• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कास्कीका किसानलाई अनुदानमा आलुको बीउ

by
२४ कार्तिक २०८०,
0
यस्ता छन् टुसा उम्रिएको र हरियो आलु खानुका बेफाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ– पोखरा–२७ स्थित अघौँ निवासी लेखनाथ सापकोटालाई एक हप्तादेखि रातिमा निद्रा परेको छैन । उन्नत जातको आलुको बीउ माग्दै गाउँवासी सापकोटाको घरमा पुग्नेमात्र हैन, उनको मोबाइल फोनमा समेत उन्नत जातको आलुको बीउ छिटो दिनुपर्‍यो पटकपटक फोन आइरहन्छ ।

अघौँ फाँटका किसानले धानबाली काटेर आलु रोप्न खेतबारी तयार पारेको पनि एक हप्ता बितिसकेको छ, तर उन्नत आलुको बीउ भने घरमा आइपुगेको छैन । मनसुली धान रोप्ने किसानले त आलुको उन्नत बीउ उपलब्ध हुन ढिला हुने अवस्था देखेपछि १५ दिनअघि नै एग्रोभेटबाट आलु खरिद गरी रोपिसकेका छन् ।

कृषि तथा पशुपालन सञ्जाल अघौँले सरकारी अनुदानमा उन्नत आलुको बीउका लागि गत असोज महिनामा कृषि विकास निर्देशनालयअन्तर्गत कृषि ज्ञानकेन्द्र कास्कीको कार्यालयमा किसानले फाराम भरेका थिए । कृषि ज्ञान केन्द्रबाट उन्नत आलुको बीउ अघौँ फाँटका एक सयको सङ्ख्यामा रहेका किसानसम्म पुर्‍याउने जिम्मेवारी कृषि सञ्जालका सचिव लेखनाथ सापकोटालाई छ ।

ज्ञानकेन्द्रको कार्यालय कास्कीको पार्दीस्थित कार्यालयको गोदाममा बुधबार मात्र झरेको ७५ प्रतिशत अनुदानको उन्नत रोजिका जातको चिप्स र ५० प्रतिशत अनुदानमा एमएस ४२ जातको आलुको बीउ बिहीबारदेखि कास्कीका ४० कृषि समूहलाई वितरण सुरु गरिएको छ ।

बीउको आलु लिनकै लागि बिहीबार दिउँसो ज्ञान केन्द्रको कार्यालय पार्दीमा पुगी आलु लोड गरिरहेका सापकोटालाई तारम्तार मोबाइलमा किसानको फोन आइरहेको थिए आलुको बीउ बेलुकासम्म आइपुग्छ कि पुग्दैन, भन्नुहोस्, तिहार पर्वले छोप्यो एक दुई दिनभित्र आलु रोप्न पाइएन भने तिहारपछि पुग्छ, जसरी भएपनि बेलुकाका आलुको बीउ लिएर मात्र गाउँमा आउनुहोला ।

कृषि ज्ञानकेन्द्रले अनुदानको उन्नत जातको आलु ल्याउन १५ दिन ढिला गर्दा अघौँ फाँटका ४० प्रतिशत किसानले महँगैमा आलु खरिद गरी आफ्नो बारीमा लगाएको जानकारी सचिव सापकोटाले दिए। अघौँ फाटमा मात्र एक सय ५० रोपनी क्षेत्रफलमा आलुखेती गरिँदै आइएको जानकारी सञ्जालका सचिव सापकोटाले दिए।

सापकोटा मात्र हैन कास्कीको आलुखेतीको मुख्य केन्द्र पोखरा–२५ का हेम्जा फाँटका किसान बुद्धिबहादुर भण्डारीले ज्ञानकेन्द्रले आलुको बीउ ढिलो उपलब्ध गराउँदा किसानले समयमै आलु रोप्न नपाएको गुनासो व्यक्त गरे ।

गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयको कृषि ज्ञान केन्द्र कास्कीले किसान समूहको माग अनुसार ७५ प्रतिशत र ५० प्रतिशत अनुदानमा दुई जातका पाँच सय २५ क्विन्टल आलु नेपालकै काभ्रे, रसुवा, स्याङ्जा, नवलपुरलगायतका जिल्लाबाट आयात गरेको हो ।

कृषि ज्ञानकेन्द्र कार्यालय कास्कीका प्रमुख विकरण सिग्देलले किसानलाई अनुदानमा उन्नत जातको आलु उपलब्ध गरी विदेशबाट आयात गरिने आलुको मात्रा घटाउन गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले किसानलाई अनुदानमा आलु उपलब्ध गराउने कार्यक्रमअन्तर्गत बीउको आलु ल्याइएको र आलु आउन एक हप्ता ढिलो भएको बताएका छन् ।

केन्द्रका कृषि विकास अधिकृत रामकृष्ण अर्यालले एमएस ४२ जातको आलुको बीउमा ५० प्रतिशत अनुदान दिई किसानलाई प्रतिकेजी ३५ रुपैयाँमा उपलब्ध गराउने र चिप्स आलुमा ७५ प्रतिशत अनुदान दिएर कृषकलाई १८ रुपैयाँ ५० पैसामा उपलब्ध गराउने बताएका छन्। उन्नत आलुको बीउ माग गरी गत असोज महिनामा निवेदन दिएका कृषि समूहलाई अनुदानको आलुको बीउ उपलब्ध गराएको गरिएको जानकारी उनले दिए।

अनुदानको आलु प्राप्त गर्ने कृषि समूहका किसानलाई ज्ञानकेन्द्रले प्राविधिक सहयोग र बिक्री वितरणको व्यवस्थापनसमेत गर्नेछ । उन्नत जातको आलुको बीउबाट उत्पादन अत्यधिक बढ्ने दाबी अर्यालको छ । कास्कीको ७० हेक्टर जमिनमा एक करोड ४० लाख रुपैयाँको उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी ज्ञानकेन्द्रले दिएको छ ।

नेपालमा चिप्स आलुमात्र वार्षिक विदेशबाट नेपालमा छ अर्ब रुपैयाँ बराबरका आउने गरेको जानकारी ज्ञानकेन्द्रले दिएको छ । किसानले आफैँले गाडीको ढुवानी रकम बुझाएर गाउँसम्म लानुपर्ने भएकाले लामो दूरीका किसानलाई मर्का पर्ने गरेको जानकारी रुपा गाउँपालिकाका किसान जनकराज जोशीले बताए ।

Previous Post

बहुमूल्य सामान बोकेर भिडभाडमा नजान उपत्यका प्रहरीको अनुरोध

Next Post

काठमाडौँ महानगर क्षेत्रमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

सम्बन्धित खबर

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
Load More
Next Post
काठमाडौँ महानगर क्षेत्रमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँ महानगर क्षेत्रमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In