गुरु नानक सात्विक जीवन बाँचन र भगवानलाई याद गर्न प्रेरणा दिन्थे ।
एक व्यक्ति उनी नजिक आयो र भन्यो— बाबा, म चोरी तथा अन्य अपराध गर्ने गरेको छु । मेरो जीवन सुधार्न केही उपाय भनिदिनुस् ।
गुरु नानकले भने— तिमीले चोरी गर्न बन्द गरिदिनू । सत्य बोल्ने व्रत लिनू । तिम्रो कल्याण हुनेछ ।
त्यो व्यक्तिले उनलाई ढोग्यो र त्यहाँबाट गयो ।
केही दिनपछि ऊ फेरि आयो र भन्यो— बाबा, मेरो चोरी गर्ने र झूटो बोल्ने बानी छुटेन । म के गरुँ ?
गुरु नानकले भने— भाइ, तिमीले आफ्नो दिनभरिको कार्य चारजना व्यक्तिलाई भन्ने गर ।
चोरले अर्काे दिन चोरी त ग¥यो तर अरुलाई भन्न सकेन । किनभने अरुले उसलाई घृणा गर्ला भन्ने डर थियो । केही दिनपछि ऊ गुरु नानकलाई भेट्न फेरि आयो र भन्यो— बाबा, तपाईंले भन्नुभएको तरिकाले मलाई अपराधमुक्त गरिदियो । अब म मिहेनतको कमाइबाट गुजारा गर्दै छु ।
साभारः ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट













