरहेका छन् ।

केही वर्षअघि प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट मिनी टाटा, टाटा मोडेल, ट्रकहरूलाई नियन्त्रणमा लिएको थियो । कम्पनीबाट आएको गाडीको ढाला काटेर छोटो बनाई फलाम वा काठको पाता राख्नुका साथै गिट्टी, बालुवा, ढुंगा कम राखेर ठगेको पाइएको थियो । जनता गिट्टी, बालुवा, रोडा, ढुंगा बिक्रीवितरण गर्नेले पैसा भने महँगो लिने, तर सामान भने तोकिएको तौल नहुने तथा कमसल वा गुणस्तरहीन हुने गरेको बताउँछन् । जो व्यक्तिको डिपो छ, त्यसको पनि दर्ता छैन । फेरि आफूखुसी मूल्य तोकेर उसले गिट्टी, बालुवा, रोडा बित्तःीविततरण गर्ने गरेको पाइन्छ ।

स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरू घुसको आडमा नदीजन्य पदार्थ उत्खनन् गर्न दिइरहेका छन् । जसले गर्दा सीमित व्यक्तिलाई फाइदा पुगे पनि समग्र मुलुकलाई ठूलो क्षति पुगेको छ । प्राकृतिक स्रोतसाधनमाथिको दोहनले मानवीय बसोबासमाथि पनि संकट नित्याउँछ भन्ने कुरा सायद उनीहरूलाई थाहा छैन ।

त्यसैले पैसाका लागि प्रकृतिमाथि खेलवड भइरहेको छ । मिनी टाटा, टाटा मोडेल, टिपर, ट्रकले धेरै दुर्घटना गरेपछि सरकारले राति ९ बजेदेखि बिहान ४ बजेसम्म मात्र यस्ता सवारीसाधन चल्न पाउने निर्णय गर्यो । सरकारले बनाएको कानूनअनुसार ढुवानी गाडीले सामान ढुवानी गर्ने त्तःममा अनिवार्य रूपमा सामान पालले छोप्नुपर्छ । तर, अहिले बाटोमा दिउँसै टाटा मोडेल, मिनी टाटा, टिपर, ट्रक गुडिरहेको देखिन्छ । अर्केतर्फ सामान पनि पालले छोपिएको हुन्न । बालुवा, गिट्टी बोकेको यस्ता सवारीसाधन पानी चुहाएर गुडिरहेको देखिन्छ । जसले गर्दा बाटो समेत फोहोर हुने गरेको छ ।

यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले समातिहाले पनि पैसा लिएपछि छोडिदिन्छ । जनता ट्राफिकको कामप्रति सन्तृष्ट छैनन् । ट्राफिकले काम गर्न नसकेको वा पैसामा बिकेको उनीहरूको आरोप छ । बजारमा अनुगमन शून्य छ । न वडा गर्छ न नगरपालिका । सिडियो कार्यालय त झन् कहिल्यै गर्दैन । जनता सिमेन्टीको तौल कम भयो भन्छन् । कम्पनीबाट आएको सिमेन्टीको बोरा पसलेहरूले राति खोलेर एक–दुई किलो निकालेपछि फेरि त्यसरी नै प्याक गर्ने गरिएको उनीहरूको आरोप छ । एक ट्रिप ढुंगा, बालुवा, रोडा, गिट्टीको पाँच हजारदेखि २५ हजारसम्म लिइन्छ ।

उपत्यकाका जनतालाई आवश्यक पर्ने भनेकै पानी हो । त्यो पानी जमिनमुनिको ल्याएर बिक्रीवितरण गर्ने गरिएको छ । तर, एक ट्यांकर पानीको २५ सयदेखि पाँच हजारसम्म लिने गरिएको छ । कुन सामान वा वस्तुको रेट के हो रु भनेर न जनतालाई थाहा छ न सरकारलाई । व्यवसाय गर्ने नाममा यहाँ लुटतन्त्र मच्चिएको छ । एकातिर जनतालाई ठगिन्छ, अर्कोतिर राज्यलाई राजस्व छलिन्छ । एउटै डोजरमा करोडौं लगानी गरिएको हुन्छ । एक घनटा बाटो खनेको दश हजारभन्दा बढी लिइन्छ । सरकारले यात्रुबाहक सवारीसाधनलाई घरेलु तथा कम्पनीमा दर्ता गरी पञ्जीकरण गर्नुपर्ने भन्यो ।

तर, ढुवानी गर्ने सवारीसाधनमा यो निर्णय लागू भएको छैन । यस्ता सवारीसाधनमा करोडौं लगानी गरिएको हुन्छ । दिनमै लाखौं आम्दानी हुन्छ । लगानी र आम्दानी दुवैको राजस्व राज्यलाई तिरिदैंन । पावर ट्रेलर, ट्यांकर पनि घरेलु तथा कम्पनीमा गई पञ्जीकरण गरिादैन । व्यवसायीहरू लगानीबापतको पनि राज्यलाई कर नतिर्ने अनि दैनिक कमाएको रकमको पनि राज्यलाई कर नतिर्ने । हरेक क्षेत्रमा संगठन खोल्ने, राजनीतिक पार्टीलाई चन्दा दिने, जनतालाई ठग्ने र राज्यलाई राजस्व छल्ने यो कहिलेसम्म रहन्छ रु मुलुकमा अनुगमन गर्न न कुनै निकायको कमी छ, न त कर्मचारीको ।

तर, कर्मचारीहरू घुस पाएपछि अनुगमन गर्दैनन्, चाहे व्यवसायीले आमसर्वसाधारणलाई जतिसुकै ठगोस् । उपभोक्ताकर्मी ज्योति बानियाँ, प्रेम महर्जन, माधव तिमिल्सनालगायतको आम्दानीको स्रोत केही छैन । न त व्यापार व्यवसाय नै छ । यिनीहरू दिउँसो मिडियामा जनताको गुनगान गाउँछन्, रात परेपछि व्यापारीको घरमा कमिसन लिन पुग्छन् । जुन व्यापारीले पैसा दिँदैन, त्यसको मात्र विरोध गर्छन् यिनीहरू ।

पैसा पाएपछि व्यापारी तथा व्यवसायीहरूले जनतालाई जतिसुकै ठगे पनि यिनीहरू केही बोल्दैनन् । ज्योति बानियाँ अधिव्यक्ता पनि हुन् । त्यसैले, उनले त आफ्नो आम्दानीको स्रोत देखाउन सक्लान् । तर, अरुले कसरी आफ्नो आम्दानीको स्रोत देखाउने रु यी तीनजनाको सम्पत्ति अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरे भ्रष्टाचारमा तानिने छन् । बजारमा मिठाई पसलेहरू भन्छन्, ‘उपभोक्ताकर्मीहरूलाई पैसा दिएन भने मात्र अनुगमन हुन्छ । नत्र वर्षौ दिनसम्म अनुगमन हुँदैन ।’

सरकारी कर्मचारीहरूको अनुगमनको लक्ष्य दुईवटा हुन्छ । एउटा कर्मचारी पैसा वा घुसको लागि अनुगमन गर्छ । अर्को कर्मचारी जनता र राष्ट्रका लागि गर्छ । तर, जनता र राष्ट्रको लागि काम गर्ने कर्मचारीको छिट्टै सरुवा गरिन्छ । पेट्रोलपम्पहरूले सरकारले लगाएको सिल तोडेर वा बिग्रारेर कम परिमाण बिक्रीवितरण गरेको सुनिन्छ । तर, अनुगमन कसले गर्ने रु मासु पसलेहरूले खसीको भन्दै बोका र राँगाको भन्दै भैंसीको मासु बेचेको प्रशस्तै सुनिन्छ ।

भाटभटेनी, बिग मार्केट, सुपर मार्केटले पनि गुणस्तरहीन, म्याद सकिएको सामान बिक्रीवितरण गरेको पनि जनताबाट सुनिन्छ । व्यापारीहरू सामानको मूल्य ह्वात्तैपिच्छे बढाउँछन् । तर, तौल भने कम हुन्छ । सामान पनि गुणस्तरहीन, कमसल हुने गरेको छ । प्याकेटभित्र बिस्कुट, पाउरोटी कम हुन्छ, तर पैसा भने महँगो हुन्छ । अर्कोतर्फ म्याद गुज्रिएको बिस्कुट र डेट सकिएको पाउरोटी बेचिन्छ । कोक, फान्टालगायत पेय पदार्थमा पनि यही छ । अहिले सम्पूर्ण खाद्य सामग्री किन्दा जनता ठगिन्छन् । सरकारले अहिलेसम्म सामानको मूल्य निर्धारण गरेको छ ।

व्यापारीहरूले आफूखुसी मूल्य तोकेर सामान बेचेका छन् । राजनीतिक दलका नेताहरू आफ्नै कार्यकर्तालाई व्यापार गर्न लगाउँछन् । र, जनता ठग्नुका साथै राज्यलाई राजस्व छल्न लगाउँछन् । फेरि उनीहरू नै चोखो बन्छन् । अनि जनताले कहाँबाट सस्तोमा सामान पाउँछन् रु कसरी राज्यको ढुकुटीमा राजस्व जम्मा हुन्छ रु फेरि जो व्यक्तिले जनतालाई ठगिरहेको हुन्छ, ऊ नै यहाँ नेता भएको हुन्छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

मौसमः तराई क्षेत्रमा हुस्सु तथा उच्च भूभागमा हिमपातको सम्भावना

सम्बन्धित खबर

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
Load More
Next Post
मौसमः पहाडी भू–भागमा हल्का वर्षा, यी प्रदेशमा छ हिमपातको सम्भावना

मौसमः तराई क्षेत्रमा हुस्सु तथा उच्च भूभागमा हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In