• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आज कहाँ-कहाँ हुनेछ वर्षा ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्ध लगाउने कानुन बनाइदै

by
४ मंसिर २०८०,
0
दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्ध लगाउने कानुन बनाइदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोल । दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्ध लगाइने भएको छ । सत्तारुढ दलका नीति प्रमुख यु इउई(दोङले यो घोषणा गरेका हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियामा कुकुरको मासु खाने विषयमा विश्वभर लामो समयदेखि विवाद चलिरहेको छ । पशु अधिकारवादी संघसंस्थाले पनि यसको विरोध गर्दै आएका छन् ।

पशु कल्याण संस्थानका अनुसार दक्षिण कोरियामा वर्षेनी २० लाख कुकुर मारिने गरेको छ । योसँगै हरेक वर्ष करिब १ लाख टन कुकुरको मासु खपत हुने गरेको छ । अहिले बिस्तारै कुकुर खानेको संख्या घट्दै गएको छ । सरकारले सन् २०२७ सम्ममा कुकुर खान पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसका लागि सरकारले यसै वर्ष विधेयक ल्याउने भएको छ ।

नीति प्रमुख दोङले भने– यस ऐनबाट व्यवसायमा घाटा हुने किसान, मासु व्यवसायी र अन्य व्यक्तिलाई सरकारले पूर्ण सहयोग गर्नेछ । दर्ता भएका किसान, रेस्टुरेन्ट कर्मचारी र यो मासु बेच्ने अन्यलाई क्षतिपूर्ति दिइनेछ ।

यसअघि पनि दक्षिण कोरियामा धेरै पटक कुकुरको मासु विरोधी विधेयक ल्याइएको छ । तर, यस व्यवसायमा संलग्न व्यक्तिहरुको विरोधका कारण पारित हुन सकेको थिएन । रोयटर्सका अनुसार नयाँ विधेयकमा ३ वर्षको अनुग्रह अवधि र आर्थिक सहायताको प्रावधान थपिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलकी पत्नी प्रथम महिला किम क्योन हेले पनि लामो समयदेखि कुकुरको मासु सेवनको विरोध गर्दै आएकी छन् । राष्ट्रपतिसँगै उनले धेरै आवारा कुकुर पनि पालेका छन् । अर्कोतर्फ पशु अधिकार समूहले यो निर्णयको स्वागत गरेको छ । ह्युमन सोसाइटी इन्टरनेशनलले यो अभियानमा काम गर्नेहरूका लागि यो सपना साकार भएको बताएको छ ।

दक्षिण कोरियाली सरकारी तथ्याङ्क अनुसार देशमा करिब ११५० कुकुर फार्म छन् । त्यहाँ लगभग १६०० रेस्टुरेन्टहरू छन् जहाँ कुकुरको मासु दिइन्छ । मासु लिनका लागि ३४ वटा बधशाला छन् भने करिब २१९ कम्पनीले कुकुरको मासु बिक्री गर्ने गरेका छन् ।

ग्यालप कोरियन पोलका अनुसार गत वर्ष करिब ६४ प्रतिशत मानिसहरूले कुकुरको मासु खाने विरोध गरेका थिए । २०१५ र २०२२ को बीचमा, यो मासु खानेको संख्यामा लगभग २० प्रतिशत को गिरावट आएको थियो ।

ह्युमन सोसाइटी इन्टरनेशनलका अनुसार दक्षिण कोरिया बाहेक चीन, फिलिपिन्स, थाइल्याण्ड, लाओस, भियतनाम, इन्डोनेसिया, कम्बोडिया र भारतको नागाल्याण्डमा पनि कुकुरको मासुको व्यापार हुने गरेको छ । जुलाई ४, २०२० मा, भारतको नागाल्याण्डका मुख्य सचिवले कुकुरको मासुको आयात(निर्यातमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए ।

Previous Post

माइग्रेनबाट कसरी छुट्कारा पाउने ?

Next Post

सामान्य ज्ञान : पढौँ र जानौँ

सम्बन्धित खबर

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

९ असार २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ असार २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान : पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In