• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुस–युक्रेन द्वन्द्वः रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते

by
१२ मंसिर २०८०,
0
रुस–युक्रेन द्वन्द्वः रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुस–युक्रेनको सीमा क्षेत्रमा भएको भिडन्तमा परेर नौ जना नेपाली घाइते भएका छन् । एक वर्षभन्दा बढी समयदेखि दुई मुलुकबीच चलेको द्वन्द्वमा नेपालबाट गएकामध्ये नौ जना हाल घाइते भएर मस्कोमा उपचाररत छन् । उपचाररत सबैको अबस्था खतरामुक्त रहेको घाइतेमध्ये एक जनाले नाम सार्वजनिक नगर्ने सर्तमा बताए ।

‘हामीसँग रहेका नौ जना साथी एकैसाथ घाइते भयौं,’ मस्कोमा उपचाररत नेपालीले भने, ‘अहिले मस्कोमा उपचार गरिरहेका छौं ।’

गत १३ नोम्बेम्बरमा रुस र युक्रेनको सीमाक्षेत्रमा भिडन्त हुँदा नौ जना घाइते भएका हुन् । नेपालमा सेना समायोजनमा बहिर्गमनमा परेका झन्डै ५० पूर्वमाओवादी लडाकु रुस पुगेका छन् । ‘पहिलो श्रेणीमा लामबद्ध भए अगाडि बढ्नेक्रममा युक्रेनको सेनाले आक्रमण गरेपछि जवाफी फाएर खोल्नेक्रममा कम्मर र तिघ्राको देब्रे भागमा गोली लागेर घाइते भएँ,’ उनले भने, ‘एक दिन युद्ध क्षेत्रमा सामान्य उपचारपछि हेलिकोप्टरको सहायतामा दुई दिनमा मस्को ल्याएपछि हाल अस्पतालमा उपचाररत छु ।’ आफ्नो टोलीमा रहेकामध्ये चार जना आफूसँग र एक सातापछि थप पाँच जना घाइते भएका साथीसँग उपचाररत रहेको उनले बताए ।

नेपालबाट दुबईको बाटो हुँदै रुसी सैनिकमा भर्ना हुन मस्को पुगेको घाइतेहरू बताउँछन् । घाइते भएका ती पूर्वमाओवादी लडाकुका अनुसार आफ्ना ५० भन्दाबढी साथी रुस आएको बताए । ‘केही ट्रेनिङ गरिरहेका छन् भने केही युद्धमा सामेल भइसकेका छन्,’ उनले भने ।

उनका अनुसार माओवादी सेनामा रहँदा आफूभन्दा तल्लो मातहतमा रहेका १० जना उनीसँगैको सम्पर्कमा आएका छन् । म्याग्दी घर भएका उनकै मातहत रहेका उनकै साथी हाल तीनमहिने तालिममा छन् । तालिम अवधिभर नेपाली ६० हजार रुपैयाँ हुने र तालिम पूरा भएपछि नेपाली ३ लाख रुपैयाँ तलब हुने गरेको उनले सुनाए ।

हालसम्म नेपालीहरू कतिको संख्यामा रुस र युक्रेनको सैनिकमा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन । तर, दुवै मुलुकमा हाल नेपालीहरू रोजगारीको सिलसिलामा त्यहाँ पुगेर सैनिकमा भर्ना हुनेक्रम बढिरहेको छ । सरकारले श्रम गन्तव्य नतोकेको र द्वन्द्वग्रस्त मुलुकमा नजान आग्रह गरे पनि माओवादीका पूर्वलडाकु, पूर्वसुरक्षाकर्मीहरू रोजगारीका लागि सो क्षेत्रमा गइरहेको जानकारी आइरहेका छन् ।

नेपालीहरू दुवै मुलुकको सेनामा भर्ती हुन जानेको संख्या बढिरहेको छ । दुई मुलुकबीचको तनावका बीच रुसले भाडाका सैनिक प्रयोग गरेर युक्रेनसँग लडिरहेको छ । पछिल्लो समय मात्रै भारत र दुबईको बाटो हुँदै रुसी भाडाको सैनिकमा भर्ना हुन जानेको संख्या बढिरहेको छ ।

पछिल्लो समय रसिया प्रवेश गरेका नेपाली युवा रसियन सेनामा भर्ती हुने गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । नेपालबाट पनि रसियन सेनामा भर्ती गर्न सामाजिक सञ्जालमा विज्ञापन भइरहेको छ । विगत सात महिनायता नेपाली युवा भारत हुँदै रसिया पुगेर सेनामा भर्ती भइरहेको खबर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि पटकपटक पाइरहेको छ । सामान्यतया युद्धग्रस्त मुलुकहरूमा जाने कामदारको सरकारले श्रम स्वीकृति रोक्ने गरेको छ । तर, रुसमा अरू मुलुकको बाटो प्रयोग गरेर नेपालीहरू रुस पुगिरहेका छन् ।

रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीहरूका लागि ल्याएको आकर्षक योजना हो । सन् २०२२ सेप्टेम्बर अन्तिम सातामा रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित ग¥यो । त्यस विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आबद्धहरूलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १६ मे २०२३ मा त्यो विधेयक प्रमाणीकरण गरेका थिए ।

त्यससँगै विधेयक ऐन बनेको छ । विधेयकको प्रमाणीकरणसँगै रुसी फौजमा एक वर्ष काम गरेका जुनसुकै मुलुकका युवासँगै उनीहरूका श्रीमान्–श्रीमती वा परिवारका सदस्यले सहज रूपमा रुसी नागरिकता लिन पाउनेछन् । रुसी फौजमा सहज प्रवेश र नागरिकता पाउने ‘आकर्षक’ प्रावधानले गर्दा धेरै नेपाली त्यसमा आकर्षित भएका हुन् ।

यो समाचार राजधानी दैनिकमा छ ।

Previous Post

आँखीभौं बाक्लो र कालो कसरी बनाउने

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In